सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

समालोचकको मृत्यु

“प्रभु, एउटा बिन्ती, त्यो भाइमारा जरासन्ध अहंकारीले मनग्गे सजाय धरतीमैं पाएको छ । त्यसलाई क्षमा बक्सियोस् । कैलाशतिर पठाए हुन्छ । महेश र गणेशसित रमाएर बसोस् ।”

Nepal Telecom ad

यो धरामा पहिला ईश्वरको मृत्यु भएको घोषणा गरियो, जर्मनीबाट । त्यसको आलोचना नेपालमा भयो र भनियो, “जुन कुराको अस्तित्व हुन्छ, जन्मिन्छ, सजीव हुन्छ, साकार हुन्छ, त्यसको पो मृत्यु हुन्छ त, नजन्मिएको धरतीमा अवतरण नै नगरेका ईश्वरको कताबाट मृत्यु हुन्छ ? नित्सेले पनि भ्रमको खेती गरे ।” त्यसपछि “लेखकको मृत्युको” घोषणा गरियो । यो बरु पत्याउन मिल्ने कुरा हो ।

लेखक र पाठकहरू जन्मिन्छन् र मर्छन् पनि तिनीहरू अस्तित्वमा छन्, साकार छन् । मान्छे नै हुन् । मान्छे नजन्मिन सक्छ, नमर्न सक्दैन, मन्जुकान्त श्रीकृष्ण राधारमण मदनपुरे धरावासी, यतिखेर पातालवासीले लेखे, सत्य लेखे । यतिखेर, आजको दिन, नेपाल भन्ने देशको सम्पूणर् समालोचकहरूको मृत्यु भयो ।

आशुतोष महादेवको कृपाले म, लेखक, “पदमपुरे” अर्थात्, “प्रोफेसर दिग्विजयानन्द विवेकी” पनि सूक्ष्मरुप लिएर, धरतीमा काज फिर्ता हुनेगरी, समालोचकहरूसितै, उनीहरूको आत्मसितै, मन्थली यात्रामा गएझैं, जान पाएँ, यता प्राणेश्वरी जगदम्बाश्री किशोरीलाई एकलै छोडेर । अचम्म, म आत्माहरूका लागि पनि अदृश्य थिएँ ।

“जिन्दगीभरि धज्जी उडाइयो । समालोचनाको नाममा भन्डास मात्र लेखियो । विचार नमिल्ने लेखकको किताबलाई झूर भनियो । मदन पुरस्कार गुठीलाई दिक्क बनाइयो । अब यमपुरीमा लेखा राखिएकै होला । कुन्ती माताको दोस्रो प्रेमीले कस्तो न्याय देला त ? कसले जोगाउला ? धरतीमा पो सामाजिक सन्जालमा आफ्ना मान्छेहरू थिए र ? एउटा लेखक जस्तै लाग्ने समालोचकले चिन्ता व्यक्त गर्‍यो ।

म सुनिरहेको छु । यो पात्र त्यस्तो समालोचक हो, जसले मज्जाले अरुको धज्जी उडाउँछ र आफ्नो बारेमा एक शब्द पनि आलोचना सुन्न सक्दैन, दुर्वासा । दोस्रो समालोचक बोल्यो, “मैले पी.एच.डी. गर्दा……….” उसले जहाँ बोले पनि पी.एच.डी.लाई उपसर्ग, प्रत्यय वा समास बनाइहाल्छ उसले जहिले पनि प्रशंसामा लेख्यो, परिणाम १४६ पटक सम्मानित र पुरस्कृत भयो । धेरै चतुर साहित्यिक खेलाडी हो । सफल र सार्थक जीवन बिताएर यमपुरी जाँदै छ ।

यमराजको भय उसलाई पनि छ । विभिन्न विधाका समालोचकहरू छन् । पुरस्कारको पनि चर्चा गरे । एउटाले प्याच्च बोल्यो, “सालेहरूले म जस्तो लेखक र समालोचकलाई चिनेन् । न प्रज्ञामा लगे, न कुनै सरकारी पुरस्कार दिए । योग्यताको कदर भए देशको हालत त्यस्तो हुन्थ्यो ? लौरो ठडिन्थ्यो ! घण्टी बज्थ्यो ? साला चोरहरू !” सबै रंगका समय नायकहरूलाई तथानाम गाली गर्‍यो । उसको गालीको थेगो “खफरखुना खिक्नी” हिब्रु भाषामा, उसैलाई मात्र थाहा छ ।

पुगियो यमपुरी । यमदूतहरूले १००८ समालोचकहरूलाई चित्रगुप्तको कार्यालयमा पुर्‍यायो । यमराजलाई मैले चिनें । “धर्मराज युधिष्ठिर, गजेन्द्र चौहानसित, अनुहार मिल्ने । तेजिला, रसिला । वरिपरि पाँच उर्वशी, मधुबाला पनि यतिखेर “आध्यात्मिक स्वामीहरूको” पालो रहेछ । नजीकै परामर्श दिन “ओशो रजनीश” पनि बसेका । केही दिन उनले पनि नरक भोग्न परेछ । यमराजबाट परमादेश भयो, “यी ढोगीं स्वामीहरूलाई ९०० कोर्रा लगाएर नरकतिर फालिदिनू् । आपसमा सधैं छत्तिस बनेका यी पाखण्डीहरू यही लायक छन् ।”

नेताहरू र प्रा.डा.हरूलाई पनि सोझैं नरक पठाइयो । ठूला ठूला हाकिमहरू, ठेकेदारहरूलाई पनि रौरव नरक मा “गौरव पदक” सहित । प्राइभेट बोर्डिङका गुरु र गुरु आमाहरूलाई बैकुण्ठ पठाइयो । किसानहरूलाई कैलाश । पब्लिक कलेजसित सरोकार राख्नेहरू, सबै स्वर्गमा गए, उनीहरूलाई “पौने सहिद” भनियो ।

नर्सिङ होम खोल्ने डाक्टरहरूलाई पनि नरकतिरै गए । टाट फर्किएका आवाशीय माध्यमिक विद्यालयका मालिकहरूलाई स्वर्ग पठाइयो । यौनकर्मीहरू बैकुन्ठ गए । अब पालो आयो समालोचकहरूको । “चित्रगुप्तजी, पहिला यी समालोचकहरूको लेखा, बायोडाटा, राम्रोसित केलाउनुहोस्त ! अन्याय त गर्न भएन । ए, ए, त्यो भाइमारा अहंकारी, उत्तरआधुनिक जरासन्ध कता छ ? त्यसलाई पनि देखेको थिएँ ।

बडो फुर्ति लगाएर, “मलाई बैकुण्ठको राजदूत बनाउनुहोस्” भन्दै थियो पर्यटकीय भाषामा । “प्रभु, उसलाई त हिजै एउटा योगी महाराजको जिम्मा लगाएर हाम्रो “लालबन्दी” घोरनरकुण्डमा पठाएँ । मज्जाले रोयो । बरु धरतीमा नै जान्छु, उता गएर धर्म गरेर आउँछु भन्दै थियो । बडो घामड, दम्भी रहेछ ।”

“ठीक गर्नुभयो चित्रगुप्तजी ! भाइमाराहरू र फटाहाहरूलाई छोड्नहुन्न । धरतीमा पो पैसा खर्च गरेर ढाकछोप हुन्छ, यहाँ “अर्थोष्मा” चल्दैन । अब समालोचकहरूको कार्यबाही शुरु होस् ।” यमराजको परमादेश । “हस् प्रभु” नम्र भएर बोले चित्रगुप्त । “प्रभु, एकथरी समालोचकको नाममा सदा घोचक, अति तल्लो स्तरमा उत्रिएर धज्जी उडाउने । भन्डासमाथि भन्डास लेख्ने । दोस्रोमा, केही लाभको आसमा अति प्रशंसा गर्ने । चुरेलाई महाभारत र महाभारतलाई हिमालय बनाइदिने । तेस्रोमा, सक्कली समालोचक, देवीहरू बढी । देवीहरूले अन्याय गरेको देखिएन । चौथोमा, प्रकाशकहरूको नगदनारायण हसुरेर इशारामा समालोचना गर्ने, यसमा भालेवर्ग बढी । चार वर्गका रहेछन् ।”

“ल, ल, ठीक छ । बुझें । ठीक छ । पहिलो, दोस्रो र चौथो वर्गलाई सोझै रौख नरक, तेस्रो वर्गलाई अलाकापुरी, इज्जतका साथ । देवीहरू सबैलाई कैलाश पठाउनू । माता पार्वतीलाई पनि साहित्य पढ्ने रहर छ रे । माता धेरै राम्री हुनुहुन्छ । पुरुष समालोचक नपठाउनू । गडबड हुन सक्छ ।” आदेश तामेल भयो ।

मलाई धर्मराज प्रभुले च्याप्प समात्नुभयो । आफ्नै क्वाटरमा लिएर जानुभयो । “कस्तो लाग्यो त प्रोफेसर साहेब हाम्रो न्यायप्रणाली ? तिमी पनि कम चलाख होइनौ, मलाई थाहा छ तिम्रो बारेमा । लण्डनबाट मेधावी पात्र दुर्गा प्रसाद पोखरेलले संस्कृतमा मलाई पत्र लेखेका थिए । तिमी आज बस । फेसबुक छ । यहाँको बारेमा ढुक्कसित लेख । प्रतिभा खेर नफाल । केही इच्छा छ ? “प्रभु, एउटा बिन्ती, त्यो भाइमारा जरासन्ध अहंकारीले मनग्गे सजाय धरतीमैं पाएको छ । त्यसलाई क्षमा बक्सियोस् । कैलाशतिर पठाए हुन्छ । महेश र गणेशसित रमाएर बसोस् ।”

“ए, बूढा, कति निदाएको ? कति घुरेको ? रामबाबु सरको फोन आएको थियो ।” ज्या, सपना पो !

०००
चितवन

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
उल्टो सोच

उल्टो सोच

धनराज गिरी
फिराद !

फिराद !

धनराज गिरी
प्राणघातक सत्य !

प्राणघातक सत्य !

धनराज गिरी
रिचार्ज !

रिचार्ज !

धनराज गिरी
दस दनक

दस दनक

रामकुमार पाँडे
यो घर हो

यो घर हो

लक्ष्मण गाम्नागे
अभिनन्दन पत्र

अभिनन्दन पत्र

चूडामणि वशिष्ठ
स्वतन्त्रता

स्वतन्त्रता

किशन पाैडेल
मूषक माहात्म्य

मूषक माहात्म्य

सुमी लोहनी