सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

धुरी चढ्ने कटाऊ, खर्च घटाऊ

भाषाले एक अर्कालाई जोड्छ भन्ने कुराको पुष्टि पनि भयो । यसबाट हाम्रो बुद्धि कागको जतिको पनि रहेनछ भन्ने संकेत पाएँ मैले ।

Nepal Telecom ad

एक दिन कागले एकाबिहानै घरको धुरीमा चढेर काग काग गरेर सुक्ष्म संकेत दियो । काग आफैँ धुरीमा चढेर हामीलाई उदाहरण दिइरहेको रहेछ । त्यो कुरा तत्काल बुझ्न सकिएन । लगातार केही दिनसम्म कागले त्यसै गरिरहेकोले मलाई सोच्न बाध्य बनायो र निकै घोरिएर सोचेँ सकुन अपसकुनका धार्मिक संस्कारका पुस्तकहरू पढे । कही कतै उल्लेख गरेका पाइन । एक दिन सयाैँ कागहरू आएर त्यसै गरी कराए । मलाई अचम्म लाग्यो र कागहरूले मसँग केही माग राखेर आन्दोलनमा उत्रन खोजेको हो कि भन्ने सम्झेँ र बिचार गरेँ । तर त्यो पनि होइन रहेछ । मैले कागको के पो बिगारेको थिएँ र मेरा बिरुद्ध कागहरू आन्दोलनका माध्यमबाट खनिन्थे ।

कागहरूको सभा सम्मेलन दिनहुँ जसो मेरो घरको धुरीमा भैरह्यो । म अझै अचम्ममा परे किनभने मैले कागहरूको कुभलो त गरेको थिइन । मैले कागहरूको कुरा बुझ्न सकिनँ । काग भाषा बुझ्नै समस्या भयो मलाई । तै कतै भाषा बुझिहाल्छु कि भनेर कागहरूतिरै सम्पूणर् ध्यान केन्द्रीत गरेँ । प्रत्येक कागले कराएको भाषा र चुच्चो चलाएको भाव बुझ्ने प्रयास गरेँ । नभन्दै केही कुरा त बुझेछु । एकले अर्कालाई ठुङ्ने, कराउने, तछाड मछाड गर्ने लगायतका कामहरू गरेको देखेर मैले कागहरू खान नपाएर आन्दोलनमा उत्रिएका रहेछन् भनेर लख काटेँ । आफ्नो लख कटाइलाई आफैले अन्तरध्यान भएर बिचार गरेर बुझ्दा कुरा सही ठहरियो । अरुको घरको धुरीमा भेला भएर खेला गरेको भए त म पनि रमाइलै मानेर हेर्थे हुँला तर मेरै घरको धुरीमा जम्मा भएर निकै चुरीफुरीका साथ आन्दोलन हाक्ने धम्की दिएको भाषा पनि बुझेँ ।

मलाई के लाग्यो भने ती कागहरूले आफ्ना प्रतिनिधिहरूको मनपरीतन्त्रका कारण त्यसरी मेरो घरको धुरीमा भेला भएर मिनी संसदको झल्को दिने गरी सभा गरेका रहेछन् । जसरी प्रतिनिधिसभामा गर्छन् ठीक त्यही स्वरुपमा । धुरीमा चढेर ठूला कुरा गर्ने अनि आफ्ना प्रतिबद्धताहरू आफैले मिचेर, थिचेर कुल्चेर हिँड्ने । मलाई गजब लाग्यो किनभने ती कागहरूको भेलाले मलाई शिक्षा दिएको रहेछ भन्ने कुराको संकेत पाएको बुझेँ । कुरो मनासिव नै लाग्यो मलाई । कागले घरको धुरीमा चढेर करायो भने केही राम्रा नराम्रा खबरहरू छाडेर जान्छ भन्ने कुरा सुनेको थिएँ । तर आज मेरै घरको धुरीमा काला कागहरूको सभा बसेर उनीहरूले गरेको कालो निणर्य मलाई सुनाएर गए । त्यो निणर्य के थियो भने धुरी चढ्नेहरूको संख्या कटाउ र खर्च घटाउ । कागहरूले पनि यो निणर्यलाई कार्यान्वयन गर्ने र स्वतन्त्र पंक्षीलोकमा रहेका बसेका सबै पंक्षीहरूमा समेत कार्यान्वयनका लागि अबदेखि धुरी चढ्नेहरूकै घरको धुरीमा सर्बत्र धुरीसभा गर्ने निणर्य गरे ।

क्या काइदाको निर्णय । कागहरूको यस्तो बुद्धिमानीका अगाडि मैले आफूलाई किंकर्तव्यबिमुढ ठानेँ । किनभने हाम्रो देसमा झण्डै हजारको संख्यामा रहेका धुरी चढ्नेहरूले करोडौको भाग खोसेका छन् । धुरी पनि चढ्ने आफू बसेको घरको धुरी पनि भत्काउने प्रबृतिले जुन थालमा खायो त्यही थालमा चुठेर हिँड्ने संस्कारको विकास गरेको कागहरूको धुरी चढ्ने घटाउ खर्च कटाउ आन्दोलनले पुष्टि गरेको छ । कागहरूको निणर्य मलाई मात्र होइन मेरा इष्टमित्र अनि सहपाठीहरूलाई पनि समयानुकुल ठीक लाग्यो । किनभने हजारको हाराहारीमा रहेका धुरी चढ्नेहरूलाई डाँडो कटाइयो भने उनीहरूका निम्ति खर्चिने खर्बौ रकम करोडौंका हितका लागि प्रयोग गर्दा समृद्धिको मूल देख्न सकिन्छ भने सुशासनको पुल पनि त्यहाँ बन्न सक्छ । मैले काग भाषा बुझ्ने अवसर पाएँ ती कागहरूको धुरी भेलाबाट । भाषाले एक अर्कालाई जोड्छ भन्ने कुराको पुष्टि पनि भयो । यसबाट हाम्रो बुद्धि कागको जतिको पनि रहेनछ भन्ने संकेत पाएँ मैले । कागहरूबाट पाएको शिक्षाको मबाट सदुपयोग भयो भने यो देशको मुहार फेरिएर कागहरूले फेरि मेरो घरको धुरीमा चढेर धुरी चढ्ने कटाउ, खर्च घटाउ आन्दोलन गरिरहनु पर्दैन ।

उदयपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जोकतन्त्रका जोकरहरू

जोकतन्त्रका जोकरहरू

माधव पोखरेल गोज्याङ्ग्रे
उल्लु दिवस

उल्लु दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
झुसे दाह्रीको श्याम कहानी

झुसे दाह्रीको श्याम कहानी

माधव पोखरेल गोज्याङ्ग्रे
जय दारीको भारी

जय दारीको भारी

माधव पोखरेल गोज्याङ्ग्रे
आलु नफल्ने ठालुको तालु

आलु नफल्ने ठालुको तालु

माधव पोखरेल गोज्याङ्ग्रे
विदेशिएको पोइलाई मुसीमायाको लभ लेटर

विदेशिएको पोइलाई मुसीमायाको लभ...

माधव पोखरेल गोज्याङ्ग्रे
दस दनक

दस दनक

रामकुमार पाँडे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
अभिनन्दन पत्र

अभिनन्दन पत्र

चूडामणि वशिष्ठ
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
मूषक माहात्म्य

मूषक माहात्म्य

सुमी लोहनी