सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भोट

“म तस्कर होइन । हजुरहरूलाई एउटा एउटा सुनको औंठी लगाईदिउँ भनेर चौविस किलो सुन किनेर ल्याएको थिएँ । एयरपोर्टका प्रहरीले सबै लुटिदियो ।”

Nepal Telecom ad

“ऊ !! कालु जस्तै देखिन्छ त ।”
मतदानको निम्ति छलफल गर्न भेला भएका नागरिकमध्ये एउटाले प्वाक्क बोलिहाले ।

“कैदमा परेको छ भनेको सुनेको थिएँ, यसलाई त ।” अर्काको ओठ हल्लियो ।

कालु नजिकै आइपुग्यो । उसले आफूलाई मतदान गर्न अनुरोध गर्यो ।
भेलाले जिज्ञाशा प्रस्तुत गर्नु अस्वाभाविक भएन-
“हजुर त कैदी हुनुभएको छ भन्थे ।”
“सत्य हो ।”
“उमेद्वार कसरी हुनुभयो त ?”
“गौरवमय पार्टीको विश्वासपात्र भएको हुनाले टिकट पाएको छु ।”
“तपाईं सुन तस्कर पो हो त । भोट किन दिने ?”

“म तस्कर होइन । हजुरहरूलाई एउटा एउटा सुनको औंठी लगाईदिउँ भनेर चौविस किलो सुन किनेर ल्याएको थिएँ । एयरपोर्टका प्रहरीले सबै लुटिदियो ।”

आनन्दआश्रम ; फापरथुम, स्याङ्जा
०७९।२।१

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
अन्तर्घात

अन्तर्घात

त्रिलोचन ढकाल
निर्वाचन

निर्वाचन

त्रिलोचन ढकाल
गिद्ध

गिद्ध

त्रिलोचन ढकाल
लाइन

लाइन

नगिता लेप्चा राई
भयो भो नभेटौँ

भयो भो नभेटौँ

भागवत खनाल
जय जोकतन्त्र

जय जोकतन्त्र

माधव पोखरेल गोज्याङ्ग्रे
एउटा ठुलो चोरी

एउटा ठुलो चोरी

हरिशंकर परसाईं
चटकेहरूकाे चटक

चटकेहरूकाे चटक

कुमार खड्का