सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

काँचो सरकार

सदियौँदेखि काँचै चल्दै आएको राजनीतिमा हामीले पाकेको सरकार खोज्नु पनि हाम्रो मुर्खता हो । समयानुकुल राजनीतिले कोल्टे फेर्छ तर काँचै हुन्छ ।

Nepal Telecom ad

पाकेको फललाई आँखा तरेर हेर्दै मुर्छा परेर बस्न बानी परेका हामी नेपालीको प्रत्येक काम काँचो हुन्छ । भनौँ हामीले गरेको प्राय सबै काम काँचो पिडालु जस्तो हुन्छ खायो कि कोक्याउने । यो परम्परालाई हामीले सदियौँदेखि धानी रहेका छौँ । हाम्रो नियति नै भै सक्यो हरेक काँचो कुरालाई स्वीकार गर्ने । साँच्चै भन्ने हो भने हाम्रो सरकार नै काँचो छ । काँचो काममा सधैँ मस्त व्यस्त भैरहेने थिति नै बसेको छ । काँचो गरेर जनतालाई मख्ख पार्ने काम गरिरहेको छ । माथि माथि आकाशभन्दा तल धराको घर्रामा कहाँ हो कहाँ सरकार संचालन गर्ने संयन्त्र जसलाई गठबन्धन पनि भनिन्छ त्यो नै काँचो पिडालु जस्तो छ सबैलाई कोक्याउने । आलो काँचो गठबन्धनले पाको काम गर्न कति वटा आइतबार पर्खनु पर्ने हो थाहा छैन ।

काँचो सरकार अर्थात् काँच झैँ झर्याम झुरुम्म हुने रोग जन्मदै लागेको यो सरकार गठन मै ऐठन भैरहेको छ । सरकारको प्रकार नै दसथरीको छ । एक थरीको मात्र भए पो सरकार पाकेको हुन्थ्यो । दसथरीको विचार भएपछि दसथरीकै विचारले स्थान नपाउँदा सरकारमा धमिरा लाग्छ भन्ने कुरा हामीले बुझेर पनि बुझ पचाउने काम गरेको छौँ । हामी काँचो मान्छेकालागि पाकेको कुरा पच्दैन । खाए पनि पचाउन सक्ने क्षमता हामीसँग छैन । हाजमोला खाए पनि हामी पचाउन सक्ने अवस्थामा छैनौँ । तर पनि हामी हाम्रो शरीरले पचाउन नसक्ने कुरा नै खान बढी रुचाउँछौ । यो स्थानीयदेखि संघीय सरकारसम्मकाले हामीलाई सिकाएको काँचो कुरा हो ।

हामी जनताकालागि जहिले पनि पिंडालु झैँ कोक्याउने सरकार कहिले आलुको स्वादमा हुन्छ त कहिले करेलाको स्वादमा त कहिले चिप्ले भिण्डीको स्वादमा भेट्छौँ । तर जुनसुकै स्वादमा भए पनि आखिरी त्यो राम्रोसँग पाकेको हुँदैन काँचै हुन्छ र हामीलाई कोक्याउँछ । कुनै कुरा राम्रोसँग पकाउन नजान्ने आला काँचा भान्से भएको यो मुलुकमा हामी जनताले थुक निलेर चित्त बुझाउनु पर्ने अवस्था छ ।

अर्को कुरा स्थानीय सरकारदेखि संघीय सरकारसम्म सबै सधैँ काँचोको काँचो हुन्छ । सयाँै वर्ष पुरानो कहिल्यै सफा नगरेको कालो कराहीमा हामीले दिनहुँ प्रयोग गर्ने शासन, आसन, रासन र भाषण पकाउने गरिन्छ । जसका कारण हामी रोग व्याधको मौलोमा बाँधिन्छौ र साँधिन्छौँ गुन्द्रुक साँधिए झै । बुद्धिको भाँडोमा बिर्को लाएर भान्सा घरभित्र पस्ने हामी आफैँ काँचो हुन्छौँ अनि हामीले पकाएको भान्सा कसरी पाकोस् त ? सधैँ काँचो गफमा भौतारिने चलन नयाँ होइन । पुरानो मान्छे भए पनि परिपक्कता देखिदैन । नयाँ मान्छेमा जति ज्ञान र विवेक नै पाइन्न पुराना मान्छेमा । न राजनीति परिपक छ न अन्य नीति र थिति नै परिपक्क छ । सबै कुरा अधकिल्चो भएपछि त्यसले स्वास्थ्यलाई राम्रो गर्दैन भन्ने कुराको हेक्का हुनु पर्ने हो तर हेक्का हैन होक्का होक्का भने छ ।

आलाकाँचाको जमातमा परिपक्कता खोज्नु पनि हाम्रो मुर्खता सिवाय अरु केही होइन । पच्दै नपच्ने काँचो सामानले स्थिरता दिंदैन भन्ने कुरा पाकेका मान्छेलाई मात्र थाहा हुन्छ । काँचो मान्छेलाई काँचको कुरा मात्र थाहा हुन्छ । हिजोआजका मान्छे काँचो हुन्छन् । भनौँ काँचका मान्छे हुन् हिजोआजका मान्छे । त्यसैले सामान्य ठाउँमा ठोकिदा पनि फुटेर झर्याम्म झुरम्म हुन्छन्, जति प्रयास गर्दा पनि जोडिदैनन् । फुटेर जोडिन सक्ने परिपक्कता सबैमा हुँदैन । जोडिएर फुट्ने काँचोपना भने प्रायः सबैमा हुन्छ । बिचारमा निखार दिन नसक्नेहरू साँच्चै भन्ने हो भने काँचो हुन्छन् । निखार सहितको बिचार पस्कने पाको वा भनौँ परिपक्कताको उदाहरण बन्छन् । काँचै काँचाको बाहुल्यता भएको जमात अवश्य पनि परिपक्क हुँदैन । त्यसैले यो सरकार साँचो अर्थमा भन्नु पर्दा काँचो छ । कुन बेला कहाँ ठोकिएर झर्‍याप्प झुरुप्प भएर जान्छ थाहा हुँदैन ।

काँचो कुनै पनि कुरा कसैलाई पनि पच्दैन । सधैँ काँचै खान बानी परेकालाई भने पाकेको पच्दैन । प्राय जसो सबैलाई पाकेको बस्तु वा हरेक चिज मनपर्छ र खान्छन् । तर नेपाली राजनीतिमा पाकेको भन्दा काँचो कै बढी माग हुन्छ । भनौँ नेपाली राजनीतिले तातै खाउँ जल्दी मरु भन्ने उखानलाई प्राथमिकतामा राखेको हुन्छ । बढी कुरा किन गर्नु यहाँ साँच्चै भन्ने हो भने सरकार नै काँचो छ । काँचो सरकारले गरेका हरेक काम कुरा काँचो नै हुन्छ । त्यसैले हामी नेपालीलाई सधैँ झाडा पखाला लागि रहन्छ । प्रधानमन्त्रीदेखि हली गोठालासम्मकालाई काँचो सम्बन्धले गाँजेको कारण कहिल्यै सञ्चो भएको देखिदैन । अर्को महत्वपूणर् कुरा के हो भने सरकार बनाउने संयन्त्र नै काँचो छ । जब सरकारको शरीर नै काँचो छ भने त्यो बलियो छ भनेर भन्न सकिने अवस्था पनि रहँदैन । स्थिर भएर एक ठाउँमा रहन बस्न नसक्ने टाउको मिलेर बनेको काँचो सरकारको शरीरको एउटा अङ्ग छुट्टियो भने त्यो सरकारको परिपक्कता वा भनौँ स्थायित्वका बारेमा हामीले सहज रूपमा बुझ्न सक्छौँ ।

काँचो मै जन्मेर काँचो मै हुर्कने बानी परेको नेपालको भूगोलको भनौँ वा माटोको सरकार स्वतन्त्र रूपले कुनै पनि अवस्थामा सञ्चालन हुन पाएको देखिदैंन । कही कतैको इशारामा नाँच्न खोज्ने तर ढङ्ग पुर्‍याएर नाँच्न नजान्ने यो काँचो सरकार आफू बसेको आँगन नै टेढो देख्छ । भनौँ सरकार आफू काँचो भएर होला अरुलाई पनि काँचै देख्छ र काँचै खाउँला झैँ गर्छ । सरकारले जनताका नाममा गरेका प्रत्येक काम काँचै हुन्छ । किसानका काम, सडक विस्तारका काम, निजामती कर्मचारीका काम, खानेपानी, सिंचाई कुलो, विजुली, सरकारी भवन निर्माण, ठेक्कापट्टा लगायतका राज्यका तफृबाट सरकारले गर्नु पर्ने सम्पूणर् काम अहिलेसम्म काँचै छ । जनताले पाकेको काम चाहेका छन् तर सरकार र्ग काँचो काम । काँचो अर्थात् अधकिल्चो काम गरेर कहिले नथाक्ने सरकार हामी पाकेका जनताको दिनचर्या समेत काँचै बनाई रहेको हुन्छ ।

भनिन्छ बाँदरले काँचै खाने कुरा मन पराउँछ रे । पाकेेको खानेकुरा बाँदरलाई पच्दैन रे । त्यस्तै हाम्रो सरकारलाई पनि पाकेको र परिपक्क कुनै पनि कुरा नपच्ने भएकोले सधैँ बतासे पारामा दाह्रा धसेर अघि बढिरहेको हुन्छ । आला काँचा ठेट्नाको सङ्ग्रहमा सधैँ ध्यान दिने यो सरकार जनतालाई फकाएर पकाउन चाहन्छ । तर आफू सधैँ काँचो नै रहन्छ । न आफू परिपक्क भएर पाक्न सक्छ न अरुलाई पकाउन सक्छ । सक्छ त केवल फकाउन मात्र । तर अब सरकारले फकाएर जनता फकिने जमाना गए । उही सोह्रौ शताब्दीका कुरा गरेर वा खोलो उत्तरतिर बग्छ भन्ने सिद्धान्त घोकाएर काँचोलाई पाकेको हो भन्न लगाउने नीति अघि सार्न खोजियो भने त्यो वाफ रे वाफ हुन्छ सरकारका नीम्ति ।

नेपाली राजनीति नै सदियौँदेखि काँचो छ । सदियौँदेखि काँचै चल्दै आएको राजनीतिमा हामीले पाकेको सरकार खोज्नु पनि हाम्रो मुर्खता हो । समयानुकुल राजनीतिले कोल्टे फेर्छ तर काँचै हुन्छ । नेपाली राजनीतिलाई पाक्न दिइदैन । एउटा निश्चित बाटोमा हिड्न लागेको राजनीतिलाई मोडेर बङ्ग्याएर अर्को घुमाउरो, खाल्डा खुल्डी भएको र विकट बाटोमा लैजाने प्रयासमा लाग्नेहरूले आफूलाई परिपक्क नपारेसम्म नेपाली राजनीति र सरकार सधैँ काँचै हुन्छ भन्ने कुरा बुझ्नु पर्छ । काँचो पच्दैन हामीले राम्ररी पकाएको सबैलाई खुवाउन सक्नु पर्छ भन्ने भावना र ध्येयका साथ बाँकी रहेको काँचोलाई पकाएर पस्कन सकियो भने भोलिको भविष्य पनि परिपक्क पाकेको देख्न सकिन्छ । हामी काँचोमा बाँचेका राजनीतिले थिचेका, मिचेकाको भविष्य फरक तरिकाले उजिल्याउन सकिन्छ भन्ने संकेत पाउन अर्को जुनीमा पनि पाइन्छ भन्ने आश सास रहुन्जेल नचिताए हुन्छ । जय साहित्य जय व्यङग्य । अस्तु काँचो राजनीति गर्नेहरू भनेका गोठाला बिनाका वस्तु ।

०००
गाईघाट, उदयपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जय जोकतन्त्र

जय जोकतन्त्र

माधव पोखरेल गोज्याङ्ग्रे
जोकतन्त्रका जोकरहरू

जोकतन्त्रका जोकरहरू

माधव पोखरेल गोज्याङ्ग्रे
उल्लु दिवस

उल्लु दिवस

माधव पोखरेल गोज्याङ्ग्रे
झुसे दाह्रीको श्याम कहानी

झुसे दाह्रीको श्याम कहानी

माधव पोखरेल गोज्याङ्ग्रे
जय दारीको भारी

जय दारीको भारी

माधव पोखरेल गोज्याङ्ग्रे
आलु नफल्ने ठालुको तालु

आलु नफल्ने ठालुको तालु

माधव पोखरेल गोज्याङ्ग्रे
लाइन

लाइन

नगिता लेप्चा राई
भयो भो नभेटौँ

भयो भो नभेटौँ

भागवत खनाल
जय जोकतन्त्र

जय जोकतन्त्र

माधव पोखरेल गोज्याङ्ग्रे
एउटा ठुलो चोरी

एउटा ठुलो चोरी

हरिशंकर परसाईं
चटकेहरूकाे चटक

चटकेहरूकाे चटक

कुमार खड्का