बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

जुकाहरू

‘हेर ! यी शासक भनेका हामी गरीबहरूको रगत पसिना चुस्ने जुका रहेछन् जो गरीबहरूकै वर्तमान र भविष्यमाथि खेलवाड गर्नमा पोख्त भएका छन् ।’ यति भन्दै ऊ भुइँको परालको मुठो टिपेर गाईगोठतिर पस्यो ।

Nepal Telecom Spring Offer

दिव्य गिरी :

‘आज जुलुसमा जानु पर्दैन ?’ उसकी स्वास्नीले सोधी ।
‘किन जानु जुलुस सुलुसमा ?’ उसले रुखो आवाजमा प्रति प्रश्न गर्‍यो ।

‘लौ किन रे ! आज गणतन्त्र दिवस भन्ने बिर्सियौ ? पोहर परार त फुर्तिसाथ जान्थ्यौ त गणतन्त्र दिवस मनाउन ।’ स्वास्नीले सम्झाई ।
‘था छ । यो कुरा तैँले सम्झाउनु पर्दैन ।’

‘अनि किन त आज चुपचाप घरमै थच्चिएर बसेका छौ ?’ स्वास्नीले कटाक्ष गरी ।
‘त्यो गणतन्त्रल मलाई के दियो ? तँलाई के दियो ? न हाम्रो बेपत्ता भएको छोरो खोजिदियो न त ऊ नै फर्केर आयो । सन्तानको पीरलाई छातीमा उमालेर बाँच्नु पर्‍या छ । हरेक वर्षको गणतन्त्रमा घाँटीको नसा पनि छिन्ने गरी जिन्दावाद र मुर्दावादको नारा घन्काएँ । त्यो सबै व्यर्थ रहेछ । महङ्गीको खाडलमा जाकिएँ । पूर्खाले कमाएको वीरत्व र स्वाभिमान गुमाएँ । हिजो जुन सपना मैले देखेको थिएँ त्यो सपना सबै झरेको पातलाई आँधीले उडाएर लगेजस्तो कहाँ पुग्यो पुग्यो । एउटा राजा लखेटेर सयौं राजा बनाएँ । आज तिनै राजाहरूले देश लुटेको खबर पढिरहेछु । सत्ताको निम्ति ताण्डव नृत्य गरेको हेरिरहेछु । गणतन्त्र ठगतन्त्र बनाएपछि केको लागि जुलुसमा जानु ?’ उसले लामै भाषण सुनायो ।

‘भनेपछि तिम्रो आँखा बल्ल खुलेछ, होश पनि आएछ । मैले त हामी गरीबको लागि जुनसुकै व्यवस्था आए पनि आपैmले रगत पसिना नबगाई चुल्होमा आगो बल्दैन भनेकै थिएँ । बडो जान्ने भएर आफ्नो छोरालाई समेत उचाल्यौ । अहिले न छोरा भन्न पाइयो न त दुःख नै हट्यो ।’ उसकी स्वास्नीले भनी ।

‘हेर ! यी शासक भनेका हामी गरीबहरूको रगत पसिना चुस्ने जुका रहेछन् जो गरीबहरूकै वर्तमान र भविष्यमाथि खेलवाड गर्नमा पोख्त भएका छन् ।’ यति भन्दै ऊ भुइँको परालको मुठो टिपेर गाईगोठतिर पस्यो ।

०००
जेठ १५, २०८०
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom Spring Offer
राम राम ! हरे राम !!

राम राम ! हरे...

दिव्य गिरी
प्रेतहरू

प्रेतहरू

दिव्य गिरी
प्रश्नै प्रश्न

प्रश्नै प्रश्न

दिव्य गिरी
वीर नभन

वीर नभन

दिव्य गिरी
हन्तकाली

हन्तकाली

दिव्य गिरी
के बदल्ने खोइ ?

के बदल्ने खोइ ?

चूडामणि खनाल
शिछेक म्याँ-संघ

शिछेक म्याँ-संघ

संप्रस पाैडेल
जात्रै जात्राको संस्कृति

जात्रै जात्राको संस्कृति

माधव पोखरेल गोज्याङ्ग्रे
हाँसी रहेका मलामीहरू

हाँसी रहेका मलामीहरू

शिवप्रसाद जैशी