निर्वाचन प्रचार सामाग्री

झुक्किनु, झोंक्किनु र झोक्राउनु

मलाई लाग्छ सबैभन्दा बढी राष्ट्रियस्तरकै झुक्किने समय भनेकै निर्वाचनको बेला हो । उक्त समयमा आम सर्वसाधारण नझुक्किए हुन्थ्यो भन्ने लाग्छ ।

झुक्किने आम मानिसको प्रवृत्ति हो । झुक्किदा कहिले मन खिन्न हुन्छ भने कहिले फाइदा नै हुन्छ । कहिले मानिस झुक्किएर सालीसँग ठोक्किन्छ भने कहिले झुक्किएर अलि बढी पिउँदा चिप्लिएर नालीमा डुबुल्की मार्न पुग्छ । कहिले झुक्किएर डिभी पर्दा अमेरिकातिर कुलेलम ठोक्छ त कहिले झुक्किएर सामाजिक सञ्जालमा नानाभाँती पोस्ट गर्दा मामाघरतिर बसाइँ सर्छ । झुक्किएपछि मान्छे झोक्किन्छ । झोक्किदा थप समस्याको सिकार बन्छ । झोक्किदाको परिणाम हात हालाहाल हुन्छ । अन्ततः झोक्रयाउन पुग्छ ।

झुक्किएर अर्काकी श्रीमतीलाई आफ्नै श्रीमती जस्तो व्यवहार गर्दा धेरैले दुख पाएका थुप्रै उदाहरण छन् यहाँ । जुत्ता चप्पल पनि खाएका प्रसस्त उदाहरण छन् । कतिको नाथ्रो फुटेको छ, कतिको हरिबिजोग भएको छ । कति घर न घाट भएका पनि छन् सोही कारणले । झुक्किनुको अन्तिम परिणाम झोक्रयाएर बस्नु नियति बनेको छ त्यस्ताहरूको लागि ।

झुक्किनु कतिको निम्ति भाग्य मात्र होइन सौभाग्य भएर पनि आउँछ । जनता झुक्किएकै कारणले अत्यधिक मत पाउँदा कतिपय स्वाँठ बजियाहरूले राजधानीमा आलिशान महल ठड्याए । ट्यापे र मुन्द्रे सन्तानहरूलाई उच्च अध्ययनको लागि विदेशका महङ्गा कलेजमा पढ्न पठाए । सात पुस्तालाई पुग्ने गरि अकुत सम्पत्ति आर्जन गरे । राज्यका स्रोत साधनको अचाक्ली दोहन गरेर जनतालाई झोक्राउन बाध्य बनाए ।

झुक्किने सिलसिला कहिल्यै नटुङ्गिने रहेछ । म स्वयम् पनि धेरै पटक झुक्किएको छु । झुक्किएर उल्टो भेस्ट लगाएर बजार घुमेको छु । बिहे पार्टीमा शाकाहारीको लाइनमा बसेको छु । अफिसमा आफैले पढाएको पुरानो शिष्यलाई नमस्कार गरेको छु । सस्तो भनेर कुहेको आलु किनेको छु । आफ्नो बाइक सम्झेर अरुको बाइकमा चाबी छिराएको छु । आफन्त बस्ने फ्ल्याट सम्झेर अरुको फ्ल्याटमा छिरेको छु । बिहान चार बजेको ट्युसन क्लासको लागि राती १ बजे नै हिँडेको छु । बाह्र बजेको छोटो भेटघाट कार्यक्रमको लागि २ बजे पुगेको छु ।

भोलिको कार्यक्रमको लागि आज पुगेको छु । बाल्यकालको कुरा गर्ने हो भने त करेसो भन्ठानेर बिस्तरामै सु गरेको छु । कनिका भनेर मकैको आँटो खाएको छु । तराईतिर झर्दा खाल्डो भन्ठानेर कुवा नाघ्दा झण्डै चिप्लिएर डेढसय फिट तल खसिन । आफू बास बसेको आफन्तको डेरा पहिल्याउन नसकेर बुटवलका गल्लीगल्ली भौतारिएको छु । विद्यालयमा आन्दोलनकारीको कुरा मान्दा सिस्नो खाएको छु । चोर साथीहरूको झुक्किएर पछि लाग्दा अर्काको उखुबारीमा पुगेर उखु भाँचेर खान थाल्दा कन्सिरीका रौँ उखेलिएका छन । झुक्किएर कुनै साथीको पछि लागेर अर्काको बारीको काँक्रालाई आफ्नै भन्ठानेर खान थालेकै बेला समातिएर भकुराइ खाएको छु । त्यसपछि मात्र त्यस्ता कुरमा नझुक्किने गरि चेतबाबा काशी भए पनि अन्य कुरामा झुक्किने सिलसिला जारी छ ।

मलाई लाग्छ सबैभन्दा बढी राष्ट्रियस्तरकै झुक्किने समय भनेकै निर्वाचनको बेला हो । उक्त समयमा आम सर्वसाधारण नझुक्किए हुन्थ्यो भन्ने लाग्छ । तर मासुभातसँग दिइने लठ्याउने सामग्रीमा कुन्नी त्यस्तो के चिज हुन्छ जसले गर्दा आम सर्वसाधारण भेडोको रूप धारण गर्छन् र नराम्रोसँग झुक्किएर खाल्डोमा खसेपछि अन्ततः झोक्राउन पुग्छ्न् ।

झुक्किनुको सिलसिला विहे गर्ने बेलामा अझ ज्यादा हुन्छ । असल खान्दानी केटो भनेर बिहेको कुरो छिन्छन् तर केटो पर्छ ट्यापे वा मापसे या बाह्रमासे जुवाडे या त म झैं ग्वाँजे । त्यस्तै केटी पर्छे भुँइ न भाँडाकी, लवस्तरी, उरन्ठ्याउली, ठड्यौरी, मुखाले । अनि परिणाम उही झोक्किनु अनि पुर्पुरोमा हात राखेर झोंक्रयाउनु । झुक्किने प्रवृत्ति अझ सेलीब्रेटीहरूबीचको प्रेम सम्बन्ध अनि विहेमा पो हुन्छ । दुबै जनाको मनग्गे आम्दानी ! सुखले जीवन काट्ने मीठो कल्पना ! अन्ततः सम्बन्ध धरासायी । दुबैको सुमधुर सम्बन्ध एक अर्काप्रतिको शङ्का उपशङ्का सँगै स्वाहा । आर्थिक प्रमुख कारण । अनि मात्र थाहा हुन्छ दुवै जना झुक्किनुको परिणति । परिणाम उही झोंक्किदै अदालतको ढोका ढक्ढक्याउनु अनि झोंक्राउदै बाँकी जीवनलाई धिक्कार्नु ।

झुक्किनुमा अलि ज्यादा चन्चल मनको पनि भूमिका हुन्छ । बुद्धिको ढोका जब बन्द हुन्छ झुक्किने सिलसिला सुरु हुन्छ । आत्तिनु अत्तालिनु झुक्याहटका मूल कारक हुन् । त्यसैले बुद्धिको सफल प्रयोग गरेर नझुक्किन सबैलाइ आग्रह गर्छु ।

०००
भैरहवा
२०७९/७/२९

निर्वाचन सचेतना
फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
माला

माला

डा. टीकाराम पोखरेल
कुजात !!

कुजात !!

अप्सरा सुनार
साथी नामका केही पात्र

साथी नामका केही पात्र

ठाकुरप्रसाद अधिकारी
डरसँग नडराउँंदा

डरसँग नडराउँंदा

गाेपेन्द्रप्रसाद रिजाल