
हाच्छ्यूँ ! (काव्यात्मक कमेडी)
बोलचाल, खानु–पिउनु केही छैन । डाक्टरी भाषामा भन्नु हो भने ‘कोमा’–मा छ ऊ । केश, जुङा, दारी यतिसम्मकि नाक र कानका भुत्ला काट्न नपाएको अनुहार लादेनजस्तो देखिन थालिसक्यो ।

कृष्ण प्रधान :
पात्रहरू –
स्मृति
झाँक्री काका
गजे (झाँक्री काकाको सहयोगी)
बाबा
दृश्य विववरण – समयः साँझ पख । चिरिपको तलतल सुठीसाह्रै खपिनसक्नु हुँदा लकÞडाउनलाई अटेरी गरी घरदेखि बाहिर निस्केको समयमा पुलिसको लौरो वर्षणपछि राज थला परेको हो । थला परेको हप्ता दिन नाँघिसक्यो । बोलचाल, खानु–पिउनु केही छैन । डाक्टरी भाषामा भन्नु हो भने ‘कोमा’–मा छ ऊ । केश, जुङा, दारी यतिसम्मकि नाक र कानका भुत्ला काट्न नपाएको अनुहार लादेनजस्तो देखिन थालिसक्यो । राजको उपचारको निम्ति सिरानघरे गाउँका जण्डा झाँक्रीलाई बोलाइएको छ ।े
स्मृति – (लोग्नेलाई स्याहार्दै)
आगो ताप्नु मूढ़ाको कुरा सुन्नु बूढ़ाको
जानी जानी काल किन खोज्नु परेको।
अनिकालम बिऊ जोगाउनु
हुलमूलमा जिउ जोगाउनु ।। (झाँक्री काका र उनको सहयोगी गजेको प्रेवश)
झाँक्री – आइपुग्यौ है बल्ल हामी नानी स्तुति
बाहिर निस्किसक्नु छैन पुलिस छप्छप्ती ।
गजे – बड़ो गम्भीर छ स्थिति
वर्षाउँछ डण्ठा बलतफ्ति
आँखा नहेरी स्वाम् कि स्वाम्
त्राहि माम त्राहि माम ।
हान्छ डण्ठ पिठ्यूँ कि ता चाकमा
एकै स्वाँठले पुर्याउँछ नरकमा ।
स्तुति –(पतितर्फ हेर्दै )
भनेको नसुन्दा ता गति यस्तो भो
जिउभरि सुम्लाको डाम भो बाहिर निस्किनु साह्रो भो
झाँक्री काका खुट्याइ दिनुपर्याे
यिनलाई झट्टै तङ्ग्र्याइ दिनुपर्याे । (झाँक्री काका नाड़ी छाम्छ)
गजे – अछेता ल्याउनुपर्यो स्तुति नानी
गुरुवरले छतछती खोट्याइ हाल्छन् नि । (स्तुति थालमा अछेता लिएर आउँछे । झांक्री काकाले यताउति गरेपछि)
स्तुति – (हात जोर्दै) जे गर्नुपर्छ झट्टै गरिदिनू
जसरी हुन्छ यिनको वाक्के फुटाइदिनु।
गजे – झाँक्री काका हुँदा के को डर
निर्धक्क पर्दा हुन्छ भर ।
झाँक्री – (काम्न थाल्छ) हँ हेर्…हँ हेर्…
बनझाँक्रीको चेला म मसान मसान नाँचि हिँड़्ने
भूतप्रेतलाई काबूमा ल्याउने, बोक्सी डाइनी तह लाउने
मलाई किन बोलाई ल्याएस हँ हेर्….हँ हेर्….
मलाई किन बोलाई ल्याएस भन् हँ….भन्…भन्…..
गजे – परमेश्वर दूधको दूध पानीको पानी छतछती भनिदिनु पर्याे
मधौरोको जोखाना जसरी भएपनि खोट्याई दिनुपर्याे ।
स्तुति – परमेश्वरा….परमेश्वरा…
म त भइसकेकी छु अधमरा ।
झाँक्री – लकडाउन अटेर गर्दा लाठी वर्षन्छ
झर्के थाल ठटाए….मात्र जोखाना वर्षिन्छ ।
गजे – (कातर स्वरमा) झर्के थाल ठट्टाउँदा बेस्सरी
छेँड़ परेको छ परमेश्वरा लाजै पर्ने गरी ।
स्तुति – ठोक्नु पनि गजबले ठोक्यो होला
आवेश र जोशमा होस कहाँ होला ?
झाँक्री – आकाश बाँधुँ पाताल बाँधुँ हे मनुखेनी
साह्रै खराब अर्काको होहोरीमा लाग्ने बानी ।
गजे – परमेश्वरा…दूधको दूध पानीको पानी
होहोरीमा लाग्ने परेको छ बानी ।
झाँक्री – अर्काको होहोरीमा थाल फुटायो
अरुकै लहलहैमा जाति गुमायौ
भित्ता टाली अरुको आफ्नो घर भ्वाङ्ङै पfर्याै
नदुःखेको कपाल चोयाले बाँधी दुःखाउनुसम्म दुखायौ
हँ..हेर्…मूर्खहरू अब चेतेस् होहोरीमा नलागेस्
हो कि होइन भन् भन् हो कि होइन भन् भन् ।
गजे – हो परमेश्वरा हो…हण्ड्रेड पर्सेण्ट करेक्ट
वाह ! कति अन्तरयामी परमेश्वरा परफेक्ट ।
झाँक्री – झर्के थाल बजा…बजा…मुडमा म आइसकेँ
भरमग्दूर प्रयास गर्नेछु जोखाना खुट्याउने ।
गजे – (मुखैले ढ्याङ्ग्राे बजाउँछ) डङ्कुटी डङ्…डङ्कुटी डङ्
डङ्कुटी. डङ्कुटी , डङ्कुटी डङ्…नो एनि रङ।
स्तुति – परमेश्वरा दूधको दूध पानीको पानी
झाँक्री – हँ हेर्….हँ हेर्… यो मधौरो नानी
कोरोनाको लागा लकडाउनको उखरमाउलोले
सातो यसको गएको छ पुलिस लाठी प्रहारले
हो’कि होइन भन् भन्…हो’कि होइन भन् भन्
हो भने ‘येस’ भन् होइन भने ‘नो’ भन् ।
स्तुति – हो परमेश्वरा हो…हो कति सत्य बक्नुभो
‘येस’ परमेश्वरा ‘येस’ छतछती भन्नुभो ।
यसको निम्ति के गर्नुपरने हो परमेश्वरा
पीरले म ता भइसकेँ अधमरा ।
झाँक्री – हँ हेर् एउटा निखुर हरियो भाले ल्याएस्….
साथमा दुइ बोतच सुरा पनि ल्याएस्
गजे – डङ्कुटी डङ्…डङ्कुटी डङ् हे परमेश्वरा
लकडाउनको महामारीमा के को सुरा
बरु निगारले चलाउँदा के हुन्छ होला ?
हिङ नभए नि हिङको टालोले नै चलाउनुपर्ला ।
स्तुति – हरियो भाले जति सबै जङ्गल पसिसके
कोही हिलाको दलदलमा फँसिसके
कोही काँचुली फेर्न ओथ्रा बसिसके
लट्ठीपट्ठी कसी कोई उठीवास लाइसके ।
गजे – डङ्कुटी डङ्…डङ्कुटी डङ्
डङ्कुटी डङ्कुटी,ङ्कुटी डङ्। (एकजना सौंम्य बाबाको प्रवेश)
बाबा – अलख निरञ्जन…के को यहाँ गुञ्जन….
गजे – तपाईं चैं कस्तो खाले बाबा हे हरि !
जुङाकै भारी भुँड़ीसम्मै लम्बेतान दारी ।
बाबा – हाच्छ्यूँ बाबा हुँ म (मधौरालाई हेर्छ)
मलाई कस्तो देखिन्छ ?
सौम्य शान्त बाबा जस्तो देखिन्न ?
झाँक्री – हँ कस्तो देखिन्छ र !
दुरुस्तै लादेनजस्तै देखिन्छ ।
गजे – डङ्कुटी डङ्…डङ्कुटी डङ्
डङ्कुटी डङ्कुटी,ङ्कुटी डङ्।
बाबा – (मधौरोलाई हेर्दै) अलख निरञ्जन
किन यो बालक शय्यामा लम्पसार ?
आम्मामाम्मा…..
कानका भुत्लाको ओभरटेक
नाकका भुत्लाको धलिमलि
जुङा दारीको अतिक्रमण ।
गजे – केश, नाक, कान, दारी, जुङाको मेलबन्धन यो
विपक्षी नेताहरूको समागम सङ्केत ।
झाँक्री – हँ हेर् हँ हेर्…नाकमा भुत्लाको जाम हेर
भाइरस छिर्न गाह्रो अर्ग्यानिक भुत्ला यो
वाबाको परिचय खुलस्त पार्नुपर्याे ।
बाबा – अलख निरञ्जन… (सामान्य खोकेर सामान्य हाच्छ्यूँ गर्दा मधौरो अलि अलि चल्मलाउँन थाल्छ)
मलाई सबैले हाच्छ्यूँ बाबा भन्छन्
मेरो हाच्छ्यूँले यहां प्रलय जान्छ
भूइँचालो ल्याउँछ मैले खोक्दा….।
गजे – (आत्तिएर) अलिक टाढ़ै बस बाबा
सोसियल डिस्टेन्सको ख्याल राख
तिमी बाबा हो कि कोरोनाको इन्फर्मर ?
बाबा – हाच्छ्यूँ बाबा हुँ म…हाच्छ्यूँ…
(बाबा अचानक घरै उचाल्ने गरी हाच्छ्यूँ गर्छ । स्तुति, झाँक्री र गजेको छेउछेउमै आएर घर उचाल्ने गरी हाच्छ्यूँ गर्दा तीनजना मञ्च छोड़ी भाग्छन् भने मधौरो जुरुकै उठी ‘लु आयो…पस्यो नाकको दुलामा’ भन्दै मञ्चबाट सुइँकुच्चा ठोक्छ)
पर्दा खस्छ ।
०००
सिलगड़ी (भारत)
कार्टुन : विराज प्रधान, कदमतला, सिलगड़ी, भारत