सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बाँदर खेती

मैले रिसलाई दोब्बर पार्दै सोधें- “के बाँदरले दूध दिन्छ ? के बाँदरको मासु वा छाला काम लाग्छ ? बाँदरपालनको रिन पाइँदैन, जानुस् ।”

Nepal Telecom ad

“सरकारले धेरै सुविधा दिएको छ भनेर सुनेको छु हजुर । कृषि कर्जामा । म पनि कृषि कर्जा लिन चाहन्छु ।” के के कागजपत्रको मुठो लिएर मेरो टुटेको टेबुलमा एक जना मनुवा हाजिर हुँदै भने ।

“याँ त किर्सी कर्जामा के के पाइन्छ भन्नुभन्दा नि, कुन किर्सी कर्जा लिने हो, तो किलियर हुनुपर्छ पैले । तपँैले कुन किर्सी कर्जा लिने ?” अनुहारतिर नहेरी मैले त्यत्तिकै प्रश्नको उत्तरमा प्रश्न गर्दिएँ ।

ट्वाँ परेर हेरे लाटोले केरा हेरेझैँ । बाँदरले झैँ मैले पनि जिउ कन्याउन थालें । अलिकति अपानवायु निकालेँ ।
बदलामा तिनले कोठै थर्किने गरी ढ्याउ गरे । अनि आफ्नो बचाउ गरे- “पशुपालनको लागि कर्जा चाहियो के हजुर । पशुपालन पनि कृषिमा आउँछ होइन र ?”

“नौलो किर्सी गर्ने हो भने यो ब्याङ्कले थुप्रै रिन दिन्छ । हैनभने उही हो, धाको धायै धाको धायै गर्‍यो र अन्तमा साउकहाँ बाउको कमाइकोे खेत बन्धकीमा राखेर रिन लियो । एक लियो तिन दियो ।” स्पष्ट पार्दिएँ ।

“हो हजुर, म बाँदरपालनको लागि ऋण लिन्छु । बिल्कुलै नयाँ, कहीँ कतै कस्सैले नगरेको कृषि । देशमा नाम कमाउँछु, कृषि भेषमा नाम कमाउँछु ।”

अब सुगर लागेको बाठोले पेंडा हेरे झैँ म हेरेको हेर्‍यैँ भएँ । तिनले थप योजना सुनाए- “म बाँदरपालन गरेर आफ्नो घर बनाउँछु, अर्काको घर पनि बनाउँछु । सिकाएर बाँदरलाई घर बनाउने मिस्त्री बनाउँछु । बाँदरले आफ्नो घर पनि बनाउँछ र अर्काको घर पनि बनाउँछ ।”

मैले आफ्नो घर भत्काएर भाइको घर भत्काएको झल्याँस्स सम्झेंँ ।
मैले रिसलाई दोब्बर पार्दै सोधें- “के बाँदरले दूध दिन्छ ? के बाँदरको मासु वा छाला काम लाग्छ ? बाँदरपालनको रिन पाइँदैन, जानुस् ।”

तर्सिएर विस्तारै हट्दै गर्दा उस्को मुखबाट फुत्क्यो- न आफूले केही गर्छ र न अर्कालाई केही गर्न दिन्छ ।

०००
रौतहट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दाउ

दाउ

सञ्जय साह मित्र
आरोप

आरोप

सञ्जय साह मित्र
संस्कार

संस्कार

सञ्जय साह मित्र
अशुभ काम ना

अशुभ काम ना

सञ्जय साह मित्र
ओम नमः मूर्खाय

ओम नमः मूर्खाय

सञ्जय साह मित्र
दुई मितको कथा

दुई मितको कथा

सञ्जय साह मित्र
कुरा गरिस् कि बितिस् !

कुरा गरिस् कि बितिस्...

चूडामणि रेग्मी
मिस्टर मोमो

मिस्टर मोमो

विश्व शाक्य
किन मन्त्री हुने ?

किन मन्त्री हुने ?

मुक्तिनाथ शर्मा
भुइँमान्छे पुराण

भुइँमान्छे पुराण

हेम अधिकारी