सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गुन्द्रुकको गुनासो

मलाई अत्यास लाग्न थाल्यो । यिनका लागि त्यो पहल म आफैँले गर्ने निणर्य गरेँ र लागेँ राजनीतिक दल र सरकारको ढोका ढकढक्याउन ।

Nepal Telecom ad

उहिले-उहिले मानव अधिकार विरोधी एउटा यस्तो उखान पनि नेपाली समाजमा निकै प्रचलित थियो— “साली फकाउनु पर्दैन, गुन्द्रुक पकाउनु पर्दैन ।”

सालीको त कुरै छाडौँ जीवनभर सँगै खाउँला सँगै बसौँला भनेर सार्वजनिक सम्झौता गरी भित्र्याएकी आफ्नै श्रीमतीलाई पनि उनका इच्छा विरूद्ध धावा बोलेमा सर्लक्क मुद्दा लाग्ने अहिलेको जमानामा उहिलेका यस्ता छाडा उखान हाल्यो भने महिलावादीले मात्र होइन, पुरूषवादीले पनि पुर्पुरो पञ्चट हुने गरी प्वाल पारिदिन बेर छैन । त्यही भएर सार्वजनिक ठाउँमा यस्तो उखान बिरलै सुत्र पाइन्छ अहिले । त्यही पनि यस्तो उखान भत्रेले यतिखेर कि होश गुमाएर भन्छन्, कि निकै होश पुर्‍याएर भन्छन् । होइन भने त्यतिविधि आँट गरिहाल्दैनन् ।

महिलाका पक्षमा बोल्न महिला वर्ग नै समाजमा खडा भएपछि महिलाले यस्तो अपाच्य उखान अब सुत्रु पर्दैन । महिलाले नै कसैलाई सुनाए भने यो उनीहरूकै खुसीका कुरा । उनीहरूकै मर्जीका कुरा । तर, त्यही उखानमा झुण्डिएको निमुखो गुन्द्रुकका पक्षमा बोलिदिने को ? प्रश्न जटिल छ । र, त्यत्तिकै मार्मिक पनि ।

आफ्ना पक्षमा मरिहत्ते गरेर मुर्मुरिने तिनै महिला गुन्द्रुकका पक्षमा एक शब्द बोल्दैनन् र उसैलाई हुनसम्म शोषण गर्छन् । चिसा पानीमा नुहाइदिन्छन् । तातेको तेलमा ज्वानु मेथी मात्र होइन, जीउ नै भतभत पोल्ने सुकेको खुर्सानी फुराएर परपर भुटिदिन्छन् । उसले ऐया आत्था केही बोल्न पाउँदैन । केही बक्न पाउँदैन । अनि त्यही गुन्द्रुकले इराकका राष्ट्रपति सद्दाम हुसेन हुन् वा छिमेकी राष्ट्र भारतको मुम्बई बमकाण्डका मतियार याकुब मेमनले पासोमा बेरिएर प्राण त्याग गर्नु परे जस्तै सर्लक्क प्राण त्याग गर्न बाध्य हुनुपर्छ ।

यस्तो दर्दनाक अवस्थामा तातो तेलमा तीन लोक चौध भुवन देखेर छट्पटाइरहेको गुन्द्रुकको पीडा कसले बोध गर्न सक्छ । केही अपवाद बाहेक अझ संसारकै कोमल हृदयका भनिएका महिलाकै हातबाट यस्तो पीडा खेप्नु पर्दा गुन्द्रुकको मन कति अमिलिएको होला ? कसैले भत्र सक्छ ! सत्तैmन ।

पूर्व जुनीमा साग हुँदा जति मलजल र घामछायाँ पाएर उसले आनन्दी जीवन गुजार्न पाइरहन्थ्यो, गुन्द्रुक हुँदा उसले त्यत्तिकै पीडादायी जीवन व्यतीत गर्न परिरहेको छ । पुराणअनुसार जीवले बेहोर्नु पर्ने चौरासी लाख जुनीभित्र मान्छेले साग हुनुपर्छ कि पर्दैन कसैलाई थाहा छैन तर ऊ हाम्रै समाजका अगाडि पटक-पटक जुनी बदलिरहेको हुन्छ ।

दाना, अङ्कुर, बेर्ना, साग । चार जुनी त यही भो । उसको यतिसम्मको जुनी त गाई बाख्राले चपाइदिएन भने सबैका अगाडि सजिलैसँग बित्छ । त्यसपछिको जुनी र अवस्था भने निकै कहालीलाग्दो बन्छ । बेर्नाबाट हलहलाउँदो साग हुनेबित्तिकै उसले निमोठिनु पर्छ । निमोठिएर मात्र पुग्ने भए त एकचोटि निमोठिन्थ्यो पुग्थ्यो । त्यतिले पनि पुग्दैन र ऊ चिमोटिन थाल्छ । चुँडालिन थाल्छ । उसका पक्षमा बोल्ने त्यतिखेर पनि कोही हुँदैनन् । ऊ नितान्त एक्लो पर्छ ।

मान्छेको जात कति कठोर र निष्ठुरी हुन्छ भत्रे कुरा स्वयं मान्छेले नै बुझेको छैन । अनुभूति गरेको छैन । यतिले पनि नपुगेर मान्छेहरू सम्वेदनारहित भएर चिमोटिएको बिचरो त्यो सागलाई मध्याह्नको टन्टलापुर घाममा एकथोपा पानीसम्म खान नदिएर ढाड बिझाउने गुन्द्रीमा सुताइदिन्छन् । उसले यहाँ पनि ऐया, आत्था, पोल्यो, मरेँ केही भत्र पाउँदैन । यस अन्यायका विरूद्ध कसैका सामु कुनै नालिस उजुर पनि लाग्दैन उसको । जता पल्टायो त्यतै पल्टिएर चर्को घाम खाइरहनु पर्छ । कसैको कतै केही सहारा नपाएपछि शिथिल भएर ऊ सुक्न बाध्य हुन्छ । चिढ्चिढ् पसिना काढेर सुक्न थाल्छ । चाहे नवप्रजातन्त्रवादी नेपाल होस्, चाहे छिप्पिएको प्रजातन्त्र भनेर सबैले बोल्ने गरेको अमेरिका नै किन नहोस्, उसको नियति सबैतिर यस्तै हुन्छ । निरङ्कुशताको नराम्रो सिकार बत्र बाध्य हुन्छ ऊ । घट्टमा पिसिने घुनको भन्दा पनि कठिन दिनचर्या व्यहोर्नु पर्छ उसले ।

त्यसैले भत्र जति सजिलो छ, गुन्द्रुकको जुनी पाउन र गुन्द्रुक भएर बाँच्न त्यत्तिकै कठिन छ । हुन पनि हो नि घाममा सुकेर मात्र उसको कष्ट र पीडा कहाँ सकिन्छ र ! ओइलाएर लल्याकलुलुक भएपछि उसलाई फेरि पटक-पटक पानीमा हालेर नुहाइदिन्छन् । हावामा तर्‍याइदिन्छन् । त्यतिले नपुगेर डेक्ची, खड्कुलो वा माटाका गन्हाउने भाँडामा हालेर ढुङ्गा, इँटा वा काठका मुङ्ग्राले खाँद्नुसम्म खाँद्छन् । ऐया, आत्था, गुहार भत्र पाउने त संसारभर कहीँकतै उसको अधिकार नै छैन । जति कुटे पनि, जति चुटे पनि चुपचाप सहिरहन बाध्य हुन्छ ऊ । खाँदिइरहन बाध्य हुन्छ ऊ । पुलिसले अपराधीलाई अपराध बकाउन के कुट्ला ! त्यसको जिजुबाजे कुटाइखान्छ ऊ । दायाँ-बायाँ कोल्टो नफेरिईकन एकनास खाँदिइरहन्छ । एकनास कुटिइरहन्छ ।

यतिखेर मान्छेका पक्षमा बोल्ने निहुँमा संंसारभर मान्छेवादी सङ्गठन निकै सक्रिय छन् । मान्छेवादीभित्र पनि भालेवादी र पोथीवादी छुट्टाछुट्टै छन् । त्यसभित्र पनि न भालेवादी न पोथीवादी अर्थात् तेस्रोलिङ्गीवादी पनि अस्तित्वमा आउन थालेका छन् । लिङ्ग बढ्दै जाँदा हुन सक्छ भोलिका दिनमा तेस्रो मात्र किन चार, पाँच वा छ लिङ्ग पनि हुन के बेर छ र !

त्यतिले नपुगेर हाम्रा समाजमा यतिखेर चराचुरूङ्गीवादी, कुकुरवादी, बाघवादी, बिरालावादी, हात्तीवादी, गैँडावादी आदि इत्यादि सबैतिर सबैका पक्षधर देखिन थालेका छन् तर उदेकलाग्दो कुरो गुन्द्रुकका पक्षमा खुलेर बोलिदिने गुन्द्रुकवादीहरू अहिलेसम्म समाजमा कहीँ कतै उदाएका छैनन् । देखिएका छैनन् । उसको मर्म र पीडा सुत्रे आयोग, कमिसन वा परिषद् अहिलेसम्म कहीँ गठन वा स्थापना भएको थाहा छैन । कुनै पनि मुलुकमा जतिसुकै र जुनसुकै किसिमको राजनीतिक तन्त्र आए पनि गुन्द्रुकका पक्षमा बोलिदिने अहिलेसम्म कोही भेटिएका छैनन् । कोही देखिएका छैनन् । गुन्द्रुक सधैँ गुन्द्रुक नै भइरहन बाध्य छन् । आखिर गुन्द्रुक गुन्द्रुक नै हुन् । त्यसै भएर त सबै उकालो लाग्ने कै पक्षमा छन्, ओरालो लाग्ने र थिचिने मिचिनेका पक्षमा कोही छैनन् ।

यसरी भाँडामा खाँदिएर मात्र पनि उसको पीडाको अन्त्य कहाँ हुन्छ र ! प्लास्टिक, पात वा पातका टपरीले कतैबाट सास फेर्न नमिल्ने गरी मान्छेहरू उसका मुख छोपिदिन्छन् । टालिदिन्छन् । ढुङ्गा, इँटा वा त्यस्तै अरू कुनै गह्रुँगो वस्तुले उठ्न नसक्ने गरी थिचिदिन्छन् । यसपछि पनि हप्तौँ चर्को घाममा गुम्स्याइन्छ उसलाई । अमिल्याइन्छ उसलाई । उदेक लाग्छ ! कति कठोर हृदय हो यी मत्र्यलोकी मान्छेको ।

सास्ती व्यहोर्ने क्रममा मर्लान्त हुने गरी गजगजी मुखबाट फिँज काढ्छ ऊ । यति हुँदा पनि कसैले वास्ता गर्दैनन् उसलाई । भोक तिर्खा र प्यास के कस्तो छ कसैले सोध्दैनन् । हप्तौँको यो सकसपछि उसलाई फेरि निकालिन्छ त्यहाँबाट । पूर्ववत् फेरि उही टन्टलापुर घाममा सेकाइन्छ । तड्पाइन्छ । छिः कति कठोर र निर्दयी छ मान्छे । यतिविधि लामो र निरन्तरको दुःख, कष्ट र पीडा त संसारका मै हुँ भत्रे एकसेएक महान् क्रान्तिकारीहरूको दिमाग सड्किएका बेला पनि सायद कसैलाई दिँदैनन् होला ।

करोडौँ कष्टपश्चात्को रूपान्तरित जीवन पनि उत्तिकै पीडादायी हुन्छ उसको । अनेकौँ मसला र नुन खुर्सानीका धुलोमा मोलिनु पर्छ । कराईका ताता तेलमा डामिनु पर्छ । मसला पिस्ने खलमा टाउकोदेखि खुट्टासम्म थेप्चिने गरी थिचिनु पर्छ । किचिनु पर्छ । गरिबका गुजारादेखि अरबपतिका रहरसम्म पूरा गर्नुपर्छ । झुपडीका भान्सादेखि पाँचतारे होटलका लञ्चसम्म भ्याउनु पर्छ । मूल्यमा केही तलमाथि होला, व्यवहार जहाँ गए पनि उस्तै हो गुन्दु्रकका लागि ।

फरक यत्ति होला— झुपडीमा ऊ भातसँग टाँसिन्छ भने महलमा भुजासँग । झुपडीमा पिठोका झोलमा रूमलिनु पर्ने ऊ महलमा विदेशी तेलमा लुट्पुटिन पाउँछ । अनेकौँ परिकारसँग नारिन पाउँछ । तर, जहाँ जसरी टाँसिए पनि नारिए पनि उसको हैसियतमा कुनै ठूलो अन्तर हुत्र । अन्तर हुन्छ भने— झुपडीमा चरचर फुटेका हातको सात्रिध्य पाउने ऊ महलमा छिन्छिन् बज्ने सुनका चुरायुक्त मुलायम हातको स्पर्श पाउँछ । यसो त तयारीपछि पनि केही अन्तर छ सानो । झुपडीमा दाँत नमोलेका घिनलाग्दा ओठबाट प्रवेश पाउने ऊ महलमा टलक्क टल्केका दाँत जोगाएर राख्ने राता लिपिस्टिकयुक्त कोमल ओठबाट निर्धक्क प्रवेश पाउँछ । कहिलेकाहीँ त यस्ता नचिनेका ओठमा एक्कासि स्पर्श गर्नुपर्दा उसलाई हल्का लाज पनि लागेर आउँछ । तर के गर्नु जतिसुकै लाज माने पनि उसको केही लाग्दैन । लाजै नमानी सबैका सामु सर्लक्क स्पर्श गर्नुपर्छ उसले ती अपरिचित ओठहरूमा ।

गुन्द्रुकका विषयमा यतिविधि कुरा सुनिसकेपछि, बुझिसकेपछि मलाई एकदिन गुन्द्रुकसँग आफैँ भेटेर कुरा गर्ने सोच पलाएर आयो । गुन्द्रुकलाई भेट्न त्यतिविधि गाह्रो पनि थिएन । किनकि, पिँडालु र गुन्द्रुकको न कुनै शत्रुता थियो न यिनलाई भेट्न टाढा जानु पर्ने अवस्था नै थियो । घरभरि प्लास्टिकका बट्टा र झोलामा खाँदिएकै थिए यी गुन्द्रुकहरू ।

गुन्द्रुकसँगको वार्ताका लागि एउटा बट्टा खोलेँ । खाँदा बास्ना आउने चिज भए पनि हेर्न मात्रै खोज्दा भने कोठै कोक्क्याउने गरी ह्वास्स गन्हायो । नाक थुनेर सञ्चो बिसञ्चो सोधेँ । मेरो प्रश्नको जवाफ दिनुको सट्टा मलाई हेरेर ऊ ग्वाँ-ग्वाँ रून थाल्यो । दस वर्षअघिसम्म मेरो त्यत्रो चाह गर्ने मान्छे अहिले मुखै देखाउन छाड्यौ भनेर मसँग भक्कानिन थाल्यो । हुनसम्मको स्वार्थीको पगरी भिरायो मलाई । म के भत्रु के नभन्नुको दोधारमा परेँ ।

मलाई उसको भनाइ वा गुनासो अनौठो लागेन । त्यो ठाउँमा म भए पनि त्यसै गर्थेँ वा त्योभन्दा अझ बढी गर्थेँ हुँला । त्यसैले दस वर्षअघिदेखि मान्छेको मुहार नियाल्न नपाएको उसले मेरो मुख देख्नेबित्तिकै रूनु कराउनु र गुनासो गर्नु स्वाभाविकै लाग्यो । अनि, त्यो रूवाइसँगै उसले मेरो सहारा खोजे जस्तो पनि लाग्यो । विगतमा जे भए पनि मैले नआत्तिन भनेँ उसलाई । मानेन । उल्टै ऊ कराउन थाल्यो । तिमीहरू सबै स्वार्थी छौ । दुःख पर्दा हामीलाई सम्झन्छौ सुख पर्दा वास्ता गर्दैनौ । मुलुकमा यत्रा वर्षसम्म राजतन्त्र चल्यो, प्रजातन्त्र चल्यो, लोकतन्त्र चल्यो, गणतन्त्र चल्यो । हामी गुन्द्रुकलाई ख्वै ! के भयो । जति भयो तपाईंहरूलाई नै भयो । मुलुकमा जुनसुकै राजनीतक व्यवस्था आए पनि हामी गुन्द्रुकहरू सधैँ गुन्द्रुक नै भएर बाँचिरहन बाध्य छौँ ।

ऊ अझै एकोहोरो कराइरहेछ । हामीचाहिँ सधैँ अँध्यारा कुनामा खाँदिएरै बस्नुपर्ने । सधैँ अमिलिएरै बस्नुपर्ने । हाम्रो कहिल्यै उद्धार हुन सकेन । अरूथोक त केही भएन भएन, तपाईंहरूको प्रदेश बाँडफाँट गर्दा नमिलेका केही भूभाग हामीलाई दिए पनि त हामी त्यसलाई हाम्रो पहिचानसहितको गुन्द्रुक प्रदेश बनाएर जसोतसो बस्थ्यौँ नि । त्यति हुन सके तिमीहरू जस्ता मतलबी मान्छेका मुख हेर्नै पर्दैनथ्यो हामीलाई । त्यत्ति पनि गर्न सक्दैनौ त पण्डितजी ! तिमी हाम्रा लागि ?

गुन्द्रुकका कुराले म अवाक् भएँ । उसका यी पीडा र गुनासा सुनेपछि म जस्तो ढुङ्गाको हृदय भएका मान्छेको पनि मन पग्लिन थाल्यो । विचलित हुन थाल्यो । बिस्तार बिस्तार धैर्यले ठाउँ छोड्न थाल्यो । म मनमनै एकतर्फी सोच्न थालेँ । यी गुन्द्रुकहरू एउटा बट्टामा खाँदिएका छन् । बाहिर के कस्तो भइरहेको छ यिनलाई केही थाहा छैन । जुन बट्टामा खाँदिएका छन् त्यसैमा यी सीमित छन् । दुनियाँको उद्धार गर्ने क्षमता राख्ने हाम्रा राजनीतिक दल र सरकारसम्म पनि यिनको पहुँच छैन । यिनको दुःख कसले हेर्ने ? कसले सुत्रे ? यिनले कसरी आफ्ना कुरा पुर्‍याउन सक्छन् तिनका सामु र यिनले उद्धार पाउनु ?

म त्यसैत्यसै छटपटिन थालेँ । मलाई अत्यास लाग्न थाल्यो । यिनका लागि त्यो पहल म आफैँले गर्ने निणर्य गरेँ र लागेँ राजनीतिक दल र सरकारको ढोका ढकढक्याउन ।
ढ्याक्-ढ्याक्-ढ्याक् ।
ढ्याक्-ढ्याक्-ढ्याक् ।

यसरी ढोका ढकढकिएको मात्र के थियो एकातिरबाट लोकतन्त्र र अर्कातिरबाट गणतन्त्रको ढोका खुल्यो । त्यसरी ढोका खुल्नेबित्तिकै म एक्कैचोटि चिच्च्याउन थालेँ तिनका अगाडि । ए ! लोकतान्त्रिक-गणतान्त्रिक श्रद्धेय महारथी महानुभावहरू हो ! के तपाईंहरू गुन्द्रुकका यस्ता पीडादायी गुनासा सुन्न तयार हुनुहुन्छ ? बस्ती-बस्तीमा छरिएर रहेका गुन्द्रुकका उद्धार गर्न तयार हुनुहुन्छ ?

हुनुहुन्छ भने अहिल्यै भत्रुस्, म सुनाउन तयार छु । होइन भने जुनी फेरिँदै जाने क्रममा गुन्द्रुक बनेपछि तपाईँ आफैँ थाहा पाउनु हुन्छ, तिनीहरूको दैनिकी कति कष्टप्रद र पीडादायी हुँदोरहेछ भनेर । ती आफैमा कति अमिलिएका हुँदारहेछन् र किन कराउँदा रहेछन् भनेर ।

सुन्नु भो ! श्रद्धेय महारथी महानुभावहरू हो ? रिसाउनु हुन्न भने गुन्द्रुकहरूका पक्षमा म पटक-पटक दोहोर्‍याउन सक्छु यही प्रश्न । भट्ट्याउन सक्छु यही वाक्य । होइन भने बुझ्नेलाई इशारा काफी छ, बुझिहाल्नु भो । म मात्रै जान्ने टोपलिएर बढी बकबक किन गरूँ ?

(युवामञ्च, २०७२ चैत)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
साइकलको सत्ता

साइकलको सत्ता

पिँडालु पण्डित
कालो

कालो

पिँडालु पण्डित
धाकका धोक्रा

धाकका धोक्रा

पिँडालु पण्डित
सम्माननीय थुतुनो

सम्माननीय थुतुनो

पिँडालु पण्डित
एउटा ठुलो चोरी

एउटा ठुलो चोरी

हरिशंकर परसाईं
चटकेहरूकाे चटक

चटकेहरूकाे चटक

कुमार खड्का
इमानदारदेखि सावधान !

इमानदारदेखि सावधान !

सुरेशकुमार पाण्डे
हो त नि !

हो त नि !

हरि खनाल
अफसाइड

अफसाइड

कृष्ण शर्मा सुमु