बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

व्यापार

तैपनि पारखीहरूका लागि भने समस्या छैन । नयाँ नयाँ खेलोमेलो निस्केकै छ । रोहिङ्गा आउँछन् त सँगै नयाँ व्यापार ल्याउँछन् । भुटानीले दुख पाए त के भो यता व्यापार चल्यो ।

Nepal Telecom Spring Offer

हरि खनाल

विश्व व्यापार संघको सदस्य हुने अनि हात बाँधेर बस्ने ? किमार्थ हुन सक्दैन । दाल चामल खेतबारी हुनेले बेच्छन् । कपडा, जुत्ता, सरसामान उद्योग हुनेले बेच्छन् । उद्योग धन्दा कलकारखाना ठूलाले चलाउने हो रे । सुन्नुभएन एकजना नेताको ठूलो भाषण ? हामी गरीव मुलुकले पनि कारखाना चलाउनु हुन्छ ? चलाउनु हुन्न त्यही भएर बाँसबारी छालाजुत्ता बेचेकै हो । राजनीतिक उद्योग भएको मुलुकमा कागज कारखाना के काम ? बेचेकै हो । व्यापारको संसारमा बेच्ने कुरा चल्छ नै । कसैले पाडापाडी बेच्छन् कसैले माउ नै बेचिदिन्छन् फरक यति न हो । केही न केही त बेच्न पर्‍यो नि ।

राष्ट्रियताका कविता लेख्ने मान्छेले केही वर्ष पहिले उद्योगधन्दा कलकारखाना खोलेका थिए भोकासुर आए भोकको झोँकमा एकै खेपमा बेच्दिए । अब बेच्न कुनै कलकारखाना त छैनन् नि । कुनै त्यस्ता राष्ट्रवादी यहाँको वागडोर समाल्न आइपुगेका पनि त छैनन् । अनि नयाँ केही खुलेका छैनन् । जे छ त्यही बेच्ने हो । कहिले नानी बेच्ने कहिले पानी बेच्ने । बेचबिखनका विषयमा कुनै वादविवाद गर्नुहुन्न जस्तो लाग्छ । आउनुहोस् एकाध बेचबिखनका गन्थन गरौँ ।

पशुपालक किसानले दूध बेच्छन् । तरकारी खेती गर्नेले तरकारी बेच्छन् । बेच्थे भन्नुपर्ला किनभने यो पनि एकादेशको कथा हुन लाग्यो । अब त तरकारी खेती गर्ने ठाउँमा सिमेन्ट र गिटी फल्छ क्यारे । सिमेन्ट र गिटी बनाउनेले सिमेन्ट गिटी बेच्छन् । पसलवालाले मुखमा भाउ राखेर सामान बेच्छन् । शिक्षकले समय बेच्छन् । साहित्यकारहरुले रचना बेच्छन् । हिजो आज पुरस्कार पाउन आफैँ खाम किन्न दाम बेच्छन् । कसैको ठेक्कामा ठाउँ छानेर गएका कर्मचारीले आचरण बेच्छन् । बिक्री हुने ठाउँमा कसैले बीउ बेच्छन् त कसैले जिउ ।

फेरि अचेल व्यापारको प्रविधिमा पनि त नयाँ चमत्कार भइसकेको छ । जुवा खेल्नेले अचेल पैसा थापेर दाउ पर्खँदैन दाउलाई भाउ लिएर बेचिदिन्छ । व्यपारिक बुद्धि भएका फुटबलरले खेल बेच्छ रेस्टलरले झेल बेच्छ । सम्भ्रान्त छोराछोरीले दाम दिएर बाबुआमालाई वृद्धाश्रममै बेचिदिन्छन् । प्रेमीले सामाजिक सञ्जालबाटै प्रेम बेचिदिन्छ । पराइका दाना पानी खाएकाले संस्कार, संस्कृति र धर्म नै बेचिदिन्छ । कसले के बेच्न हुने के बेच्न नहुने भन्ने सीमारेखा कसले खिचेको छ र ?

हामी दरिद्रहरूको सानोतिनो व्यापार चलेकै छ तर ठूला नेताको व्यापारमा अलिकति समस्या देखापरेको छ । के बेच्ने ? कोशी बाँकी छैन महाकाली बाँकी छैन । युवालाई खाडी नेतालाई गाडी नयाँ कुरा भएन । यो त आम कुरा भयो । यसको व्यापार र बजारको नुनको व्यापार उस्तै भइसक्यो । पुरानो सामानबाट मनग्ये नाफा कहाँ आउँछ र ?

तैपनि पारखीहरूका लागि भने समस्या छैन । नयाँ नयाँ खेलोमेलो निस्केकै छ । रोहिङ्गा आउँछन् त सँगै नयाँ व्यापार ल्याउँछन् । भुटानीले दुख पाए त के भो यता व्यापार चल्यो । बाबुआमा फेर्न पाऊँ भनेर पैसा दिनेले दिए लिनेले लिए यो पनि त उन्नत व्यापार हो । फरक यति हो दिए नगद, काम उधारोमा पर्‍यो । नगद र काम सँगै भएको भए बाघले स्याल हुनु पनि पर्दैनथ्यो र स्यालले बाघको गर्जना गर्नु पनि पर्दैनथ्यो । कहिलेकाहीँ लेनदेनको कुरा नमिल्दा बजारमा अनुगमन हुन्छ । भागबण्डा नमिल्दा चोरहरू पनि बाझाबाझ गर्छन् । यो सामान्य कुरा हो ।

यस्ता सामान्य कुरामा किन टाउको दुखाउनु ? मलाई पनि मेरो आस्था र विश्वासको व्यापार गर्नुछ । लौ है मित्रहरू यो गन्थनबाट बिदा मागेँ । अस्तु ।

०००
धादिङ

Fitkauli Publication Books comming soon
Nepal Telecom Spring Offer
के बदल्ने खोइ ?

के बदल्ने खोइ ?

चूडामणि खनाल
शिछेक म्याँ-संघ

शिछेक म्याँ-संघ

संप्रस पाैडेल
जात्रै जात्राको संस्कृति

जात्रै जात्राको संस्कृति

माधव पोखरेल गोज्याङ्ग्रे
हाँसी रहेका मलामीहरू

हाँसी रहेका मलामीहरू

शिवप्रसाद जैशी