सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वासुदेवलाई चिन्न खोज्दा

त्यसवेला “सबै राम्रो, तर अझ उन्नति गर्नू ’बाबु पोके आमा डोके’ चै नबिर्सनू” भन्नुभयो । मलाई आफ्नो स्तरबाट उठी अघि बढ्न सरल मूलमन्त्र पाए झैँ भयो ।

Nepal Telecom ad

करिव २०२७ सालको अन्त्यतिर राम्रो विषय लिई पढ्न काठमाडौं आएँ । आफ्नो हिसाब र विज्ञान पढ्ने धोको साधारण स्कूलमा भर्ना भएर चित्त बुझाएँ । २०२८ साल गाईजात्राताका कौवा प्रकाशनका सामग्री किन्दा पुस्तक संसार भोटाहिटमा ‘भीमसेन पाती’ पनि किनियो । हास्य व्यंग्य साहित्य पढ्ने हाम्रो परिवारको बानी नै थियो । बुबा किनेर ल्याउने र प्रायः साँझ वाचन गर्ने, आमा र ३ भाइ छोरा सुन्थ्यौं यो बानीले गर्दा कतिपय उखान वा वाक्यांशहरू हामी दैनिक बोलीचालीमै प्रयोग गर्दथ्यौं । जस्तो कुनै बाहुनले दुःख दियो वा चतुर छ भन्नु परे- ‘तीनफुकुवाले दुनियाँ खाए’ गरीबी बा छन्द न बन्दको लुगा भए- भैरवको ‘चम्रेलजी’ भनिन्थ्यो ।

आँट गरेर कुरीतिविरूद्ध लेख्ने हास्य व्यङ्ग्य नै हो भन्ने हामीलाई लाग्दथ्यो । त्यतिखेर भजन वा छाडा साहित्य पाइए पनि यथार्थ वादी पाइँदैनथ्यो । गङ्गालालको चिता पढ्दा पनि विरोधी वा त्यस्तै आरोप खप्नुपथ््र्यो । मज्जाले वेथिति र मर्का देखाउने र चित्त बुझाउने बाटो यही थियो । यस्तो विधा साथीहरूमा पनि पढिन्थ्यो । सहि थाप्ने गोपालप्रसाद रिमालका माहिला छोरा मदन सहपाठी थिए । यसरी नै २०२८ साल पनि बित्यो ।

२०२६ साल पुग्दा एस.एल.सी. दिएर फुर्सद पनि भएको, अनि त एकसरो किताब छान्न गई छ्याकन, भैरवका र भूतको भिनाजुका पाए जति ल्याएँ बजारबाट । भैरवलाई बाटोमा भेट्दा प्रायः भूगोल पार्क अगाडि मुसुक्क हाँसी अगाडिका कोदालीपाते ठूला दुइ दाँत देखाएको हिजो जस्तै लाग्छ । उहाँलाई चिनेपछि गो.प.मा चिठी छाप्न निकै हौसिएँ । प्रायः जातीय गौरव र कला संस्कृतिको जगेर्ना तथा सिंहदरबार कस्तो बनाउने बारे भन्ने लेखिएका चिठो धेरै छापिए ।

एकताका ‘भैरव नै भूतको भिनाजु भन्ने भ्रम होइन’ भन्ने लाग्न थाल्यो, उसो भए को हो त ? उत्तर थिएन । तर यो नाम किन मन मा गडिरह्यो । मलाई वासुदेव र भू भू. एउटै भन्नेमा पनि शङ्का लाग्दथ्यो । भेट्ने मन हुन्थ्यो तर भेटमा भन्ने सामग्री थिएन । फेरि आफू १५-१६ को फुच्चो, लेखाइ त्यस्तो न भूतले ह्वाङ गर्ने हो, होइन, भैरव झैं हाँस्ने पनि हुन सक्छ ? यस्तै तर्कना खेल्दथे ।

जीवन अनेक उँचनीच र उवडखावडमा सामुहिकताको खेती गर्दै २०३६ सम्म पुग्यो । प्रेस स्थापना र आफ्नो विचार अनुसार प्रकाशन गर्ने धोको पूरा हुने भयो । करीब एक दशक अघि भू. भि. को भूमिकाबाट प्रभावित भई आफ्नो प्रकाशन भए ‘गरीब हाँस्न सके, दुःखी नाच्न सके मेरो परिश्रम सफल भएको ठान्छु भनी भूमिका लेख्छु’ भनी गरेको अठोट पूरा हुने भयो ।

बुबाको साथी जनक हुमागाईंसँगको ०३१-३२ को चिनजान प्रेसमा अझ बढ्यो र शृङ्खलाले मित्रताको घनिष्टता झन् बढायो, करिब ६-७ वर्ष पछि वेलावेला भू. भि. को कुरा हुँदा राम्रो लेख्ने, कवि लेखकमा पर्ने कुरा गरिन्थ्यो । अनि ०४० -०४१ मा पुग्दा वासुदेव शर्मा लुइँटेलसँग भेट भयो जगदम्बामा । कुरा बढी प्रतिकात्मक र खरा लाग्दथे तर मलाई मन पर्थ्याे । पहिलो पटकमै, ‘भाइसाहब भूसतिघ्रेको छोरो’ भन्नुभयो म ‘अँ’ बाहेक भन्न सकिनँ । बुबा मोटो भएर यसो भनेको होला भन्ठाने । एकछिन त बोल्न सकिनँ- गल्ती भए के भन्ने हुन् भनेर । पहिला त जनकजीको जस्तै कुरा पूरै बुझ्दैनथेँ, अचेल चैं बुझ्छु भन्नुपर्‍यो ।

श्यामप्रसादबारे शृङ्खलामा लेखेपछि र एक दिन श्यामजीलाई भेट्न उहाँकै घरमा गएपछि चै भूतको भिनाजु वास्तवमा भूतरूपी कुरीति र वेथितीविरुद्ध दमनकारी मानमा रहने भिनाजु नै रहेछन् भनेर श्रद्धा र प्रेमको वाढी नै मेरो मनमा उर्लेर आयो । मेरो बोलीचाली र कुरा नै वासुदेवका वाक्य बने, उनका साहित्य मेरा दिदी बहिनीका घरहरूमा पनि पुगे । भेटघाटमा हामी कुराकानी ‘वासुदेव ‘बोली’ मा र ‘साहित्यका वाक्यांश’ बाट गर्थ्याैं । ‘कति राम्री कान्छी दिदी जात्रामा’ लाई म र बहिनी कल्पना लगनखेल- गोदावरी बसमा कँठिनीहरूले गरेका कुरामा अनुवाद गर्थ्याैं  र मरिमरि हाँस्थ्यौँ जान्नवी दिदी चैं उक्साउनुहुन्थ्यो भन भन भनेर । माईत आएका छोरीबेटीलाई ‘वासुदेव’ कन्ठै !

समय बित्दै गयो, आफूले विद्यावारिधि सकेर वासुदेवलाई भेट्ने हतारो थियो, भेट भयो । उहाँ मसँग साँच्चै आत्मीय कुरा गर्नु हुन्छ । उहाँले जे देखे पनि मेरो मनमा गहिरो छाप पार्नेमा उहाँ पहिलो हरफमै पर्नुहुन्छ । त्यसवेला “सबै राम्रो, तर अझ उन्नति गर्नू ’बाबु पोके आमा डोके’ चै नबिर्सनू” भन्नुभयो । मलाई आफ्नो स्तरबाट उठी अघि बढ्न सरल मूलमन्त्र पाए झैँ भयो ।

उहाँलाई चिन्न थालेपछि सवभन्दा डर उहाँको मृत्युसम्बन्धी मितिले लाग्दथ्यो साँच्चै उहाँ जस्तो मान्छे भनेको छापेको समयमा जानुभए त निकै खति भयो । पछि पछि त्यो मिति कुनै विशेष घटना र विशेष काम सक्ने अवधि होला भनी चित्त बुझाउन थालें । शायद अचेल उहाँ मृत्युमिति त्यति प्रयोग गर्नुहुँदैन क्यार ?

वासुदेवका विधाहरूमा नराम्रो लाग्ने छैन, तर बढी राम्रो लाग्नेमा छोरा विद्यादेव (भाइ) लाई लेखेका चिठीहरू छन् । एउटा बाबुले छोरालाई त्यसरी सम्झाउने र छोराबाट त्यस्तै आशा गरे अनि नेपालका बहुसंख्यक बाबु छोरा त्यस्तै भइदिए शायद वासुदेवको “करिया मोचन” हुन्छ कि भन्ने लाग्छ । उहाँको निरन्तर छोरालाई डोर्‍याउने घच्घच्याउने र सल्लाह दिने वानिले अन्यलाई यस्तं प्रेरणा दिइरहोस् । आजका छोरा भोलिका बाबु नै हुन्, होइन र ?

वासुदेवलाई चिन्न खोज्दा सँगालिएका धेरै कुरामा- एक झमटमा थोरै यस्तै यस्तै छन् ।

०००
ज्ञानगुनका कुरा भाग ३०, वासुदेव लुइँटेल- बुढो पास्नी- ३ (चैत, २०५३)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पाकाको एक्लोपन पनि उत्पादनशील !

पाकाको एक्लोपन पनि उत्पादनशील...

डा. मुकेशकुमार चालिसे
पाकाको औडाहा र सुन्निने समस्या !

पाकाको औडाहा र सुन्निने...

डा. मुकेशकुमार चालिसे
पाकामा मस्तिष्क क्षमता घट्ने समस्या !

पाकामा मस्तिष्क क्षमता घट्ने...

डा. मुकेशकुमार चालिसे
पाका मान्छेमा घुर्ने समस्या !

पाका मान्छेमा घुर्ने समस्या...

डा. मुकेशकुमार चालिसे
उमेरिँदा हिँड्ने र लड्ने समस्या !

उमेरिँदा हिँड्ने र लड्ने...

डा. मुकेशकुमार चालिसे
एउटा ठुलो चोरी

एउटा ठुलो चोरी

हरिशंकर परसाईं
चटकेहरूकाे चटक

चटकेहरूकाे चटक

कुमार खड्का
इमानदारदेखि सावधान !

इमानदारदेखि सावधान !

सुरेशकुमार पाण्डे
हो त नि !

हो त नि !

हरि खनाल
अफसाइड

अफसाइड

कृष्ण शर्मा सुमु