बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

कन्पु भिसा

बरू चोर नपाइएला यस्ता भिसामा पठाउने हन्तकालीको के कमी छ र । जा न बजारतिर तानातान छ । नेपाली भएर जाने भए तो पनि ठिक । भुटाने भएर जाने भए तो पनि ठिक ।

Nepal Telecom ad

होम सुवेदी :

पात्रः झनबिर र घैमले

स्थानः झनबिरको घर

समयः बिहानै

(बेलायत छिर्ने भिसा नपाएर खर्च मात्र भएर रन्थनिएको घैमले अक्क न बक्क परेर झनबिर बाको घरमा गएको बेलामा कुरा हुँदैछन्)

घैमले- “तपाईंले सजिलै पो भिसा पाउनु भएछ त हाउ बा । अनि कुन भिसामा जान लाग्नु भो बा अउरिका ?”

झनबिर- “अरु ता अब हामी बुणाबुणीलाई कुन भिसा हुनु र तेही कन्पु भिसामा क्या ।”

घैमले- “मैले ता चोरी भिसामा गरिनँ कि, नक्कली भुटानी भिसामा टराइ गरिनँ, मानवबेचविखन भिसामा टराइ गरिनँ कि ! केमा गरिनँ र ? तर यो कुनैभिसामा नाम निकाल्न सकिनँ हाउ । यो मानव तस्कर भिसामा अब एक पटक टराई गर्नु पर्या छ ।”

झनबिर- “गर गर के केअर्दा नाम निस्किन्छ त्यै त्यैअर्नुपर्च ।”

घैमले- “अनि यो कन्पु भिसा कस्तो हुन्छ बुझिनँ नि त । यो कन्पु भिसा भनेको के हो ? यसो सुत्केरी उतार्न जाने भिसा, मालिस भिसा, टोपी भिसा, चिख भिसा, घपु भिसा, सिपु भिसा, राँ भिसाहरु मात्र पो मलाई ता थाहा थियो । के रहेछ कन्पु भिसा भनेको ? त्यो पनि भन्नु र कत्तिको आमदानी हुने रछ यो भिसामा छिर्दा यो पनि भन्नु त ।”

झनबिर- “मलाई पनि यो चिख, घपु, सिपु, राँ, भिसाहरु बुझा न त अनि बुझाउँला कन्पु भिसा म पनि तँलाई ।”

घैमले- “चिख भिसा भनेको चिहान खन्न जाने भिसा, घपु भनेको घर पुछन् जाने भिसा, सिपु भनेको सिँगान पुछिदिने भिसा र राँ भिसा भनेको उताका अर्नाहरुलाई राँगो चाहिँदा लागिदिनु पर्ने भिसा क्या ।”

झनबिर- “ए ए बल्ल बुझेँ । अब हामीलाई यी उति काम लागेनन् । यी ता बल वर्गत र तागतकाले मात्र गर्नि हो के रे । हेर् केटा तँ अलिकति जवान नै छस् राँ भिसामा छिर् । मेरो एउटा सुझाउ हो के र ।”

घैमले- “हेरम बा । तो पनि कतिपटक लाग्नु पर्नि हो । अर्नालाई जति बेला राँगो चाहिन्छ उतिबेला काँ सकिएला र । एउटो कोटोको हिसाब राखेभने हुन्छ । जति बेलाअर्ना बर्नायो उति बेला कसो सकिएला र । म ता समस्यै देख्छु यसमा पनि ।”

झनबिर- “अब तँ जे गर्छस् गर् ।”

घैमले- “अँ कन्पु भिसाबारे भनम् त बा ।”

झनबिर- “कन्पु भिसामा अउरिका मात्र हैन । यो भिसा भेसि जुन मुलुकमा पनि जान पाइँछ बुझिस् के त । जापान भने जापान, बेलाइत भने बेलाइत, अउरिका भने अउरिका अस्टेर्लिया भने अस्टेर्लिया ।”

घैमले- “हैन तेस्तो चोट्टे कुन भिसा रछ भन्नु न व्याख्खे नगरी ।”

झनबिर- “के व्याख्खे र स्याख्खे भन्छस् । कुरा सुन्नु ता परो नि ।”

घैमले – “लु लु सुन्छु भन्नु ।”

झनबिर- “अब हामी नौनाडी गलिसकेकालाई यही भिसा ठिक छ । केटाकेटीहरू, जवानहरू बलको काम गर्छन्, कोही भेडा गोठाला हुन्छन् । कोही हलो जोत्छन् । कोही बारी खन्छन् । कोही चिहान खन्छन् । कोही टोइलिट सफा गर्छन् । अनि कोही राँगो लाग्छन् । यी यस्ता बलको काम गरेर कमाउँछन् । तेस्तो काम अर्न हामी सक्तुनँ के र । अब ता हामीलाई नै कन्पु भिसाको बेला भइसको । उता जानु हो भनि हामीलाई यही कन्पु भिसामा जानु ठिक छ ।“

घैमले -“हैन कुरा बुझाउनु न । के काम गर्नु पाइनेरछ यो भिसामा गएसि ?”

झनबिर- “संसारमा जहाँनि बुणाबुणी ता छन् न है ।”

घैमले- “छन् नि त ।”

झनबिर- “छोर्छोरीले नहेरेसि तिनको हेर्ने को हुन्छ अरु मुलुकाँ थाहा छ ?”

घैमले- “कुनैकुनै मुलुकाँ ता धाइ राख्नी बेबस्था अर्या छ रे सरकारले ।”

झनबिर- “कुनै कुनै मुलुकाँ हैन उताका सबै मुलुकाँ अब बुणाबुणीलाई स्यार्ने तलबी मुन्छे राख्नी व्यवस्था छ । हो यही काम गर्नु पर्छ कन्पु भिसामा जाँदा ।”

घैमले- “ए ए । अलिक खोल्नु न कुरा के के गर्नु पर्दो हैच्च ?”

झनबिर- “काम जसिलै छ । घिन मान्नु भएन । बस् भो तेति भएसि ।”

घैमले- “अझ पनि बुझाउनु भेन ।

झनबिर- “कस्तो लन्ठु हैच्च । यसो अन्सारले बुझ्नु पर्च नि । (रिसाउँदै) कन् भनेको कन्डो पु भनेको पुछ्नु । अब ता बुझिस् । नभनू भन्या पनि नभनेर केही सिप लाएन । (स्वगत) अलिक बुझ्नी भए ता अस्ति छिरिसक्थ्यो नि । यस्तै लन्ठहरु नै त हुन् नि देशमा बस्ने भनेका ।”

घैमले- “अलेलि बुझेँ ।”

झनबिर- “छोर्छोरीले नहेरेसि सरकारले हेर्नु परो । अनि कन्डो पुछेर डाइपर लाइदिने मान्छे तलबमा राख्न परो परेन लु भन् त ?”

घैमले- “परो बा परो ।”

झनबिर- “हो यही कामअर्न जानी हो कन्पु भिसामा । जोसुकैले यो काम अर्दैन । यसैले यसमा राम्रो आमदानी हुन्च । घिनाउनु हुन्न । पैसा भनेपछि के घिनाउनु । मास लाउनि हो मुखाँ नाकाँ । अनि हातमा पनि सके पन्जा लाउनी हो नत्र ता यसै पनि चल्छ । हाम्रा धेरै मुन्छे टुरिसभिसा, इस्टुन्टेन्ट भिसा, चिख भिसाहरूमा गएर कन्पु भिसाकै काम अहिले नि गरिरा छन् । बुणाबुणीलाई राम्रो पुछपाछ गरिदियो भने ता उनीहरुले नै पनि खुसी भएर मज्जाले पैसा दिन्छन् । अझ यो अल्जाइमटर हो कि जाइमटर के हो, हो तेस्ता रोगी बुणाबुणीहरुको कन्पुको काम अर्न पाइयो भनि त चोर्न नि खुला । थाहा पाउनी हैनन् के र ती रोगीले । तर सतर्क हुनु पर्च नि फेरि उजुरबाजुर परो भने ता मिर्तुदन्ड पर्छ । तर तेसमा पनि उति डर हुन्न । यता हाउरो सरकारलाई गुहार मागेसि मिर्तुडन्डमा उति परिन्न । सरकारले आफैँ पैरवी गर्छ । हार गुहार गर्नी हामरा केटाहरुलाई सरकारले बचाएको पनि छ । बुजिस् नि ।”

घैमले- “बुझेँ बा बुझेँ । बरु कसले यो कन्पु भिसा मिलाइदिन्छ भनिदिनु नि । म पनि जानि भएँ ।”

झनबिर- “आ गल्ली भरि छ्याप्छ्यापती छन् । बरू चोर नपाइएला यस्ता भिसामा पठाउने हन्तकालीको के कमी छ र । जा न बजारतिर तानातान छ । नेपाली भएर जाने भए तो पनि ठिक । भुटाने भएर जाने भए तो पनि ठिक । जसरी जाने हो सब ठिक छ । अपिस खोलेर बसेका छन् ।”

घैमले- “लौ बा असल कुरा थाहा पाएँ । म हिँडिहालेँ । कन्पु भिसामा भए पनि नगइ भएन बा…..!’’

प्रस्थान

०००
चन्द्रगढी, झापा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
धन्य नेताको नाक !

धन्य नेताको नाक !

रामकुमार पाँडे
जसरी हुन्छ सोहोर !

जसरी हुन्छ सोहोर !

चूडामणि रेग्मी
अधिकारको सदुपयोग

अधिकारको सदुपयोग

हेमराज पाैडेल
सम्मानको मखुन्डो

सम्मानको मखुन्डो

देवीप्रसाद चापागाईं