सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

‘भन्देको छु…’

हेर् है भाइ.. तैँले मलाई चिनेको छैनस्... ‘भन्देको छु....’ नि ! मलाई धेर नचला... । मलाई धेर नचला... । वाह कति सजिलो ‘भन्देको छु...’ । फेरि अर्को उस्तै उत्तर दिन्छ, तैँले पनि मलाई चिनेको छैनस् नि... ‘भन्देको छु....’ धेर नजिस्का मलाई ।

Nepal Telecom ad

हाम्रो दार्जिलिङतिर बोल्ने भाषा सबै मुड़ुलेको भएको छ भन्दा अर्घेलो नहोला । जुनै शब्द पनि छोट्याएर बोलेको सुनिन्छ । यस हावाबाट म आफू पनि जोगिएको छु भन्दिनँ । मलाई पनि कता-कता शब्द छोट्याएर भन्ने हावा लागेको छ । जस्तै, ब्रदर ब्र भएको छ, सिष्टर सिस, दस रुपियाँलाई टेन बक्स, बिग टकलाई बिटी, आमालाई मम्, बाबालाई पप्स आदि आदि । यति मात्र होइन हाम्रा नेताहरूले बोल्ने भाषणमा शब्दलाई मुड़ुल्याएको सुनिन्छ । भनिदिएको छु लाई ‘भन्देको छु…. ।’ हाम्रा यतातिरका एकजना नेता महोदय छन् उनले कसैलाई केही सिफारिस नगरे पनि भाषणको बिच बिचमा ‘मैले भन्देको छु….’ भनिदिँदा तलबाट थपड़ीले आकाश छेँडि़एलाजस्तो हुन्छ । तर खै के भन्देको छु कोनि, आजसम्म के भन्दिएका छन् अहिलेसम्म मैले केही थाहा पाउन सकेकी छैन ।

अब यो ‘भन्देको छु…’ शब्द नेताको मुखबाट खोलाको पानीजस्तो बग्दै बग्दै गाउँ-घर, शहर-बजारतिर फैलिएर गएको छ । गाउँ-घरमा यस्ता मान्छे हुन्छन् उनको ठूलो कुरो बाहेक अरु कुरा केही हुँदैन । गाउँमा तिनको चुरीफुरी बढ़ी देखिन्छ । उनले नजानेको नचिनेको केही हुँदैन । सबै जानेका सबै चिनेका । संसार घुमिसकेका । एकदिन एकजनाले सोध्यो उनलाई- आमामामा…..तपाईले संसार खानु भइसकेको रहेछ नि मामा ।

उनी फुर्के भएर यसो भनि पो हाल्छन्, यस… एराउण्ड द वल्र्ड नि । सोध न संसारको कुन देशबारेमा सोध्छौ । तर सबै लाटा मूर्ख हुँदैनन् । उनी फनि रौसे । सोध्यो, मामा…तपाईलाई चैं मान्नैपर्छ है… संसार घुमिसक्नु भयो… अच्छा मामा द्राघिमांश चै संसारको कुन कुनामा पर्छ होला मामा ?

मामा अन्कनिँदै भन्छन्- भाञ्जो तिमीले एक्सलेण्ट प्रश्न गर्‍यौ । रियल्ली आई एप्रिसियेट यू भाञ्जो ।
मामा वरिपरि बसेका सबै भन्छन्- भन्नु न मामा द्राघिमांश कुन हो.. त्यहाँ जानुभयो ?

मामा एकक्षण सोंचेपछि भन्छन्, संसारको सबै देश पुगेको छु… तर यो द्राघिमांशमा चैं अहिलेसम्म पुगेको छैन नि.. यसपालीको विण्टरमा द्राघिमांश भन्ने देशमा जुम् भनेको । त्यहाँबाट आएर भाञ्जो र भाञ्जीहरूलाई द्राघिमांश देशबारे वृतान्त रामकहानी सुनाउँला नि । सबै वाल्ल परे । जहिले नि बिग टक दिने मामालाई कसले सक्ने ?

यी मामा भन्नेले नजानेका केही छैन । तर यिनको कुरा एक रुपियाँमा पन्ध्र आना चैं बिग टक नै हुन्छ । यसैले उनलाई गाउँ घर सबैले बिग टक नाम राखेका छन् । एकदिन गाउँमा झगड़ा परेर एकजनालाई पुलिसले पक्रेर लग्यो । मामाले थानाका सबै अफिसरलाई चिन्छु भन्छन् । पक्रा परेकोलाई थानाबाट छुट्याउन पक्रा पर्नेको आमाले रुँदै कराउँदै मामालाई गोहार मागिन् । मामाले तुरुन्तै पाकिटबाट सानो ट्याक-ट्याके मोबाइल निकालेर माथि डाँड़ामा पुगेर थानाको अफिसरसित बात मारे । उनले के भनेर बात मारे र त्यसको गेड़ा केही नबुझे पनि हवस् सर… हुन्छ सर… त्यति चैँ गरिदिनुहोला सर…म तपाईलाई भरै भेट्न आउँछु ।

घुर्की देखाउँदै मामा कराए, जाऊ थानामा मैले ‘भन्देको छु…. ’ अब तिम्रो छोरोलाई फेरि फेरि यसरी बदमासी नगरोस् नि । घरि घरि अफिसर नाथेलाई दारा ङिच्याउन नपरोस् नि ।

पक्रा पर्नेकी आमाले दुइ हात गर्दै, धन्यवाद भाइ… अब यस्तो हुनेछैन । हामी सबै थाना गयौं । सेण्ट्रीले थानाभित्र पस्नै दिएनन् । कसो कसो गर्दा थानामा पस्न दिइयो । अफिसर फोन खेलाउँदै बसिरहेका रहेछन् । पक्रा पर्ने भाइ हाजतमा बसिरहेको रहेछ ।

अफिसर कड़ा स्वरमा बोले-.को हो तिमीहरू… यहाँ किन आयौ… कसले पठायो ?
मैले भनेँ- मामाले सर….मामाले तपाईलाई भन्दिनु भएको छ अरे सर…।

को मामा ?
गैरी गाउँको मामा…. के भन्दिएको छ अरे । कसलाई, मलाई ?

हजूर सर तपाईलाई…. ।
के भन्दिएको छ…खै मलाई ता कसैले केही भनेको छैन । त्यसलाई बोलाऊ । मामा आएनन् ।
वास्तवमा मामाले केही भनि दिएकै छैनन् रहेछ । ढाँट्नु पनि कति जानेका बिग टक मामाले ।

तर मामा भन्दा हाम्रा नेताहरू पनि कम्ति भने छैनन् । आफ्नो भाषणमा जनतालाई बुरुक बुरुक पार्न पारेपछि मैले ‘भन्देको छु…..’ भन्छन् । आश्वासनको तीन थुप्रा कुराहरूबारे बोल्दै नेता भन्छन्- तपाईहरू नसुर्ताउनुहोस्… तपाईको गाउँमा यसपाली बिजुली बत्ती पक्कै आउँछ । मैले बिजुली विभागलाई ‘भन्देको छु…. ।’ तर मलाई त्यो गाउँमा बिजुली बत्ती आउनु त के बिजुलीको खम्बासम्म गाड़ेको देखेकी छैन। तर बिग टक मामालाई जे भने पनि कुनै कुरामा तर्क गर्नु, सोध्नुमा छिटो छन् । उनले हामीलाई बिजुली बत्ती अफिसमा लिएर गए । उनले अफिसरलाई भने, खोई मुन्सी ? गाउँमा अझसम्म बिजुली बत्ती आको छैन किन ?

अरे…स्याङ्सन नभई कसरी बिजुली आउँछ ?
महामारो तर्क, अरे अन्त ? भन्देको छु भनेको छ त ।
कसले? त्यो बिग टके नेताले ?
मामा गर्जे, अन्त कसले त ?

मामाले नेताकहाँ पुर्‍याए हामीलाई । नेताले मामालाई एक शब्द बोल्न नदिई भने- अरे ! तिमेरूलाई पगला कुकुरले टोकेको छ कि क्या हो ? मैले भनेको किन नबुझेको तिमारुले । मैले ‘भन्देको छु….’ भनेँ । होइन भइहाल्छ । नेताजीलाई कसले मुख लाउने ?

मामा पनि नेतासामु चूप । हामी नियास्रो मुख लाएर फर्कियौं । मामाको बिग टक शुरु भयो, कुरो केही होइन कि तिमीहरूको गाउँमा बिजुली बत्ती कहिल्यै आउने होइन । यो ‘भन्देको छु… ’ को हावाको आश्वासन मात्रै हो ।
बस् ! मामाको बिग टक शुरु भइहाल्यो, नसुर्ताऊ तिमीहरू कलकत्तामा बिजुली मन्त्रीसित मेरो राम्रो चिनाजाना छ । उनलाई म कुरा गर्छु । मैले भनेको कुरा त्यसले काट्दै काट्दैन । पर्ख एकक्षण भनी पाकिटबाट उही ट्याक्-ट्याके निकालेर फोन नम्बर खोज्छन् । निकै बेरपछि सालेको नम्बर त थियो मसित । अस्ति कलकत्तामा दिएको । कहाँ गएछ हँ… । एकक्षणपछि नाथुको नम्बर नै उड़ेछ । डण्ट वरी कसैलाई फोन नम्बर मागेर म डाइरेक्ट कुरा गर्छु । तर बिग टक मामाले फोन नम्बर माग्छ भनेर हामीलाई हाँक लगाको पनि वर्ष दिन पुगिसक्यो । ‘भन्देको छु….’ ?

हामी यता ‘भन्देको छु….’ मै बाँचिरहेका छौं । कहीँ भन्देको छ, कसलाई भन्देको छ, त्यो अहिलेसम्म खुलस्त हुन सकेको छैन । आफ्नो मागको कुरा पूरा नहुँदा नेतासित रिसाउँछौं । आन्दोलन गर्छौं । तर फेरि चुनाव आउने बेलामा नेताको उही सुगा रटाइ ‘भन्देको छु….’ भनिदिँदा हामी हाम्रो रिस, विद्रोह, आक्रोश सबै बिर्सेर थपड़ी मार्नमै मातिन्छौं । यसरी ‘भन्देको छु….’ ले हामीलाई लट्याएको युग बितिसक्यो । तर कसलाई भनिदिएको छ, कहाँ भनिदिएको छ, के भनिदिएको छ त्यसबारे अनुसन्धान गर्ने समय आएको छ । नत्र तपाई हामी भुक्तभोगी सबै ‘भन्देको छु….’ मै कुकुर हड्डीमा झुक्केजस्तै झुक्किरहनेछौं ।

फेरि यो ‘भन्देको छु….’ शब्द झगड़ा पर्दा, भनावैरी हुँदा तर्क वितर्क हुँदा पनि विशेष प्रयोग हुने गर्छ । के भनिन्छ भने, हेर् है भाइ.. तैँले मलाई चिनेको छैनस्… ‘भन्देको छु….’ नि ! मलाई धेर नचला… । वाह कति सजिलो ‘भन्देको छु…’ । फेरि अर्को उस्तै उत्तर दिन्छ, तैँले पनि मलाई चिनेको छैनस् नि… ‘भन्देको छु….’ धेर नजिस्का मलाई ।

जे होस् हजुरले पनि फित्कौलीमा व्यङ्ग्य पठाउनुहोस् …. फित्कौलीका प्रमुख सम्पादक नरनाथ लुइँटेल सरलाई तपाईंको व्यङ्ग्यबारे ‘भन्देको छु…..’ । तर नरनाथ सरलाई मैले भनेँ कि भनिनँ… मलाई नै थाहा छैन । अफ द रेकर्ड ।

०००
खोलाचन्द फाप्री (जलपाईगड़ी, भारत)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मुड

मुड

नगिता लेप्चा राई
ब्याकबाइटिङ् क्विन

ब्याकबाइटिङ् क्विन

नगिता लेप्चा राई
आफ्नो डम्फु आफै बजाउन थालेँ है

आफ्नो डम्फु आफै बजाउन...

नगिता लेप्चा राई
झिल्के पण्डित

झिल्के पण्डित

नगिता लेप्चा राई
(बी)३ = बी क्यूब बडा

(बी)३ = बी क्यूब...

नगिता लेप्चा राई
डगी

डगी

नगिता लेप्चा राई
खुइलिएको तालु

खुइलिएको तालु

होम सुवेदी
दौरासुरुवाल र टोपी आतङ्क

दौरासुरुवाल र टोपी आतङ्क

तिलकराज शर्मा पाैडेल
रहस्य खोइ बुझिस् !

रहस्य खोइ बुझिस् !

चूडामणि रेग्मी
लक्ष्मणरेखा

लक्ष्मणरेखा

श्रीप्रसाद पाेखरेल
दस दनक

दस दनक

रामकुमार पाँडे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे