बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

व्यङ्ग्य पात्रको खोजी

फेरि दुई महिना अघि उही पुरानो राले बुढालाई ल्याइन् र भनिन् तेरो काका यही हो ।’ मलाई झोँक चल्यो । काका पनि फेरिइरहन्छन् र भन्या ? यो कुरा धेरैलाई सोधेँ । अरूले त एउटै हुन्छ भनिदिए ।

Nepal Telecom Spring Offer

एकजना हास्यव्यङ्ग्य साधक हुनुहुन्छ । उहाँ जहिल्यै भन्नुहुन्छ ‘तैँले व्यङ्ग्य किन लेख्न छोडिस् ?’ त्यति मात्र होइन उहाँले बेलाबखत विद्युतीय हुलाक मार्फत अरूका व्यङ्ग्य मट्याङ्ग्रा पठाएर मैमाथि चलाउनुहुन्छ । ‘अब त सारै भयो केही न केही लेख्नुपर्‍यो ।’ मनले सोच्यो । म अब जीवन्त पात्र खोज्छु । लेख्नै परेपछि साँच्चिकै लेखिदिन्छु भन्दै निस्किएँ ।दुईओटा झिना मसिना घटनाले म त्यतिकै फर्किएँ । फेरि पनि व्यङ्ग्य लेख्न सकिएन । हदै होला व्यङ्ग्य साधकका मट्याङ्ग्रा बर्सिने न हुन् । म चित्त बुझाइरहेको छु तर म केमा अलमलिएँ सुनाइन भने तपाईँलाई के थाहा सङ्क्षेपमा सुनाउँछु ल ?

क) तलको र माथिको
कलङ्की चोकमा पुगेँ । एकजना सफेद कपडा र टोपीसमेत लगाएका भलादमी भेटिए । उनको हातमा एउटा दलको झन्डा थियो । काँधमा एउटा कालो झोला बोकेका थिए । झोलाको चेन खुलै थियो । बसको झ्याल खोलेर यात्रुले टाउको बाहिर पुर्‍याएजस्तै गरी एक कागजको दस्ताबेज बाहिरै झुण्डिएको थियो । त्यो लत्रेको कागजछेउमा उभिएँ र उनीसँग अरू नै कुरा सुरु गरेँ । मेरो मनसायचाहिँ त्यही कागज हेर्नुथियो ।

‘मलाई त्यहाँ नियुक्ति गर्नुभयो भने मबाट नेरु ….लाख मात्र पहिलो र दोस्रो किस्ता गरी बुझाउने छु भनी भर्पाइ गरिदिएँ ।’

उनी कहाँ जाँदैछन् भन्ने कुरा थाहा पाएँ । म पल्लो छेउमा पुगेँ र भनेँ ‘तपाईँको त्यो त खुल्लै छ ।’
उनले मुसुक्क हाँस्दै भने ‘खुल्लै राखेको हो ।’
‘किन खुल्ला राख्नुभएको त ?’
‘पाक्छ गनाउँछ भनेर नि ।’ उनले आँखा नचाउँदै भने ।
’मैले माथिको भनेको हुँ हजुरले के बुझ्नुभयो कुनि ?’ मैले भनेँ ।
‘ए मैले त तलको भनेको ।’ उनले पाइन्टको गोजीतिर हात लाँदै भने ।
‘तलको पनि खुल्ला छ र ?’
‘मेरै त खुलै छ भन्या । अपरेशन गरेको दश दिनजति भयो ।’ उनले त धमाधम चेन खोलेर देखाउन लागे ।
‘भो भो नखोल्नुस् । त्यतिको मजाले चल्छ । हिजो आज टिकटक बनाउने युवतीहरूले साइड मात्रै छोप्ने तर त्यो अघिल्लो र पछिल्लो भाग खोल्ने त गर्न थालेका छन् । तपाईंको त कहाँ हो कहाँ ?’ मैले आश्वस्त पारेँ । उनी हाँसे मात्र ।

उनको हाँसोमा अझै जिज्ञासा भाव झल्किरहेको थियो । मैले थप प्रस्ट पार्नु आवश्यक ठानेँ ।
‘मैले त कहाँ तलको कुरा गरेको हुँ र ? माथि ब्यागको कुरा पो गरेको त ?’ मेरो कुरा सुनेपछि उनी झस्किए र ब्याग चेक गरे । उनले हाँसेजस्तो देखिएको भर्पाइलाई भित्र कोचेर झोलाको चेन लगाए ।
‘अब जाउँ है ।’ उनले मसँग अनुमति मागे ।
‘ल ल हजुर मन्तरीज्यूकहाँ जानेजस्तो छ ।’
‘कसरी थाहा पाउनुभयो हजुरले ?’ उनले मुसकुराउँदै सोधे ।
‘हजुरको माथिकोले भनेर ।’ मैले पनि जवाफ दिएँ ।
‘ए हवस् त । यो माथिको त्यति अनुशासनमा बस्दैन भन्या । मोबाइलमा एक्लै बोल्यो अर्कैले थाहा पाउने र रेकर्ड गर्ने भए भनेर प्रत्यक्ष कागजात प्रणालीमा जान खोजेको बेलाबखत कागजले पनि लफडा बनाउँछ भन्या ।’ उनले फतफताउँदै झोला चेक गरे र बाटो लागे ।

ख) काका को ?
मैले व्यङ्ग्य लेख्ने पात्र फेला पार्छु जस्तो लागेन । म यत्तिकै भौतारिएँ । कलङ्की मन्दिरतिर अघि बढेँ । एक बालकलाई उनकी आमाजस्तो लाग्नेले खेद्दै थिइन् । बालक अघि भाग्दै थियो उनी पछि कुद्धै थिइन् ।
‘ए ए पर्खनुस् किन खेद्नुभएको यो बाबुलाई ?’
‘को हो तिमी मलाई यस्ता प्रश्न गर्ने ?’ उनी कड्किइन् ।

उनको कडके प्रश्नको उत्तर दिन नभ्याउँदै एकजना मानिस साथमा क्यामरा बोक्नेसहित आइपुगे । क्यामरा देखेपछि मलाई बोल्नै डर लाग्छ । ती महिलासँग प्रश्न गरिरहेका बखत उनको हावभाव अर्कै भयो भने भरे बेलुकी यी महिलालाई यी पुरुषले हातपात गर्दे थिए, लौ हेर्नुहोस् हाम्रो क्यामराले कैद गरेको तस्वीर भनेर प्रशारण गरे भने त मेरो इज्जत राम नाम सत्य भएन ? म डराउँदै पछि हटेँ ।

क्यामरामेन खेदिँदै गरेको बालकको छेउमा पुगे । क्यामरामेनसँगै भएका अर्का एकजनाले सोधिहाले ‘तिमीलाई उनले किन खेद्दै छन् हँ ?’
बालकले सोधे ‘यो प्रश्नको उत्तर कसले जान्न चाहेको छ भन्नुस् त ?’
उनले हाँस्दै भने ‘जनता जान्न चाहन्छन् ।’
‘जनताले जान्न चाहेको भए तपाईँ नै क्यामराको सामुन्नेमा उभिनुहोस् न किन मेरो छेउमा आउनुभएको त ।’ बालक चिच्याए ।

‘तिम्रो छेउमा उभिएकै म देखिनलाई त हो ।’ ती व्यक्तिले जवाफ दिए । केहीबेर कानेखुसी गरेपछि बालक उनीसँग बोल्न तयार भए । बालककी काकी रिसले दाह्रा किटिरहेकी थिइन् । नजिकै क्यामरा देखेकाले होला उनी जति रिस उठे पनि मौन थिइन् ।
‘तिमीलाई कसले खेदेको भन त ?’
‘मलाई मेरी काकीले खेद्नुभएको हो ।’
’क्रियापद मिलेन सच्याएर बोल ।’ प्रश्नकर्ताले बालकलाई भने ।
‘के भन्नुपर्ने हो ? ’
‘सञ्चार माध्यममा तपाईं भन्न मिल्दैन तिमी, तँ भन्नुपर्छ । भन्नुभयो होइन भने वा भनिन् भन्नुपर्छ ।’
बालकले टाउको हल्लाए र हाँस्दै भने ‘मलाई मेरी काकीले लखेटेकी हुन् ।’
‘तिमीलाई तिम्री काकीले लखेट्दा कस्तो अनुभूति भइरहेको छ ?’
‘निकै मजा लागिरहेको छ भन् भन्न खोज्नुभएको सरी खोजेका हौला होइन । मलाई नमजा लागेको छ ।’

‘तिमीलाई तिम्री काकीले किन खेदिन् त ?’
‘मेरी काकीको मलाई विश्वास लागेन । एकाध वर्षअघि तिम्रो काका यी हुन् काका भन भनिन् । एकजना राले सिँगाने बुढालाई काका मानेँ र बोलाएँ । खुट्टामा ढोग पनि गरेँ । पाँच महिना अघि अर्कै बुढालाई ल्याइन् र भनिन् यी हुन् तेरा काका । खुट्टामा ढोग भनिन् । खुरुखुरु मानेँ र ढोगेँ । फेरि दुई महिना अघि उही पुरानो राले बुढालाई ल्याइन् र भनिन् तेरो काका यही हो ।’ मलाई झोँक चल्यो । काका पनि फेरिइरहन्छन् र भन्या ? यो कुरा धेरैलाई सोधेँ । अरूले त एउटै हुन्छ भनिदिए । मैले मेरो काकीलाई आज बिहान त्यही कुरा सोधेँ । उहाँ सरि है हाम्रो त आदरार्थी शब्द बोल्ने बानी तपाई भन्न पुगिहालेँ । अँ उनी रिसले आगो भएर मलाई खेद्दै आइन् ।’

बालकको कुरा सुनेपछि प्रश्नकर्ता हाँसे । उनले सोधे ‘के तिम्री काकीले मलाई पनि तिम्रो काका बनाउलिन् त ?’
केटो पनि कम जिराह थिएन उसले तुरुन्तै सोध्यो ‘यो प्रश्नको उत्तर कसले जान्न चाहन्छ ?’
प्रश्नकर्ताले मुसुमुसु हाँस्दै भने ‘जनता सरी जनता होइन म जान्न चाहन्छु ।’
‘त्यसो भए काकीलाई नै सोध ।’ केटो चिच्यायो र गल्लीतिर कुद्यो । व्यङ्ग्यको पात्र खोज्न हिँडेको म छ्यङ्ग्य पात्रहरूलाई देखेर त्यसै अलमलमा परेँ ।

०००
धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom Spring Offer
के बदल्ने खोइ ?

के बदल्ने खोइ ?

चूडामणि खनाल
शिछेक म्याँ-संघ

शिछेक म्याँ-संघ

संप्रस पाैडेल
जात्रै जात्राको संस्कृति

जात्रै जात्राको संस्कृति

माधव पोखरेल गोज्याङ्ग्रे
हाँसी रहेका मलामीहरू

हाँसी रहेका मलामीहरू

शिवप्रसाद जैशी