सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वार्डअध्यक्षज्यूका आयमुलक श्रोतहरू

जे होस् पैसा भएपछि महादेवका तीन नेत्र भन्नु मात्र यी वार्डअध्यक्षज्यूहरूका एकहजार आठ नेत्र हुने रहेछन् । यिनै रकमी हनुमानको कसरी जय होस् भनुम् हजुर ?

Nepal Telecom ad

नयाँ जोगीले खरानी धेरै धस्छ भनेको बेलामा वार्ड अध्यक्षज्यूहरूको चुरीफुरीले कुरीकुरी गरिरहेको पाइन्छ । दश, बीस लाख खर्च गरेर जितेको चुनाव हो नि यो, छोटे महाराज बनेको समय हो नि यो, यो बेला तडक भडक नगरे के गर्ने त हैन र ? तैपनि वार्डअध्यक्षज्यूले कहाँबाट कसरी पैसा कमाउछन् भन्ने कुरा बिस्तारै थाहा पाउँदा तपाई पनि तिन छक्क पर्न बेर छैन । थाहा पाउनु भएको भए त गजबै भै गो ।

१. ईन्जिनियर
वार्डको ईन्जिनियरलाई योजना अनुगमन गर्न लगाउने, उसलाई प्रतिशतमा घोटाला गर्न लगाएर वार्ड अध्यक्षज्यूहरूले ईन्जिनियर मार्फत पैसा कमाएको देखियो गाँठे । आफू देखिन पनि नपर्ने, अर्कालाई अग्रपंक्तिमा लगाएर मज्जाले हसुर्न पाइने हुँदा ईन्जिनियरहरू वार्ड अध्यक्षका नियमित आयमुलक श्रोत रहेको देखिन्छ ।

२. बहुराष्ट्रिय कम्पनीहरू
बहुराष्ट्रिय कम्पनीहरू पनि वार्डअध्यक्षज्यूका कमाईका भाँडाहरू रहेको पाइयो । वार्डमा यौटा बिज्ञापनको होर्डिङबोर्ड राख्दा पनि उनै वार्डअध्यक्षज्यूलाई सोध्नु पर्ने रहेछ । होर्डिङ बोर्ड, डिस्प्ले बोर्ड राखे बापत कर तिर्नु त छँदैछ, बहुराष्ट्रिय कम्पनीहरूले वार्डअध्यक्षज्यूलाई छुट्टै रकमको उपहार दिनुपर्ने रहेछ नत्र वार्डअध्यक्षज्यूले त्यस्ता बिज्ञापन राख्नै नदिने पो रहेछन् ।

३. बैंकहरू
सबै भन्दा अचम्मको र तपाईंलाई थाहा नभएको पाटो यो हुन सक्छ । वार्डअध्यक्षज्यूलाई बैंकले घुमाउरो पारामा पैसा दिन्छन् भन्ने । साँच्चै भन्नुपर्दा सामाजिक सुरक्षाको भत्ताको खाता कुनै बैंकमा खोलियो भने एक खाता बराबर तत्काल पाँच सय पचास र वार्षिक केही रकम वार्डअध्यक्षज्यूलाई कमिसन जाने पो रहेछ । निजी बैंकले यसलाई आफ्नो गज्जबको हतियार बनाएर वार्डअध्यक्षलाई प्रयोग गरेको पाइयो । कतै तपाईंको वार्डअध्यक्षज्यु यसमा लिप्त त छैनन् एक पटक चेक गरिहेर्नुस् त … ।

४. ट्र्याक्टर
वार्डअध्यक्षको आफ्नै ट्र्याक्टर भएपछि यो भन्दा अरु नियमित आम्दानीको श्रोत अरु नहुने रहेछ । वार्डका विभिन्न काममा अरु ट्र्याक्टर प्रयोग गर्न नदिने र आफ्नै प्रयोग गर्न लगाउँदा दैनिक रुपमा मज्जाले पैसा कमाइने रहेछ । बिल बढाएको कुरै नअरम झन् ।

५. एक्साभेटर
आफै बोक्सी, आफै धामी भने झैं आफ्नै एक्साभेटर वार्डको काममा प्रयोग गरेर आफ्नो ट्र्याक्टरमा लोड गर्ने अनि अर्को ठाउँमा माटो र ढुंगा बेच्न पनि मज्जाले पाइदो रहेछ वार्डअध्यक्ष भएपछि । यो पनि नियमित आम्दानीको श्रोत हुने रहेछ । वार्डअध्यक्ष आफैं ईन्जिनियर भएर आफैं बाटो धस्काएर पैसा बटुल्ने काइदाको मेलो हुने रहेछ ।

जे होस् पैसा भएपछि महादेवका तीन नेत्र भन्नु मात्र यी वार्डअध्यक्षज्यूहरूका एकहजार आठ नेत्र हुने रहेछन् । यिनै रकमी हनुमानको कसरी जय होस् भनुम् हजुर ? तारेमाम् ।

०००
लमजुङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खुइलिएको तालु

खुइलिएको तालु

होम सुवेदी
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
लक्ष्मणरेखा

लक्ष्मणरेखा

श्रीप्रसाद पाेखरेल
दस दनक

दस दनक

रामकुमार पाँडे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे