सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जुम्रा आतङ्क

ब्रह्माजीको उक्त कथनले म त्यति अचम्मित भने भइन । किन कि म आफै जुम्राको भुक्तभोगी । लौ न प्रभो यो मुलुकलाई जुम्राको आक्रामक आतङ्कबाट छुटकारा दिने छैन कुनै उपाय ?

Nepal Telecom ad

जुम्राको काम या त टोक्नु या खर्खराउनु हो । एउटा परजीवी प्राणी हो जुम्रा । लिखो ब्लास्ट भएपछि भुसुनोेले प्रभुको कृपा पाएर मात्र केही दिन अरु बाँच्न पायो भनेदेखुन् जुम्रोको रूप धारण गर्छ । जुम्रो रक्तप्रेमी प्राणी हो । कपाल यसको प्रिय बासस्थान हो । केही दिन ननुहाइ बस्यो वा एउटै बस्त्र ज्यानमा टाँसी राख्यो भने जुम्रोले आफ्नो सङ्ख्यागत उपस्थितिलाई मजबुत बनाउँछ । यो धर्तीमा जुम्राको उत्पत्ती र विकास कसरी भयो भन्ने सम्बन्धमा प्रष्टिनको लागि ब्रह्माजीलाइ नै सोध्नुपर्छ, चाहे फोनबाट सोध्नुस् चाहे म्यासेन्जरबाट यो तपाइँको निजी कुरा भयो ।

जुम्राको उत्पत्तिको बारेमा केही बुझ्न एकदिन मैले ब्रह्माजीलाई फोन गरेर आफ्नो परिचय सहित सोध्दा उहाँबाट जवाफ आयो- बाबु ! तिमी निजी विद्यालयमा पढाउँदा रहेछौ । फोनमा त तिम्रो महिना दिनको तलव एकै मिनेटमा चट हुन्छ, तसर्थ यो फोन राख बरु म्यासेन्जरमा कल गर न । ओ हो ! हो त, हुन्छ प्रभु ! त्यसै गरी मैले म्यासेन्जरबाट जिज्ञासा प्रकट गरेँ । प्रभु ! जुम्रोले यो धर्तीमा कसरी प्रबेश पायो ? ब्रह्माजीले अलौकिक वाणि तर हाम्रै नेपाली भाषामा भन्नुभयो- “जुम्रो तिम्रै प्रतिरूप हो मनुवा ! यदि बिग्रियौ भने जुम्राले जति दुख दिन्छ नि तिमी बिग्रदा पनि यो समाजले त्यत्तिनै दुख पाउँछ ।

जुम्राको उत्पत्ती खासमा कहिले भयो भन्दा पनि मान्छेको मनमा जुम्रोले कहिले बास गर्‍यो, यो महत्वपूणर् कुरा हो । हिजोआज जुम्रोले प्राय नेताहरूको मनमा डेरा जमाएको छ । त्यसैले नेपाल आमाको टाउकोमा खर्खराउने यिनै नेतारूपी जुम्राहरू हुन् । यी नेताले जुम्रा अवतार धारण गरेकोले नै यो देशको अवस्था अस्थव्यस्त भएको छ । नेपाल आमाको अवस्था बिरूप हुन थालेको छ । थला परेकी नेपाल आमाका पढेलेखेका योग्य सन्तान धेरै पराइ मुलुकतर्फ लागेपछि जुम्राले नै राज गर्ने नै भए ।

अब जताततै जुम्राको हालीमुहाली हुने भयो । अनि यिनै जुम्राहरूको कारणले नेपाल देशको यो हविगत भएको हो । जुम्राहरू हाम्रो देश नेपालको अन्तरकुन्तर सबैतिर फैलिएका छन् । अर्को अर्थमा भन्नुपर्दा अहिले हाम्रो देश जुम्राको अधिनमा छ । जुम्राको निर्मूलीकरण नितान्त आवश्यक भैसक्यो । चेतना भया ।”

ब्रह्माजीको उक्त कथनले म त्यति अचम्मित भने भइन । किन कि म आफै जुम्राको भुक्तभोगी । लौ न प्रभो यो मुलुकलाई जुम्राको आक्रामक आतङ्कबाट छुटकारा दिने छैन कुनै उपाय ?

०००
२०७९/५/२५
भैरहवा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
रोग र मान्छे

रोग र मान्छे

कमल भैरवेली
ओभरलोड

ओभरलोड

कमल भैरवेली
ठोक्तक

ठोक्तक

कमल भैरवेली
दस दनक

दस दनक

रामकुमार पाँडे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
अभिनन्दन पत्र

अभिनन्दन पत्र

चूडामणि वशिष्ठ
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
मूषक माहात्म्य

मूषक माहात्म्य

सुमी लोहनी