सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दशा

उनले टिकटक बनाएपछि मैले उजुरी हाल्ने कुरा बिर्सिएँ । उनीहरू कता लागे कुन्नि मचाहिँ उनले मुसारेको गालालाई भूगोल पार्कमा बसेर मुसारिरहेँ ।

Nepal Telecom ad

एक दिन
रत्नपार्क जाने गाडीको पर्खाइमा लखर लखर गर्दै थिएँ कलङ्कीमा । एउटा कारले हर्न बजायो । एकजना मानिसले कारको ढोका खोले र अदवसाथ भने ’नमस्कार हजुर । नमस्कारलाई म कसरी तिरस्कार गरूँ ? फर्काएँ रोटी फर्काएजस्तै गरी ।
‘हजुर कहाँसम्म ?’
‘म त रत्नपार्कसम्म हजुर ।’
‘लौ बसम् ।’

मानमा अपमान कसरी गरूँ ? बसेँ थ्याच्चै थकानले लखतरान भएकाले डनलपमा बसेजस्तो गरी । मान गर्ने को हुन् ? निकै पटक आँखा घुमाएँ । अहँ पटक्कै खुलेन सम्झनाले कतै डोर्याएन ।

‘हजुर अचेल कता हुनुहुन्छ रे ?’ प्रश्न शुरु भयो । बाफ रे अब प्रश्नको सिलसिला अघि बढ्दै गयो भने के हुने हो ? म निकै डराइसकेको थिएँ । छोटो उत्तर दिएँ ‘यतै छु ।’

‘अस्ति सानी कामले आकी थिई धन्य हजुरलाई भेटिछन् र काम बनाएर पठाइदिनुभएछ ।’ कपाल मिलाउँदै फर्माए भलादमीले ।

‘सानी ? सानी ? कि ठूली ? सानी ठूली सानी ठूली ।’ म मनमनै सानी ठूली भन्न थालेँ ।
‘हजुर बोल्नु भएन नि कि सञ्चो छैन ?’ भलादमीले फेरि प्रश्न तेर्स्याए ।

‘म सञ्चै छु कि छैन हँ ?’ केहीबेर सोचेछु । धेरै समय कहाँ हुन्छ र ! कताकताबाट अन्तर्दृष्टि खुलेछ । अनि भनेँ ‘ठीकै छ तर घाँटीको समस्या भएकाले डाक्टरले धेरै नबोल्नु भनेका छन् ।’
‘त्यसो भए हजुर हस्पिटल हिँड्नुभएको ? कुन हस्पिटल ? म पुर्याई दिऊँ ?’
’पर्दैन हजुर पर्दैन । त्यही भोटाहिटीभित्र एकजनालाई भेटेर सल्लाह लिनु छ अनि निणर्य गरूँला ।’ कुरा गर्दागर्दै म आँखा तानेर बाटो हेर्दै थिएँ । मनमनै पशुपतिनाथदेखि भएभरका नाम सम्झेका देवदेवीलाई अनुरोध गरिरहेको थिएँ कि बाटोमा जाम नहोस् र म छिट्टै फुत्किन पाऊँ । के हुन्थ्यो तारादेवी दिदीले गाएको गीतजस्तो भयो । सोचेजस्तो हुन्न जीवन । टेकुमा भीषण जाम ।

‘भगवानले न्याय गरे कि अन्याय ?’ सोच्न थालेँ । फेरि अन्तर्दृष्टि खुल्यो । न्याय गरेका हुन् । भाग भैरे भाग ।
‘हजुर मेरो डाक्टरसँग लिएको समय फुत्किन आँट्यो म भोटे बहालबाट अरू कुनै उपायले जान्छु ।’
‘हवस् ज्वाइँसाहेब । के गर्ने हजुरलाई लक्ष्यसम्म पुर्याउन पाइएन । सुन्नुस् त त्यो पीर, फिसिङ, भाटन जस्ता जैरे हस्पटिलमा नजानुहोस् है । नीर्भिक, टन्नपूणर् वा ब्राण्डीजस्तोमा जानुपर्छ ।

हस् मैले ब्राण्डीकै ठूलो डाक्टरसँग समय लिएको छु । नमस्कार ठोकेर बाहिरिएँ । डर पनि लागिरह्यो । ती मानिसले मलाई ज्वाइँसाहेब भनिरहँदा मेरी सँगै भएकी भए ? वा मेरा सासू ससुरा वा जेठान सँगै भएका भए ? बाफ रे एउटा दशाबाट फुत्किएँ ।

कुनै अर्को दिन
एउटा साहित्य कार्यक्रम अरे भन्ने सुनेर गएँ । समारोह भव्य रहेछ । केहीका सम्मान कार्यक्रम पनि । गेटको छेउमा के पुगेको थिएँ एकजनाले नमस्कार ठोके । ‘ए कविज्यू आइपुग्नुभयो । ए साथी आज सम्मानित हुने मध्ये एकजना उहाँ नै हो ।’

मेरो त सातै गयो । के भनूँ के नभनूँ । वाल्ल परेर गेटतिर हेरिरहेँ । ‘हजुरलाई गेट बनाएको राम्रो लागेन ? हजुरले दिनुभएको रकमको राम्रै सदुपयोग गरेका छौँ ।’ ती व्यक्तिले थपे । मैले टाउकोमात्र हल्लाएँ ।
‘मैले दिएको पैसाले अरू के के गर्नुभयो त ?’ मैले पनि मजैले सोधेँ ।
‘गेट बनाइयो । त्यो मञ्चको साजसज्जा त्यसैबाट हो । हजुरजस्ता पाँचजना हुनुहुन्छ सबैको बराबरी लगानी छ । उठेका सबै पैसाबाट हजुरहरूलाई पुरस्कार र दोसल्ला पनि दिइन्छ । प्रमुख अतिथि र पत्रकार महोदयहरूलाई आवतजावत पनि त्यसैबाट मिलाइएको छ ।’ उनले जवाफ दिए । उनले मलाई मञ्चमा सवारी हुन भन्दै थिए अनायास कवि सुर आइपुग्यो ।

उसले मलाई धनुषी नमस्कार चढायो अनि मञ्चमा जाऊँ भन्नेतिर आँखा झिम्क्याउँदे भन्यो ‘बाबु तिमी व्यवस्थापन तिर लाग ।’

थाहा लाग्यो गत वर्ष उसले लेखेको कविता सङ्ग्रह ‘बबाल भो’ ले पनि सम्मान पाउँदै रहेछ । विचरा अनुच्छेद लेखनजस्तो गरी लेखेको थियो । मैले धेरैपटक मिलाइदिएको थिएँ । अझै पनि त्यो कविता र अनुच्छेदको वणर्शङ्कर जस्तो अर्थात कअनु भएको छ । अलि मेहनत गर न भाइ भन्दा उसले जवाफ फर्काएको कुरा मलाई याद आयो । उसले भनेको थियो ‘यो लेखनाथ युग होइन दाजै । लेख्दा कम मेहनत गर्ने सम्मान र पुरस्कारका लागि धेरै मेहनत गर्ने हो ।’ आफूले अलिकति भए पनि सुधार गराइदिएको कविता सङ्ग्रहले पुरस्कार पाउनु पनि कम भाग्यको कुरा होइन । कविलाई बधाई दिएँ र बाहिरिएँ ।

कुनै अर्को दिन
भ्रमको खेती श्रमको खेतीजस्तो किन हुन्थ्यो । एक दिन नयाँ सडकको छेउमा हिँडिरहेको थिएँ । कसैले पछिल्तिरबाट च्याप्पै समात्यो । मैले जवाफ फर्काउन नभ्याउँदै तान्दै भूगोलपार्कभित्र लग्यो ।

‘तँलाई फटाहा ! महिला कार्यकर्ता भन्दै यौन शोषण गर्दै ? तँ रातविरात मेरो घरमा गइस् । नेता घरमा जाँदा धन्य हुने मजस्ताले चित्त बुझाएकै थिएँ । बैनीसँग लसपस गरिस् नेता हो भनेर चित्त बुझाएकै थिएँ । एक दिन भाउजूसँग खुसखुस गरिरहेको देखेँ त्यो पनि नेता हो भनेर चित्त बुझाएकै थिएँ । हिजो साँझ त मेरै पत्नीसँग…. ?’ मलाई बाघे झाप्पु हान्दै त्यो मानिस बर्बराउन थाल्यो ।

‘म हैन क्या ऽ मेरो कुरा त सुन ।’ म चिच्याएँ । अहँ उसले सुन्दै सुनेन । बरु बाघे झाप्पु बर्साइरह्यो ।
‘पर्खनुस् त । महिला आवाज आयो । एउटी महिला एकजना पुरुषसँगै आइपुगिन् ।
‘हैन यो कसलाई कुटपिट गर्दे हुनुहुन्छ हँ ?’

‘हँ ऽ मैले त हिजो साँझ तिमीसँग दुव्र्यवहार गर्ने नेता यिनै हुन् भन्ने ठानेर पो मर्मत गरिरहेको त ।’
‘नेता धेरै छन् तपाईँ झुक्किनुभयो । यो मान्छे कस्तो हजुरको अनुहार र कदसँग काटीकुटी मिल्ने रहेछ हकि ?’ पत्नीजी सँगै ल्याएका नेतासँग मस्किँदै बोलिन् ।
‘ए हिजो दुव्र्यवहार गर्यो भन्ने अनि आज उसैसँगै नारिएर किन आएकी नि ? मैले त यही नेता ठानेर यसलाई धुलाइ गरिरहेको थिएँ । तँलाई आज फेरि मैरै पत्नीसँग ?’ धुलाइ गर्ने महोदय मलाई छोडेर साँच्चिकै नेता महोदयतिर खनिए ।

‘भो भो नचलाउनुहोस् । हिजो पो दुव्र्यवहार गर्न खोज्नुभएको थियो त आज त एकदम राम्रो व्यवहार गर्नुभएको छ नि ।’ उनकी श्रीमतीले नै छेकिन् ।
‘ए महाशय ! मलाई विनासित्ति भकुर्नुभयो म तपाईँको विरोधमा उजुरी नगरी छोड्दिन ।’ म पनि चिच्याएँ ।
‘गरे गर । यसको बारेमा निर्णय लिने मेरै मान्छे छन् तिमीले न्याय पाउन त यी ।’ ती मानिसले फेरि लोप्पा खुवाए ।
‘भैगयो तपाईँ नेताजी भनेर झुक्कानमा पर्नुभयो । खै कहाँ दुखेको छ ?’ ती कुट्नेकी पत्नीले गाला मुसारिदिइन् ।
‘मान्छे राम्रा रहिछौ खै एउटा टीकटक बनाऊँ ।’ उनले जबर्जस्ती मोबाइल झिकेर तिमीलाई देखेपछि धुनको गीत बजाइन् र मलाई पनि जबर्जस्ती घुमाइन् ।

उनले टिकटक बनाएपछि मैले उजुरी हाल्ने कुरा बिर्सिएँ । उनीहरू कता लागे कुन्नि मचाहिँ उनले मुसारेको गालालाई भूगोल पार्कमा बसेर मुसारिरहेँ ।

तपाईँहरूको पनि कहिलेकाहीँ मेरोजस्तै गरी दशा बिग्रन्छ कि बिग्रन्न ? म त बेलाबखत यस्तो दशा खेपिरहन्छु । लौन हो यसबाट जोगिने उपाय बताइदिनुहोस् ।
अस्तु

०००
धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
ग्यास्ट्रिक बिग्रियो

ग्यास्ट्रिक बिग्रियो

अशोककुमार शिवा
खुइलिएको तालु

खुइलिएको तालु

होम सुवेदी
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
लक्ष्मणरेखा

लक्ष्मणरेखा

श्रीप्रसाद पाेखरेल