सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

गठबन्धने वार्तातन्त्र जिन्दावाद !

यही झाराटराइमा सबै-सबैबाट वार्ताको नौटंकी मजैले मञ्चन हुन्छ । भोकाएका, रोगाएका यी भद्रगोले दलहरूको त्रासद खोक्रो बल विज्ञप्तिमार्फत सोझा जनतामा छताछुल्ल हुन्छ पनि ।

Nepal Telecom ad

यता फर्के पनि गठबन्धने वार्ता, उता फर्के पनि वार्ता ‘सर्वम् वार्तामयम् गठबन्धनमयं जगत्’ भनेझैं पो छ त ! पहिलो वार्ता घरकी नव-पटरानीबाट नाता, कोटरी, उपगुट र गुट हुँदै बल्ल आफू लागेको दलमा आइपुग्छ । त्यसपछि मात्र भागबन्डामा खाइखेली ठाडो भएका सत्ताधारी दुलो र धूलो बिर्सिएका ठूलो तथा लुलो दलहरूसित वार्ता सुरु हुन्छ ।

नेपाल र नेपाली जनता धेरै समयदेखि गठबन्धने वार्तातन्त्रको तानाशाहीबाट प्रताडित हुँदै आइरहेका छन् । चौबीसै घण्टा चलाइएका खोक्रा र बोक्रा नामधारी वार्ताले देशको खरबौं ढुकुटी इतितत्सत् भइसक्यो । लाखौं नवयुवा कथित सारहीन वार्ताका राप, ताप, धाप र पापले देशमा बस्न नसकेर पराई मुलुकतिर हानिँदै छन् । वार्तातन्त्रका प्रवर्तकहरू यहाँका वृद्धवृद्धा, रोगी, केटाकेटी र सीमित युवाहरूमा यही पुङ न पुच्छरको तन्त्रको छल बलमार्फत किर्नाझैं मोटाएर उपियाँझैं सत्तामा फड्की लामखुट्टेको राग अलाप्दै ढुकुटी ढुट्याउँदै देशविदेश उडिरहेका छन् ।

यी हल्लाखोरीहरूले नेपालमा लोकतन्त्र, गणतन्त्र, संघतन्त्र, प्रजातन्त्र, लोकतान्त्रिक प्रजातन्त्र, बहुदलीय जनवाद, जनताको जनवाद, साम्यवाद, समाजवाद आउँदै गरेको भनेर जति भट्ट्याए पनि हामी जनतालाई भने ‘हात्ती आयो हात्ती आयो फुस्सा’, ‘आकाशको फल आँखा तरी मर’, ‘रातभरि करायो दक्षिणा हरायो’ कै उखानको रित्तो मुहानमा चुहान खोजेको भान भइरहेको छ । मुखिया र जिम्हलतन्त्रको बिगबिगीले रूपमात्र बोकेको सारहीन गठबन्धने ‘वार्तातन्त्र’ दशकौंदेखि गजधम्म बसेर अग्रगमनको बाटो छेकेको छेक्यै छ । तदर्थवादलाई आदर्श बनाएर वार्तातन्त्रको प्रणालीमार्फत भागबन्डाका कार्यक्रम अगाडि बढाएको बढायै छन् । यहाँका शीर्षस्थ, जसलाई अचेल जनता पुच्छरस्थ भन्न बढी सप्ल्याँटो ठान्छन् ।

‘वार्ता’ भनेको त दुई पक्ष वा सोभन्दा बढी जमातसित विवादित विषयलाई लिएर निर्णयार्थ हुने पारस्परिक कुराकानी, वातचित वा सारपूणर् छलफल हो । कोशकारहरूले वार्तालाई— प्रवृत्ति, वृत्तान्त, उदन्त, आजीव, वृत्ति, वर्तन, जीवन, भन्दै यसलाई हल्ला, जनश्रुति र हालखबरसमेत भनेर पुकारेका छन् । दशकौं बितिसक्दा पनि नेपालको राजनीति अमूर्त, अक्षम, उत्पीडनकारी, फोस्रो वार्तातन्त्रमा जनमत चेपिएर, हेपिएर, अनाथ र टुहुरो बन्दै घिस्रिरहेको छ । सहमति, सहकार्य र ए—कता चोखो वार्तातन्त्रका पिलर हुन् भने असहमति, असहकार्य र अनेकता वार्तातन्त्रका भयकारी अझ भनौं आततायी भाइरस हुन् । यहाँका पक्ष-प्रतिपक्ष जो आपूmलाई दल भनेर बल छ भनी दम्भ गर्छन् ती सबै ढलको नियतिले जननाकहरूमा दुर्गन्ध छर्दै वातावरणीय प्रदूषणलाई निम्ता दिइरहेका छन् आफ्ना तथाकथित दुष्कर्मद्वारा ।

राज्यसत्ताको वागडोर सम्हालेका दलहरू आ-आफ्ना गुट र दलभित्र भागबन्डाको टन्टा मिलाउन अन्तरक्रियाको खोल हालेर बाझाबाझ प्रतियोगितामा सामेल भई हात हालाहालपछि वार्तामा अभ्यस्त छन् भन्ने समाचार प्रसार भा’को भई छ । जो अझै निर्णायक चरणमा पुगेको छैन । उता सत्ताधारी गठबन्धन दलहरू राजदूत, संवैधानिक निकायका प्रमुख, महाप्रबन्धक, उपकुलपति र सदस्यहरूको नियुक्ति गर्न वार्तामा बस्न अबेर भएको गथासो पोखिरहेका छन् । बल्ल-बल्ल बसेको सत्ताधारी दलहरूको बैठकमा झन्नै एक घण्टाको खाजानास्तापछि पाँच मिनेट वार्ता चल्यो र पुनः बैठक भोलि बस्ने अनि निर्णायक वार्ता हुने बताए । खाजानस्ता पनि लरोतरो हो र, कसैलाई विदेशबाट मगाएका फलफूल नै चाहिने, कसैलाई पाँचतारे होटलको कबाब, कतिलाई महङ्गा वारूणी, करी, तास, भुटन ।

उता संयुक्त मोर्चाका दलहरूमा प्रचारात्मक, कार्यात्मक र निणर्यात्मक आन्दोलनमा झन्डा ककसले उत्तोलन गर्ने भनेर छात्रहरूको वक्तृत्व प्रतियोगिताझैं शीर्ष भनाउँदाहरूबीच किचकिच बढी नीच तहका पँधेर्नी झगडाले तगडा रूप लियो भनेर सञ्चार प्रचारमा न्वारनदेखिको बल खर्चेको खच्र्यै छ । तीसतिर फर्किएका तीस दलीय मोर्चाका तीस बीसे तर्कले आन्दोलनलाई नै ‘ईस्’ भनेर गिज्याएको बाजा एफएम र टिभीहरूले घन्काइहालेछन् ।

धेरै चरणको रिसोर्ट र तारे होटलको भक्ष्याभक्ष्य डिनर र नास्ता प्रकरणपछि बल्ल-बल्ल एउटा निक्र्योलको धराप ठडिन्छ । त्यसपछि सत्ताको लुटमा सहभागी माना र पाथी बैठ्याउने साना, झीना-मसिना दलसित आठ-दस चरण वार्ता भएलगत्तै अनि तात्तिएका र मात्तिएका दल संविधानसभाभित्रका प्रमुख प्रतिपक्षी एवं सधैंका सत्ताभक्षीसित वार्ता सुरु हुन थाल्छ । धेरै चरणको वार्ता त नानाथरी खाना, आफूदेखि बकुन्द्रासम्मलाई लागेको रोग र आफूले पाउनुपर्ने भागबन्डामै केन्द्रित हुन्छन् । कछुवा गतिका वार्ताहरूले उनीहरूको लैनो भैंसीजस्तो जागिर र लुटको स्वर्गलाई प्राण तथा त्राण भर्न गतिलो पृष्ठपोषण गर्छ ।

यो विलम्वपूर्ण रामरमिताको अध्याय इतिपछि संविधानसभाबाहिरका संविधानसभा भत्काउन पर्ने गाँडे अभिमत राख्ने कथित जनवादको फुर्को झुन्डिएकादेखि फाट्टफुट्ट सशस्त्र आन्दोलनकारी हौं भन्नेसम्मका दलतन्त्रकै अभिशाप खल र भल जमातसित निस्सारपूणर् वार्ताले वर्षौं खान्छ । जो वार्तातन्त्रको तदर्थवादी मुख्यातन्त्रलाई गठबन्धनको जलप पनि लगाइन्छ । साँच्चै पिसापको तातो दिन गतिलै भूमिका खेलेर असफल वार्ता टुङ्गोमा पुग्छ । यही झाराटराइमा सबै-सबैबाट वार्ताको नौटंकी मजैले मञ्चन हुन्छ । भोकाएका, रोगाएका यी भद्रगोले दलहरूको त्रासद खोक्रो बल विज्ञप्तिमार्फत सोझा जनतामा छताछुल्ल हुन्छ पनि ।

निश्चित बटमलाइन र केन्द्रीय बिन्दुमा स्थिर नभएको भीडतन्त्रको प्रभाव र पराईको दबाबमा पाइलैपिच्छे मुद्दा फेरिइरहने यहाँको वार्तातन्त्र जता मल्खु उतै ढल्कुको रोगले खिन्याउटो बनेको छ । आदर्श, सिद्धान्त र सुविचारबाट चिप्लिएका सत्ताधारीदेखि घारी पखेरा कुद्ने दलका नाममा खोलिएका पसलले देश र जनतालाई संविधान, कानुन, ऐन-नियमका फसल बाँड्ने कुरा त दिवास्वप्न नै भैसक्यो । रै पनि सार्थक वार्तालाई परिणाममुखी आँखामा हेर्न हामी गर्जिएर भनिरहेका छौं, ‘वार्तातन्त्र— जिन्दावाद !’ वार्ताको नाममा हुने जागिरतन्त्र, लुटतन्त्र, फुट र विद्वेषतन्त्र त्यो पनि जिउँदैवाद । जय वार्ता ! मय, मारिच, कालनेमि र भस्मासुरहरू ! छाडा छलका बनावटी वार्ता !

०००
धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
खै उज्यालो कहाँ छ ?

खै उज्यालो कहाँ छ...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
पालिसलाई नालिस

पालिसलाई नालिस

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
समृद्ध नेपाल ?

समृद्ध नेपाल ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नयाँ मन्त्रीज्यू

नयाँ मन्त्रीज्यू

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
सैजुको ‘परावर्तन’ भित्र छोटो विचरण !

सैजुको ‘परावर्तन’ भित्र छोटो...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नलेख्ने किन ?

नलेख्ने किन ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
लाइन

लाइन

नगिता लेप्चा राई
भयो भो नभेटौँ

भयो भो नभेटौँ

भागवत खनाल
जय जोकतन्त्र

जय जोकतन्त्र

माधव पोखरेल गोज्याङ्ग्रे
एउटा ठुलो चोरी

एउटा ठुलो चोरी

हरिशंकर परसाईं
चटकेहरूकाे चटक

चटकेहरूकाे चटक

कुमार खड्का