सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

शरणार्थीहरूलाई स्वागतै गर्नुपर्छ

भुटानले समेत नपत्याउने मुलुकले जोरी खोज्नु भनेको झिँगासँग जोरी खोज्नु जस्तो न हो ।

Nepal Telecom ad

बारम्बार पत्रपत्रिकाहरूमा नेपालमा शरणार्थीको समस्या खपिनसक्नु भयो भन्ने खालका आलाप-विलाप गरिरहेका छन् । कुरा बुझिबुझी बुझ पचाएका हुन् नबुझी यसरी अलापेका हुन् मलाई बडो ताजुब लागेको छ ।

नेपालमा शरणार्थीहरू कति नै छन् र ? अलिकति तिब्बतबाट आएका थिए, ती त हाम्रो देशमा जनताको भीडमा पाकेटमार हराएको जस्तो उहिल्यै हराइसकिहाले । बङ्गलादेशबाट आएका एकदुईजना थिए ती पनि बिलाइहाले । बर्माबाट आएका पनि कता हराए, कता कुनै ठेगान छैन । केही वर्षपहिले मात्र केही भुटानीहरू आएका छन् । ती पनि उति धेरै कहाँ हो र ? एक डेढ लाख भनेको कति नै हो र ? लौ मानौँ अलिकति भुटानीहरू आएका छन् । ती पनि केही त हाम्रोमा हराइरहेका छन् हराउन बाँकी भएका केहीलाई हामीले बस्ने ठाउँसम्म ता दिएका छौँ नि । अरू के दिनुपरेको छ र पिर मान्नु ? बरु उनीहरूले पो हामीलाई दिनुसम्म दिएका छन् बित्थामा काम नपाएर आजभोलि पत्रपत्रिकाहरूमा शरणार्थीको समस्या भनेर तथानामको प्रचार गरिँदैछ । नेपाललाई शरणार्थीहरूबाट समस्या परेको कुरा मात्र लेख्छन् । केको समस्या पर्छ शरणार्थीहरूबाट ? समस्या होइन कति अप्ठेरा कुराको समाधान पो भएको छ । कतिकति कुरामा लाभ भएको छ । हानी भन्ने कुरा पटक्कै छैन । कुरा नबुझेर मात्र हो, कुरा बुझिसकेपछि देशमा शरणार्थी अझै आइदिऊन् भनेर यिनै पत्रपत्रिका लेख्न थाल्छन् ।

एक पटक हाम्रो भान्सामा पल्लो घरको कुखुराको पोथी आएर बस्तथ्यो । आमालाई बडो रिस उठेर आउँथ्यो र झट्टीले खेद्न थाल्नुहुन्थ्यो । तैपनि कुखुरो आउन छाडेन । केही दिनपछि आयैपिछे एकएक अन्डा पारेर जान थाल्यो । अनि आमाले कुखुरो कतिबेला आउने हो भनेर बाटो हेर्न थाल्नुभएको थियो । केही दिनपछि त चारो हालेर बोलाउनै थाल्नुभएको थियो । हाम्रा लागि शरणार्थी भनेका अर्काको घरको भईकन पनि लुकिछिपी अन्डा दिन मात्र आउने त्यही कुखुरा जस्ता हुन् । तिनलाई लिएर समस्या देख्नु भनेको आफ्नो लागि फाइदा नदेखेर आफैलाई छामछामछुमछुम गर्नु जस्तो मात्र हो ।

शरणार्थीहरू आएकोमा हानी देख्नेहरूले अब राम्रो गरी सोचे हुन्छ । यिनबाट लाभैलाभ मात्र छ । तर लाभ पनि लिन जान्नुपर्छ ।

लाभ १ः खेतबारीको माटो मलिलो हुन्छ । सोध्नुहोला, शरणार्थीहरूबाट कसरी खेतबारी मलिलो हुन्छ ? म भन्छु, मलिलो हुन्छ । यिनलाई चर्पीको आवश्यकता किन परोस् ? जहाँ दिसा आयो बसिदियो । यिनलाई लाजसर्मको कुरो भएन । चिनेजानेको मान्छेका अघि न लाजसर्मको कुरा आउँछ । चिन्नुजान्नु छैन । चिने पनि दिसा आएपछि चिनाइले के थाम्छ ? खेतबारीमा जहाँ भए पनि टुसुक्क बसेर दिसामोचन गरिदिन्छन् । गर्दागर्दा खाली ठाउँ नै हुँदैन । बारी मलिलो हुन्छ । धानमकै राम्रो गरी फल्न सक्छ । गाई पाल्नै पर्दैन । युरिया हाल्नै पर्दैन । युरिया मल हालेर बिग्रिने बारीहरूका लागि शरणार्थी भनेका दवाई हुन् । कसैले खेतबारी मल्नु छ भने शरणार्थीलाई लिएर राखे भइहाल्छ । शरणार्थी क्याम्प ओरिपरिका जग्गाजमीनको भाउ नै फरक परेको कारण यही हो । त्यस्ता खेत जोत्नेहरू अहिले घिनाउँछन् । लाउनु पर्छ ट्याक्टर अनि उब्जाउनु पर्छ अन्नबाली पर्याप्त । यताका जोत्नेहरू घिनाए लाउनु पर्छ उनीलाई । गर्छन् उनीहरू राम्रोसँग खनजोत । उनलाई केको घिन ? भैँसीलाई उसको भकारोले भरिएको थलामा बाँधिदियो भने दाम्लो छिनाउँछ र ? कुरा बुझ्नुपर्छ, त्यत्ति हो । खेतबारी सित्तैँ मलिलो पार्नु कम फाइदाको विषय हो ?

उहिलेउहिले पहाडतिर भेडिगोठ पाल्नेहरूले एक लेकबाट अर्को लेकमा वा एक बेँसीबाट अर्को बेँसीमा सार्नुपर्दा गाउँमा बास बस्दा बडो फाइदा हुन्थ्यो । भेडीगोठालाहरूसँग साँठगाँठ गरेर आफ्ना खेतबारीमा एकदुई रात राख्न पाए खेत मलिलो हुन्थ्यो भनेर मान्छेहरू हिरिक्क हुन्थे । भेडीगोठ एक रातमात्र आफूले राखियो भने भोलिपल्ट भेडाको जुत्तोले बारी कालै हुन्थ्यो । अर्को साल जमीन उर्बरा हुन्थ्यो र अन्न फल्थ्यो लदाबदी ।

हाम्रो देशले पालेका शरणार्थीहरूबाट हाम्रा देशले वा जनताले प्रत्यक्ष र परोक्ष रूपमा लाभै लिएका छन् । यस्ता शरणार्थी रहुन्जेल बारी मलिलो पार्ने काममा कुनै हालतमा कमी आउँदैन । शहरबजारमा शरणार्थी राख्ता ढलहरू बन्द हुने डर हुन सक्छ, यसैले भरसक सरणार्थी पाल्न गाउँठाउँ नै पर्नुु पर्छ । गाउँठाउँमा राखियो भने खेतबारी राम्रा हुन्छन् र अन्नबाली सप्रन्छ । उनीहरूको जनसङ्ख्यामा कमी आयो भने उनीहरूलाई दानापानीको कमी भयो भने न हो खेतबारी मल्नमा ह्रास हुनु । विदेशीहरूसँग मागेर अघाउँजी खान दिएकै छ । अघाउँजी खाएपछि कमसेकम दिनमा एकपटक पटक भए पनि गोब्र्‍याउनमा कमी आउने भएन । जनसङ्ख्याको कमी होला भन्नु परेको छैन । उनीहरूको कामै पो अरु के हुन्छ र ? दिउँसो भरी खायो अनि रातभरि जनसङ्ख्या वृद्धिको उद्योगधन्दा गर्‍यो । यसबाट जनसङ्ख्याको कमी हुने त कुरै भएन । बरु जति जनसङ्ख्या बढायो उति बढी आय हुने लोभमा उनीहर जनंख्या वृद्धिको उपायमा युद्धस्तरमा लागेका हुन्छन् । अनि खेतबारीको उर्बरताका लागि दिशामोचनमा नयाँ नयाँ सदस्यको उत्पत्ति भइरहन्छ र बरी रुखा हुने सम्भावना कम । हलिकति आएका शरणार्थीहरूबाट देशभरिको खेतबारी कसरी मलिएका भन्ने कुरा पनि आउला । यो पनि एउटा ज्वलन्त विषय नै हो । तर पूर्वपश्चिम उक्त दक्षिण सबैतिरबाट शरणार्थी मगाएर देश मलिलो पार्ने उपायतिर लाग्नु उचित होला । नत्र यति भए पनि देशको खेतबारी मलिलो हुने कुरामा मलाई विश्वास छ । हिउँदमा गाई गोठ बारीभरि सारेर बार मलिलो पारेझैं यिनलाई पनि देशभरि सार्नु पर्छ । र देश मलिलो पार्नुपर्छ ।

देशभरि रशणार्थीहरू पाल्न नसकिए बल्नमा आज हामीले पालेका शरणार्थीहरूबाट पनि कमसेकम क्याम्पाको छेउछाउका कृषकहरूलाई त्यही फाइदा पुगथेको छ । यसबाट परोक्ष रूपमा पाmइदा हुने कुरा नबुझी किन यसरी पत्रपत्रिकाहरूले आलापविलाप गरेका हुन् कोनि ?

लाभ २ आर्थिक सन्दर्भमा आजको जमाना निकै जटिल छ । बिहे गरेर एउटी स्वास्नी पाल्न त निकै कठिन पर्छ भने त्यसमाथि बिहे उप्रान्त थपिने खजन्तीहरू थपिने गर्छन् । कुतौजी पर्‍यो भने खजन्तीहर वर्सेनी उम्रन सक्छन् । अरु काम नभएपछि हाम्रा कामै पो के हुन्छ र ? खजन्ती उत्पादन उद्योगका रूपमा घरभरि सानबान उमारेपछि तिनलाई पाल्न आज भोलि कति कठोर समस्या पर्छ भन्ने कुरा सबैलाई थाहै भएको हो । यही समस्याले गर्दा आजभोलि मान्छेले बिहे गर्न हतारो गर्दैनन् । छोराछोरी र स्वास्नी पाल्ने यो कष्टकर समयमा वैवाहिक जीवनपछिको यौनकर्म आदिबाट पाइने आनन्दबाट विमुख हुनु परेको कुरा सर्वविदितै छ । यस पीडाबाट पनि शरणार्थीले हामीलई जोगाएका छन् । यौनसुखका लागि आजका भोकाहरूले शरणार्थीहरूबाट परितृप्त हुने अवसर पाएका छन् । त्यस्ता भोकाहरूले यस काममा अलिकति सतर्कता भने अपनाउनु पर्छ । उनीहरूबाट सर्ने भिरुङ्गी वा एड्स आदि उपहारबाट बचेर यौनसुखको लाभ तिनीहरूबाटै लिए भइहाल्छ । स्तामा सस्ता, सुलभमा सुलभ ! अनि कसले बिहे गरेर हात्ती जस्ता स्वास्नी पाल्ने झन्झट गरिरोस् ? यसरी गरीबदुःखीहरूलाई विवाह गरिरहने झन्झटबाट पनि शरणार्थीहरूले मुक्त गरेका छन् । यो पनि सानोतिनो उपलब्धि होइन । अझ सुपथ सुपथ मूल्इमा यौनका भोकतिर्खा मेट्न पाउने यो सुवणर् अवसर शरणार्थ नभएको भए हुने थिएन । यसका लागि भारतको कुन कुन सहरमा जाने समस्या यथावत् रहन्थ्यो । हुन त हाम्रै देशमा पनि यो उद्योग खुल्न थालेको छ जनमन सस्तो मामिलेझैं तिनीहरूले खोलेको यो उद्योग पनि सस्तो र सुलभ छ । आजको प्रतिस्पर्धाको युगाम सस्तो रूपमा यो उद्योग शरणार्थीहरूबाटै चलकोे छ यसलै यो सुखको अपेक्षा गर्नेहरूका लागि पनि शरणार्थीहरूको आगमनले सुपथमूल्इमा चरण लाभ पुगेको छ । आनन्दको लाभ शरणार्थहरूका बजारबाट यथोचित रूपमा पाउनु र अझ विवाह नगरिकन नै त्यस्तो सुख उपलब्ध हुनु पनि कम ठूलो लाभ होइन । अलिकति सालनालका बच्चाबच्ची फ्याँकिएलान् कि भन्ने त्रास न हो । त्यसलाई आजको परिवार नियोजनका युगमा टुङ्गो लगाउनु कुन भारी बात भयो र ? हाम्रो सरकार हाम्रा चतुरेहरूले यस्तो स्थितिबाट फाइदा उठाई पर्याप्त पैसा कमाउने अवसर पनि पाइरहेका छन् । ‘बेश्यावृत्तिको रोकथाम जनस्ता एड्स नियन्त्रण उपाय’ भिरुङ्गी रोकथाम तथा नियन्त्रणका सरल उपायहरू’ जस्ता अनेकौं स.स्थाहरू खोलेर वा एन.जी.ओ आइ.एन.जी.ओ.हरू खोलेर लाभ प्राप्त गरिरहेका छन् सरकारलाई पनि विदेशीसंस्थासँग भिख माग्न सजिलो भएको छ । बाबा हो हामीलाई भिरुङ्गी र एड्स रोकथाम गर्ने काममा केही देऊ भनेर बिन्ती बिउान कम सजिलो भएको छ र ?

लाभ ३ : प्रशासनमा बसेकाहरूलाई, उनीहरूको नाममा भिक माग्नेहरूलाई अनि उनीहरूको दयनीय अवस्था देखाए खायोजियो गर्नेहरूका लागि पन शरणार्थी भनेका सुनका अन्डा पार्ने पोथीहरू नै हुन् । शरणार्थीलाई घर फर्काउनु भनेको पोथी कुखुरालाई मारेर एकैचोटि अन्डाजति सबे निकाल्न खोज्ने मूर्खको जस्तो कार्य हो । त्यस्तो लाजमर्दो काम गर्नु हुँदैन । शरणार्थीहरूको सुरक्षाका लागि चाहियो भन्यो, शरणार्थको सुविधाका लागि भन्यो, शरणार्थीका आर्थिक शैक्षिक विकासको नाममा माग्यो, शरणार्थीहरको आर्थिक उननतिका लागि भनेर माग्यो, उनीहरूको शिक्षा, स्वास्थ्य, स्यानिटरी, बसोबास, रहनसहन, धर्म, संस्कार, संस्कृति आदिको रक्षा गर्नुपर्छ भन्ने बहानामा माग्यो, उनीहरूको गुहुमुत सफा गर्न भनेर माग्यो अथाव के के भन्दा आउँछ विदेशको पैसो त्यही त्यही भनेर माग्यो र भँुडी फुटुन्जेल हाम गर्‍यो । गुहुमुत सोहोर्न भनेर माग्दा विदेशीहरूबाट जति पनि पाइने कुराको उदाहरण भक्तपुरमा छँदैछ । यहाँ पनि शरणार्थीहरूको गुहु सोहोर्न भनेर विदेशीहरूसँग कोपराहरू मागे उनीहरूले नाइ भन्नेवाला छैनन् क्यारे । गुहुमुत सफा गर्ने भनेर माग्याे, अनि शरणार्थीलाई हग्न भने लागाइदियो मान्छेका बारीबारीमा । यता बारी उर्बर हुने उता डलरका डलर आउने । के चाहियो अब ? विदेशीहरूबाट शरणार्थीहरूको नाममा के के भन्दा पैसा आउँछ त्यो सबै भनेर पैसा झार्नुपर्छ र मन्त्रीदेखि लिएर जिल्लाका सानातिना तहका मन्डलेहरूले समेत यो काम पार्नुपर्छ रिफ्युजी इफेक्टेड एरियाको विकासका लागि भनेर, रिफ्युजीहरूको मनोवैज्ञानिक उन्नतिका लागि भनेर, रिफ्युजीको कपाल खोरनका लागि भनेर, उनीहरूको सिँगान र गुहु पुछिदिन भनेर उनीहरूको कानेगुजी निकाल्न भनेर वा के के भनेर हुन्छ त्यो त्यो सबै भनेर डलर आउने हुँदा यी अन्डा पार्ने पोथीहरूलाई देशबाट हटाउने भूल गर्नुहुँदैन । फेरि फकाइहाल्ने पनि कस्को ख्याम्ता ?

भुटानका अघि नेपालले केही गर्न सक्नु भनेको हात्तीलाई कुकुरले लखेट्न जस्तो न हो, भुटानले समेत नपत्याउने मुलुकले जोरी खोज्नु भनेको झिँगासँग जोरी खोज्नु जस्तो न हो ।

शरणार्थी पाल्नुबाट अरू पनि जौडे लाभहरू भइरहेका छन् । तिनको कैरन पछिपछि गर्दै गरौंला । कसो ?

भद्रपुर, झापा

फित्कौली अङ्क १५ बाट जस्ताको तस्तै

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
मिस्टर मोमो

मिस्टर मोमो

विश्व शाक्य
किन मन्त्री हुने ?

किन मन्त्री हुने ?

मुक्तिनाथ शर्मा
भुइँमान्छे पुराण

भुइँमान्छे पुराण

हेम अधिकारी