निर्वाचन प्रचार सामाग्री

माफिया

बैंक डुबाउ, बजार डुबाऊ, महङ्गी बढाऊ, जे गर आफू चाहिँ मोटाऊकाे मूल मन्त्र नै माफियाको धमनी हो । यो धमनीको कमानीभित्र को को पर्दछन् त्यसको जमानी त म तपाइँ हजुर नै होइनौँ त ?

रुपैयाँको पछि लाग्ने, हद नाघ्ने, त्यसैमा सबैकुरा ठान्ने परजीवी मानव जीवलाई नै मान्न सकिन्छ क्यारे माफिया । भुल गरेर कहिल्यै आफूलाई नसुधार्ने मान्छेको नाम पनि हुँदो रहेछ माफिया । फियो फियो खोजेर कुटुकुटु गर्दै घरै चपाउने धमिराजस्तै आनिपानीको शानी हुँदो रहेछ माफिया । यौटा मान्छेको स्वादबाट पल्केर नै पाएसम्म मान्छे नै खोज्ने नरभक्षी बाघजस्तै हुँदो रहेछ माफिया । मात्र फियोबाट मात्रा नपुगेर जीवनयात्रा त्यसैमा लिप्त गराउने अर्थात् फियामय चरित्रको पहिचान रहेछ माफिया । यी सबै अड्कलमात्र हुन् मेरा माफिया बारेमा । तीनका बारेमा सुनेको भरमा लख काट्दैछु भएर वैचारिक दोजिया । प्रसव बाँकी नै छ हुन । फियोफियो खोजेर कुटुकुटु गर्दै घरै चपाउने धमिराजस्तै आनिपानिका शानि हुँदो रहेछ माफिया । यौटा मान्छेको स्वादबाट पल्केर नै पाएसम्म मान्छे नै खोज्ने नरभक्षी बाघजस्तै हुँदो रहेछ माफिया । मात्र फियोबाट मात्रा नपुगेर जीवनयात्रा त्यसैमा लिप्त गराउने अर्थात् फियामय चरित्रको पहिचान रहेछ माफिया । यी सबै अड्कलमात्र हुन् मेरा माफिया बारेमा । तिनका बारेमा सुनेको भरमा लख काट्दैछु भएर वैचारिक दोजिया । प्रसव बाँकी नै छ हुन्छ के समयले नै बोल्छ हतौडा हुन्छ कि हँसिया ।

माफियाको नाम सुन्नासाथ पहिलो खाका थियो हट्टाकट्टा गम्म परेको जीउडाल, हात्तीकाने मुहार, मोटा मोटा जुङ्गा आदि, इत्यादि । खाकालाई डोकामा हाल्दै पछि थाहा हुँदै आयो ती सब भएर पनि नभएर पनि सुकिला मुकिला भरिला दरिलादेखि च्याँसे जुम्सेबाट पर रहेर सबै डालैमा घुल्दो रहेछ माफिया । पद भित्र पद बाहिर क्रियापद स्वरूपमा सजिएको हुँदो रहेछ माफिया । अनि साँच्चै भन्ने हो भने नै भने कुखुराको चल्ला झैँ पिया पिया भन्दै चारा टिप्न पल्केर साराका सारा टिपुँ भन्ने बेगवान सुनामीको रुपमा बढ्ने ज्ञानी रहेछ माफिया । जति सोचिन्छ रबर झैँ तन्किन्छ अपरम्पार कहानी बनेर बढ्दो रहेछ माफिया ।

सम्पूर्ण छोट्याएर भट्याउनुपर्दा ‘धमिरा’को धर्मपुत्र हो माफिया । रङ्ग रङ्गमा हर अङ्गमा छाउन सक्ने क्षमताको छाल रहेछ माफिया । भूमिको भूत चढेर हुर्कने बढ्नेको नाम भूमाफिया । यस प्रकारको फियाको काफिया पढ्दा मोठ मोठ चाटेर लालपूर्जा उलटपलटदेखि पर्ति, सरकारी, गुठी, मुठ्ठी, निजी इत्यादि जमिन आफ्नो अधिनमा पार्न दखलदार रहेका हुन्छन् । श्रेस्तादारदेखि सरदारसम्मलाई पकडमा राखी जमिन चटुवा पोख्त जात मिलेको भरमा भातदाल झैँ आफ्नोमा हुँडल्न सक्षम यी लालपूर्जा कन्तुरमा, घरजग्गा आफ्नो जन्तरमा मन्तर गरेरै राख्याराख्यै गर्न क्षमता राख्दछन् । पहुँचको कुरा गर्ने हो भने जहाँ न पहुँचे रवि भनेझैँ कुना कन्तरा, समुन्द्र गहिराइसम्म धसेरै पुग्ने हुँदा यिनलाई कर्कट जातिमा पनि राख्न सकिन्छ । जनसङ्ख्या वृद्धि जग्गा जमिनको मूल्य आदि यिनको साम्राज्य विस्तारको मूल कारण हुन् । कुनै बेला भूगोल पार्कसम्मको लालपूर्जादेखि जगन्न्नाथमा हात साफ गर्न समेत पछि नपरेको उदाहरण यिनको मुटुको जोखना गर्दा मिल्न आउँछ । बहालीदेखि भूपू निजी गुठीलाई श्रीमती छोरा छोरीको सम्पत्ति बनाउन जुस घुसे पदीय कारटुससम्म छोड्न सक्षम यिनको मुख हेर्दा पत्याए पनि माथ खान पुग्छ । अलि अलि त यसमा राजनीतिक पनि छिरेपछि त चाहियो नै के ?

अर्को जातको माफिया मान्न सकिन्छ धून चोरेर गीत कम्पोज गर्नेदेखि लिएर गुन लगाएको जस्तै गरेर गुट्मुट्याउन खप्पिस यी जातिको मुख्य गुण हो । धुर्तता कपट, मित्रताको आडमा कन्दनी झपडसम्म यी जातिमै पाइन्छ । चरित्रको बेसारे भए पनि हात साफै देखिने जादूगर बान्की यिनमा हुन्छ । जागिर लगाइदिने, मुद्दा मामिला सुल्झाइ दिने, हेर्दा साना तिना खोल्दा गह्रुँगो पोको डोकोमै नअटाउने मनचिन्ते झोली बोकेका हुन्छन् । यी बडा रवाफिया, रोवदार र दमदारको रुपमा देखा पर्ने गर्दछन् ।

सुकम्वासीको बसोबासदेखि अस्पताल, मसानसम्मको खास पासपोर्ट यिनीहरूसँग हुन्छ । कम मिहेनतमा असीमित फल फलाउने चाहको सलहनै माफिया उत्पादन कारखाना हो भन्न सकिन्छ । दक्षिणपूर्व एसियादेखि यूरेसिया सम्ममा परम्परागत प्रक्रियालाई आधुनिकीकरण गर्दै देह माफिया पनि फष्टाएकै देखिन्छ । मागको आपूर्ति सिद्धान्त बुझ्न पढैया नै हुनुपर्छ भन्ने केही छैन । यसैले त भनिएको छ पढेर हैन परेर जानिन्छ । यसरी जान्नेको हाम्रोमा पनि अकाल छैन । चेलिबेटी झुक्याएर आपूर्ति पुर्‍याउने रोवोट दिमाग माफिया कै काफिया हो । गाडी, मोटर साइकल मात्र हैन रोडा ढुङ्गा, माटो साफिया पनि उही ड्याङकै मूलामा पर्दछन् । बयान गरेर के साध्य बैंक डुबाउ, बजार डुबाऊ, महङ्गी बढाऊ, जे गर आफू चाहिँ मोटाऊकाे मूल मन्त्र नै माफियाको धमनी हो । यो धमनीको कमानीभित्र को को पर्दछन् त्यसको जमानी त म तपाइँ हजुर नै होइनौँ त ? हैन भने अरु को त ?

मैले जति बयान गरेँ अब लम्बेतान अरु नगरूँ तर जाने बेलामा भन्दिई हालुँ यी तेस्रो दर्जाका माफिया हुन् पहिलो र दोस्रो त बाँकी छँदैछन् ती बढी चर्चित छन् त्यसैले बढीले चिनेका छन् हैन कि कसो …. ??

०००
‘फित्कौली’ पूर्णाङ्क ३७ (२०७०)

निर्वाचन सचेतना
फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
सम्भवामि युगेयुगे

सम्भवामि युगेयुगे

युवराज मैनाली
माहोल

माहोल

युवराज मैनाली
भीक्षान्त भाषण

भीक्षान्त भाषण

युवराज मैनाली
कम्पन

कम्पन

युवराज मैनाली
माला

माला

डा. टीकाराम पोखरेल
कुजात !!

कुजात !!

अप्सरा सुनार
साथी नामका केही पात्र

साथी नामका केही पात्र

ठाकुरप्रसाद अधिकारी
डरसँग नडराउँंदा

डरसँग नडराउँंदा

गाेपेन्द्रप्रसाद रिजाल