चर्चाको चौघेरोमा डुक्रने हात

आफ्नो हातमाथि पार्न चैतमा प्रचण्ड गर्मीमा पार्टीमा ओत लाग्न गएका हातहरू असारमा आएर बाढीले बगाउँदा हिस्स बूढी हरिया दाँत हुन बेर छैन ।

हातले भूजा मात्र खुवाउँदैन । हामीलाई थाहा छ हात शरीरको जन्मजात एउटा अङ्ग मात्र होइन, नैतिकता प्रदर्शन गर्ने महत्वपूणर् साधन पनि हो । यसमा नाताबादको हात कृपावादको हात भन्दा पनि राजनीतिको खेलमा हातको बढि चलखेल हुन्छ । यसो भन्दा दुनियाँले मलाई पागल भन्न बेर छैन । दुई हात जोडेर सलाम गरौं भनेको पनि छैन । रसिएर भन्दा हात कर्कलाको पानी जस्तै भनौ गंगाजल जस्तै पवित्र हुनुपर्छ । तर पनि कति ब्रम्हले देखेको कुरा बोल्दा हातलाई कोक्याउँछ । कति बेला दोब्रयाउँछ मन । जुन परिवेशमा पनि भने जति चाहे जति काम गरेर नदी तर्न नसक्दा परिश्रमको हात रन्थनिने गर्छ ।

वितगमा कति हात माटोमुनि खसे त्यसको कुनै टिपोट छैन । दिनहु चोक तथा गल्लीमा हल्लीखल्ली गरेर फेरी लाउन हल्लिने हात छन् । अर्का थरि बालुवाटार र बालकोट मन्त्री क्वाटरमा हल्लिने हातलाई खै खै के भनुँ । देशको राजनीतिले यहिँंबाट गहिरो सास फेर्छ अरे ।

मलाई आश्चर्य लाग्छ । हात नभएको मान्छे कहिँकतै कहलिएको था’छैन । आज यी र यस्ता खाले सबै हातहरू बजारबाट छानेर एउटै बास्केटमा हालेर डुक्रने हातको चर्चा गर्न खोजेको छु मैले ।

कसको मात्र सुकिलो मुकिलो हात भन्ने । एकसरो लाउन र खान, हात मुख जोड्न हातको खाँचो छ । ताली बजाउनुस् हातको खाँचो पर्छ । मनको मयलसँगै खसी खुइल्याउनुस् वा खुसी पोल्नुस्, हात नै अगि बढेको हुनेछ । खेलमा जित्नुस् यसैले पदक थाप्छ । मैदानमा हार्नुस् यसैले इसारामा गिल्ला गर्छ । कुनै राहत बाँड्नुस् गोज्याङ्ग्रे हातकै कमाल हुन्छ ।

सिङ्गै मान्छे अडयाउने स्टाण्ड भनेको टाउको नै होे । टाउको घुमेपछि मात्र हात चल्छ । मेरो हात त साबेल जस्तै छ । यसले मज्जाले सबै कुरा घोल्छ । जताततै फैलिएको क्रंक्रिट जस्तो तनाब तन्काएर निम्ठो पार्न निधारको फाँटमा हातजस्तै साबेल खेलाउन पुग्छु । हातले उत्सुक्तापूर्वक टाउको चलाउँछु । लाखौंलाख मानिसका सामु हात नै अगाडि उठ्ने गर्छ । त्यसलाई घुस्याहा हात भन्न खोजेको हुनुपर्छ । म हातलाई आराम होस् भनेर बहाना बनाएर हरक्षण छोप्नको लागि पन्जा लगाउँछु । तर यसको व्यवहारको नङ्ग्रा नाङ्गो देखिएर हत्केलाको पोखरीलाई पिरोल्छ । त्यस बेला हातको रङ्गमन्चमा हातको आकाङ्क्षाको आकाश छोपिदैन । पचासौं पन्चानब्बेमा लस भए पनि हस् गरेर नमस्कार यहि हातले गर्नुृछ । जता भन्नुस् दाम काम र नाममा भन्नुस् हात नै चाहिन्छ । यो अजिवको जुगजमाना छ । हात नभएर ओरको सिन्को फरर पर्दैन ।

विज्ञानको हात, साहित्यको हात, संस्कृतिको हात, यिनै हातहरूको कारण दुनियामा प्रगति नभएको भने होइन । मान्छेको अगाडि केहि अंशको अङ्ग नभए पनि हातको इसाराबाट मानिस बिक्छ, उसको,सामथ्र्य झल्किन्छ । हातको इशारामा मान्छे मुस्कुराउँछ हाँस्छ । अझै भनौ पटक पटक दङ्ग र छक्क पर्छ । हातले सिर्जना गरेर मुखमा दरिद्रता हटाउने साधन पनि यहि हो । हातबाट आशिष थापिन्छ । यसको उपलब्धता हात नै हो । आमाको हात बाबुको हात हजुरबाको हात, सालाको हात, सालीको हात, दिदीको हात, बहिनीको हात । लोग्नेको हात स्वानीको हात । सासूको हात, ससुराको हात । आफन्तको हात । साथीको हात । हाकिमको हात । कारिन्दाको हात । सुब्बाको हात । अदालतको हात । राजस्वको हात । खाजस्वको हात । धर्मको हात । अधर्मको हात । प्राज्ञको हात । न्यायको हात । अन्यायको हात । शास्त्र बनाउने हात । विधि बिगार्ने हात । छोड्ने हात मोडिने हात । उहि हातले बाटो बनाउँछ, उहि हातले बाटो छेक्छ ।

हातले कानून जोड्ने तोड्ने मोड्ने मात्र गर्दैन । चाकरी चाप्लुसी पनि गर्छ । कानूनको हात प्रबन्धमा आयो भन्छन् । ऊ हातको दिन गयो यो दिनको हात आयो भन्छन् । हातको अर्थ माकुरो झै झुण्डिनु मात्र होइन । यसको सवाल हिड्डुल गर्दा पनि चुकुल जस्तो तलमाथि सरेर पावर हाउस जस्तै करेन्ट फ्याँक्ने काम गर्छ । हत्केलाको सबै अङ्गंको दिन गए पनि हातले उकालो चढ्नुपर्छ । हात कतै झ्याङ्गिनु पर्छ, कतै ओह्रालोमा फैलिएर उत्रिनु पर्छ । लाखौ लसमा पनि हस् भन्नुपर्छ हातले । मान्छेको हातले वस्तु किनबेच मात्र होइन हातको खरिद बिक्री गरिहेका छन् । ज्ञात होस् हात साटफेर गर्ने बस्तु भने हुँदै होइन ।

यसलाई कसरी टन्टा भन्नु छ । हात डाँडुपन्यू चम्चा जस्तै छ भनेर कसरी भनौ । मलाई हात र चम्चा डाडु उस्तै उस्तै लाग्छ । हातको स्वभाव भनेको डाडु जस्तै हुन्छ कि त चम्चा जस्तै । डाडु र चम्चा फरक कुरा हो भनेर खै कसरी भन्नु ? यसले चम्चाले जस्तै हातले काम गर्छ किनभने चम्चाले जुनजुन भाँडामा हात पुर्‍याउँछ त्यहाँ स्वाह पार्छ । हात चम्चा र डाडु जस्तो भए म के हुला ? हात कस्तो हुन्छ ? म दिमागमा हातको अङ्कुसे घुमाउँछु ।

हात पनि अर्गानिक र बिषालु हात कसरी हुन पुग्यो ? सोझो उत्तर आउदैन । यो हातको स्वभाव हो । यसले सकारात्मक काम मात्र गर्दैन । त्यसैले नकारात्मक काम पनि गर्छ । सकारात्मक भनेको टुप्पीदेखि पैतालासम्म हिर्काउनु हो । नकारात्मक भनेको यहि हो । यस्तो हातलाई अधम भनिन्छ ।

गाउँका सिमेभूमे, थानी, मानी, अयर बयर, नाग नागिनी, जलथल, डाकिनी, साकिनी, देवी, देउ, पितृ सबैलाई हातले पुजित गरेर हात खोपीमा राखेको हुन्छ । हातले पनि डाडुपन्यू झै थकाई मारेको हुन्छ । मलाई यो कुरा पटक्कै विश्वास छैन ।

जब म तनाबमा हुन्छु । टाउको छाम्छु हातको स्टाण्ड टाउको हो वा टाउको स्टाण्ड हात हो । मान्छेको हात टाउकोको निर्देशमा चल्छ कि हातको इशारमा टाउको चल्छ । यो पनि कुरो हो ?

मैले पनि पहिला पहिला कहाँ यसरी सोचेको थिएँ र हातको बारेमा । तर मेरो हात अडयाउने स्टाण्ड टाउको नै होे । टाउको घुमेपछि हात पनि चल्छ । मेरो हात त साबेल जस्तै छ । कतै दम्काउन परे पछि पर्दैन । यसैले मज्जाले सबै कुरा घोल्छ । जताततै फैलिएको कङ्क्रिट जस्तो तनाब तन्काएर निम्ठो पार्न निधारको फाँटमा हातजस्तै साबेल केलाउन पुग्छु । हातले उत्सुकतापूर्वक टाउको चलाउँछु । लाखौलाख मानिसको अगाडि हात नै अगाडि उठ्ने गर्छ । त्यसलाई घुस्याहा हात भन्न खोजेको हुनुपर्छ । म हातलाई आराम होस् भनेर बहाना बनाएर हरक्षण छोप्नको लागि पन्जा लगाउँछु । तर यसको व्यवहारको नङ्ग्रा नाङ्गो देखिएर हत्केलाको पोखरीलाई पिरोल्छ । त्यस बेला हातको आकाङ्क्षाको आकाश छोपिंदैन ।

हात साँच्चै साबेल जस्तो छ ? यो पनि हातको कुनै कुरा हो र ? म यो प्रश्नको उत्तर अड्काएर हात मोटाउन चाहन्न । हात डाडु पन्यू बनेमा मानिस हिजो आज के हुनु जरुरी छ ? दुई जनाको भेटमा अबदेखि त्यसो नगरौं भनेर दुई हात जोडेर नमस्कारको प्रारम्भ भएको हुनुपर्छ । न्यूरोड असन रत्नपार्क र न्यूयोर्कमा हल्लिने हातलाई के हात भन्ने ? वालुवाटार र मन्त्रीक्वाटरमा हल्लिने हातले यहाँको राजनीतिको सास फेर्न गर्छ अरे ।

केहि समय मिले दुब्लो हात लिएर अफिसमा नपुग्नुस् । हाकिमलाई दुइ हात जोडेर नमस्कार नगर्नुुस् । के हुँदो रहेछ । माटो हात लिएर अदालत नघुस्नुस्, विपक्षीले कस्तो नजर दिँदो रहेछ । न्यायका पनि नौ सिँगे मूर्तिकार न्यायाधीशलाई हातभरिको गुणकारी धन्यवाद दिनु होस् । कानून र संविधानको हिफाजत उनीहरूकै हातले गरिहेकाका छैनन् र ? यदि हातले कुनै काम बिग्रियो भने समाजले कुदृष्टिमा नहेर्न पनि सक्छ । त्यस्तो हातलाई फलिफाप हात भनिन्छ ।

हामीलाई थाहा छ वीर हात शहीदको हात हो । राणा शासनमा हाम्रा चार वीर शहीद गंगालाल, धर्मभक्त दशरथचन्द शुक्रराजशास्त्रीहरूले प्रजातन्त्रको लागि टाउको दिए तर हात दिएनन् । महात्मा गान्धीले भारत स्वतन्त्र गराउन अग्रेजलाई टाउको दिए तर हात दिएनन् । रामले धनु तोडेर सिताको पाउ पाए । यो सकारात्मक भयो । जङ्ग बहादुरले हातको पन्जाछाप लिएर रानीसित राज्यको लिला गरे । १०३ बर्ष शासन गरे । हातको जादुमय खेल भनेको पनि यहि हो । त्यो युवा हात हो । बृद्ध हात भए पनि सोझो कुरो बुझ्दा हातको बिशिष्ट झेल भनेको पनि यहि हो । हात माथि हुनेको सधै माथि हुनुपर्छ भन्ने छैन । कहिले उत्तानो पनि हुन सक्छ । कानूनको हातमा कानून कानू र नूनमा फरक कुरा पनि फजुल कुरा हन् ? ।

हातले जोश जागर र तागत देखाउन जरुरी भएको छ । मानिसको हातको काम खुट्टाले गर्न थालिसक्यो । हेनुस् त झमक घिमिरेले खुट्टाले लेखेर साहित्यकार भै प्राज्ञिक व्यक्तित्व बनेकी छिन । पहिला पहिला हातको कदर हुन्थ्यो । योग्य हातले घुसको साथ पाउँथ्यो । हातको भ्यालु चतुरलाई पनि हुन्थ्यो । आदर हुन्थ्यो । त्यै भएकाले योग्यताकै आधारमा टिकटिप्पणी हुन्थ्यो । आज कल त झोले र खोले हात प्रिय छ । नलेख्ने र नजोख्ने हात तन्किएर बात लाग्न थालेको छ । जुन गोरुको सिङ छैन उसको नाउ तिखे भने झै छ । जे होस् कतै अफिसमा नियुक्ति पाउनु छ भने प्रशस्त सिर्टिफिकेट मजबुत पार्ने होइन, हातको मयल मजबुत पारेर हात जोड्नु होस् । जादुमय हातलाई मख पार्नु होस् । यस्तो कुरा मेरो दिमागमा अनर्थसित घुस्न थालेको छ । यहाको लाजनीति र पाडे पाजेनीतिले नराम्रोसित पिरोलेको छ ।

हातका नाम पनि अनेक छन् रूप छन् । दण्डवत गर्ने ग्याङ्ग ताण्डव नृत्य देखाउने खालको हुदोरहेछ । फोस्रो धाक घमण्ड दिने हात । फुइँफाइँ गर्ने हात हो । दोश्रो ग्याङ्गको हात कसैलाई धोकामा पारेर छल गरि अरुको धनमाल र पद लिने हात ठग हात हो । तेश्रो ग्याङ्गको हात कसैलाई थाहा नदिई धन माल वा पद दाउपेचमा पार्न चोर्ने हात । यसलाई चोर औला भए पुग्छ ।

बजारमा चोर ठुटे डुँडे लुँडे फुडे भुँडे झोले लफुङ्गे हातको माग बढ्दो छ । दलाली सलाली जे जे मति गरे पनि आखिर सुमसुम्याएर लुँड्याउने हात नै हो । मन्दिरमा जानुस् हात नै अगि बढ्छ । मरनको घाटमा जानुस् हातले नै सलाम ठोक्छ । विद्यालय महाविद्यालय जहाँ जानुस् हात नै सर्वोपरि छ । विज्ञानको कुरा गर्दा अमेरिकी विज्ञ हातले बनाएको बम बारुद पढ्काएर जापानको हिरोसिमा र नागाशाकीमा हातले नै सखाप पारेका उदाहरण छन् । आफ्नो हातमाथि पार्न चैतमा प्रचण्ड गर्मीमा पार्टीमा ओत लाग्न गएका हातहरू असारमा आएर बाढीले बगाउँदा हिस्स बूढी हरिया दाँत हुन बेर छैन । यस्तै नौ सिंगे हातहरूले नै देशको भविष्य धरापमा परेको छ ।

अहिलेको जुग जमानामा कति जना महाशयको हात देख्नु भएको छ ? यसको महत्ता घट्ट झै घटेको छैन । यो विशाल विश्वमा मलाई चेतना हुन थालको छ कि आजसम्म मानिसले जे जति जुक्ति र प्रगति गरेको छ हातबाट नै भएको छ ।

यिनै असफल हातले गाउँ शहरमा आफ्नो हात बेचेर दामको इज्जत रोजेका हुन्छन् । तपाईं पनि लफडा हातसित एकैछिन बस्नुस् विना मल, विना सिचाई विना बैक ब्यालेन्स, तिनै हात उकालो लागेको कयौं इतिहास छन् । विगत ०३६ साले हात, ०४६ साले हात र ०६२ ।०६३ साले हातले दादागिरी समाप्त गरे । अहिले हेर्नुस् अनि ठुटे टुटे डुँडे जे जस्ता हात भए पनि तीनै हात भाइरल भइरस भएर कतै हामीविच गणतन्त्रमा हात हालाहाल गरेर हत्तनपत्त डुक्रन बेर छैन । भुजा खाने हात मुजा परे पनि हातको मोल लिएर मज्जाले डुक्रनु होस् ।

०००
२०७९ पौष २४
काठमाडौं

फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
सपनाको मलामी

सपनाको मलामी

ठाकुरप्रसाद अधिकारी
झुट र झुटको खेती

झुट र झुटको खेती

ठाकुरप्रसाद अधिकारी
गुटबल

गुटबल

ठाकुरप्रसाद अधिकारी
नमस्ते मोडेल

नमस्ते मोडेल

ठाकुरप्रसाद अधिकारी
मिष्टर पियनको चिठ्ठी

मिष्टर पियनको चिठ्ठी

ठाकुरप्रसाद अधिकारी
साथी नामका केही पात्र

साथी नामका केही पात्र

ठाकुरप्रसाद अधिकारी
सुतानन्दको बल्ढ्याङ्ग्रे आँखा

सुतानन्दको बल्ढ्याङ्ग्रे आँखा

माधव पोखरेल गोज्याङ्ग्रे
छेपारो

छेपारो

डा. विदुर चालिसे
अल्छीका अधिकार

अल्छीका अधिकार

डा. टीकाराम पोखरेल
भगौडा बुद्धि ! आज पनि भाग्यो

भगौडा बुद्धि ! आज...

सुरज पराजुली
दुब्लो गान

दुब्लो गान

रेहित सैजु