बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

यमराजको मर्त्यलोक यात्रा

पुलिस अफिसरको यस्तो कुरा सुनेर यमराजको मुटु झण्डै निस्केर बाहिर आयो । तर पनि आफूलाई सम्हाले कुनै हालतले । यमराज धेर चलमलाएनन् । कारण यिनीहरूलाई मर्त्यलोककाहरूले चिन्छन् भन्ने डर थियो ।

Nepal Telecom Spring Offer

नगिता लेप्चा राई :

यमराजको विशाल अफिसमा ल्याण्ड फोन बज्दैछ…क्रिङ….क्रिङ….  तर उनको अफिसमा पन्ध्र किलोको ताला झुण्डिएको छ । यमराज आफ्नो अफिसमा समयमा कहिल्यै आउँदैनन् । मोबाइलमा फोन गरेर पनि कुनै नाफा छैन । कि चाहिँ स्विच अफ हुन्छ कि चाहिँ भाइब्रेसन मुडमा हुन्छ । फेरि आफूले कल हेरेर ब्याक कल पनि कहिले गर्दैनन् । यमराजको उमेरले पनि डाँड़ा काटिसक्यो । त्यसैले अफिसको हेरचार गर्ने सम्पूणर् काम चित्रगुप्तलाई दिएका हुनाले यमराज ढुक्कै र निस्फिक्री छन् । यमराजको दाहिने हात भएकामा चित्रगुप्तको फुरफुर बढ़ेको देखेर छक्क पर्छन् सबै । यमराज यता उति केही भयो कि यो नरकलोकको सर्वेसर्वा म नै हूँ भन्ने चित्रगुप्तको धाक बढेर केही छान ।

एकदिन सानो कुरामा यमराज र चित्रगुप्तमाझ कुरा काटाकाट भयो । यमराजको प्रेसर क्षण-क्षणमै बढ़्छ । चित्रगुप्तसित डिसकस हुँदा उनी रिसले आगो भएका थिए । चित्रगुप्तलाई भने – चित्रे ! अचेल तिमीले साह्रै केयरलेस गर्दैछौ । मर्त्यलोकबाट आउने मानिसको सङ्ख्या दिनदिनै बढ़्दैछ । यहाँ जनसङ्ख्याको जुन बाढ़ आएको छ हुन त यसमा कसैको दोष छैन । मर्त्यलोकमा मानिस नै नमरे यो नर्कलोक सुक्छ नि ।

चित्रगुप्त – सर मैले खास कुरा बुझिनँ ।

यमराज – तिमीले तलबाट जतिलाई ल्याउँदैछौ वा तलबाट आएको जतिलाई मोटो क्यास लिएर स्वर्गमा पठाइरहेछौ, त्यसैले स्वर्ग हाउसफुल भइसकेको छ ।

चित्रगुप्त – सर तपाईको निर्देशन पालन गरेर मैले तिनीहरूलाई मोटो रकम लिएर स्वर्गवास गराएको हूँ । सर त्यसको हिस्सा मैले तपाईलाई खाममा हालेर दिएको होइन ?

यमराज – ए…त्यो पहेँलो खाम कि सेतो खाम ?
चित्रगुप्त – ब्राउन कलरको लामो खाम के को पहेँलो न सेतो ।
यमराज – आई सी! आई सी ! अस्ति तिमीले एकजना सिभकलाई दुइ हजार मात्रै लिएर स्वर्ग पठायौ तर त्यसको रसिद तिमीले दिएनौ ।

चित्रगुप्त – स्वर्गमा जानु छ भने दुइ दिनु तर रसिद चैँ पाउँदैनौ भनेर तपार्इंले नै भन्नुभएको हो इन ?
यमराज – ए…..हो र ? कतिबेला कसलाई के भनी पठाउँछु…यादै हुँदैन चित्र मलाई । उमेर पनि त भइसक्यो नि ।

चित्रगुप्त – कहाँ उमेर भइसक्यो हौ हैन…सर ! तपाईंलाई यङ्ग नै देखिन्छ नि ।

चित्रगुप्तले बूढ़ालाई यसरी नै सर्काएर फुर्काएर आफ्नो काम फत्ते पार्छन् । यमराजले आफूलाई भयङ्कर इण्टिलिजेण्ट ठाने पनि भित्र बूढ़ो खोक्रो छ । यसैले उनी जति गर्जिन्छन् त्यसको चौबर कातर छन् । मर्त्यलोकबाट कुनै टोकेस आउँछ कि भनेर आफ्नो अफिसको सम्पूणर् जिम्मावारी चित्रगुप्तलाई नै सुम्पेर आफू ढुक्कै बस्छन् । साँप पनि मर्ने लट्ठी पनि नभाँचिने ।

स्वर्गलोकको प्रवेशद्वार यमलोक सेक्रेटारिटको सम्पूणर् हर्ताकर्ता नै चित्रगुप्त हुन् । गम्भीर स्वाभावका चित्रगुप्तको आँखा औ मुटुमा असामाजिक तत्वले वास गरेको स्पष्ट देखिन्छ । मर्त्यलोकबाट आएका सबैलाई स्वर्गलोक वास गराएर पबिल्कि रिलेसन राम्रो राख्न चाहने चित्रगुप्तको भँड़ारमा लक्ष्मीको वास भने शून्य देखिन्छ ।

एकदिन चित्रगुप्तले यमराजलाई एउटा सजेशन दिए । सजेशन यस्तो थियो, एकपल्ट समय मिलाएर तर मर्त्यलोकमा गई पब्लिकसित रिलेशन बढ़ाउने । यसरी फेस टु फेस भेटघाट, बातचित गर्नाले कुनै विरोध हुँदैन ।

चित्रगुप्तको कुरा स्वीकार गरी मर्त्यलोकसित रिलेशन बढ़ाउऩ खातिर दुवै मर्त्यलोक आउने भए । मर्त्यलोक पुगे सकुशल । चारैतिर अशान्ति, नेताहरूमाझ बाझाबाझ, झण्डा साटासाट, यानवाहनको कर्कश आवाज । जाम उस्तै । बस, रेलमा यात्रुहरू गुन्द्रुक जस्तै खाँदिएका । बसभित्र अन्तर्राष्ट्रिय पसिना मगमग । पब्लिकहरू हात-हातमा झण्डी बोकेर नारा भट्याउँदै जुलूस लिएर हिँड़िरहेका छन् …त्यसले फेरि जाम सृष्टि । चित्रगुप्त र यमराजको श्वास निस्सासिसक्यो ।

बजारमा घुँइचो उस्तै । जताततै खानेकुरा, रङ् लगाइएको फल-फूल, सागसब्जी, झिँगा धूलैसरिको खानेकुरा बेचिरहेछन् । फाष्ट फुड सेण्टरमा यङ्गदेखि ओल्डसम्मका मानिसहरू उभिएर धमाधम मुख मिठाउँदै खाइरहेका छन् ।

यमराज र चित्रगुप्त मर्त्यलोकको चिल्लो सड़कको छातीमा अघि बढ़्दैछन् । सुनसान ठाउँ । दुइ युवकहरू मोटर बाइकमा आएर यमराज र चित्रगुप्तको बाटो छेक्छन् ।
पहिलो युवक – तिमीहरू यहाँ नयाँ टुरिष्ट हौ ?
चित्रगुप्त – हण्ड्रेड पर्सेण्ट करेक्ट ।
दोस्रो युवक -नो बिग टक ! नो एनि आर्गुमेण्ट । यो इलाका हाम्रो हो । हाम्रो इलाकामा जुन नयाँ मान्छेले खुट्टा टेक्छ उसले ट्याक्स तिर्नुपर्छ । हामीलाई खुसी पार्नुपर्छ ।
चित्रगुप्त र यमराजले केही नभनी उनीहरूको डिमाण्ड पूरा गरी पुलिस स्टेशनमा एफ आई आर गर्न जान्छन् ।
ड्यूटी अफिसर – ओके…त्यस इलाकाको दादाको हातबाट एऩओसी लिएर आयौ भने मात्र एफ आई आर लज हुन्छ ।

पुलिस अफिसरको यस्तो कुरा सुनेर यमराजको मुटु झण्डै निस्केर बाहिर आयो । तर पनि आफूलाई सम्हाले कुनै हालतले । यमराज धेर चलमलाएनन् । कारण यिनीहरूलाई मर्त्यलोककाहरूले चिन्छन् भन्ने डर थियो ।

एफआईआर लज भएन । यमराज र चित्रगुप्त थाना बाहिरको पिपलको रुखमुनि बसी अघि किनेको गुटखा खान थाले । सुपारी सकिएछ…यमराजलाई गुटखासित सुपारी टोक्ने बानी छ । सुपारी पनि एक दुइ टुक्रा भए त हुने नि…एक मुठी नै बुकाउँछन् । चित्रगुप्त गुट्खा खाँदैनन् । उनी भैया खैनी चेप्छन् । चित्रगुप्त खैनी मार्न थाले । सुपारी र गुट्खा मुखभरि हालेर यमराज बोले – चित्रे ! मेरो जीवनको नरक साक्षात् दर्शन भयो यहाँ ।

गम्भीर मुद्रामा चित्रगुप्त बोले – मर्त्यलोकमै नरक भोग गरिसकेकाहरूलाई त्यसैकारण मैले मोटा क्यास लिएर स्वर्गवास गराएको हुँ सर ।

यमराज -ईटस् ओके …इटस् ओके । आँउदो क्याबिनेट मिटिङमा तिम्रो प्रोमोसनको कुरा उठाउँनेछु ।
दुई बाइकवाला यी दइ तिरै आउँदै गरेका देखेर यमराज र चित्रगुप्त टोटोमा चढ़े…कहाँ जाने केही पत्तै छैन ।

०००
खोलाचन्द फाप्री, सिलगडी, भारत । 

Fitkauli Publication Books comming soon
Nepal Telecom Spring Offer
एडमिसन

एडमिसन

नगिता लेप्चा राई
फाउ

फाउ

नगिता लेप्चा राई
सावधान… होसियार !

सावधान… होसियार !

नगिता लेप्चा राई
रोटेपिङे कला

रोटेपिङे कला

नगिता लेप्चा राई
के बदल्ने खोइ ?

के बदल्ने खोइ ?

चूडामणि खनाल
शिछेक म्याँ-संघ

शिछेक म्याँ-संघ

संप्रस पाैडेल
जात्रै जात्राको संस्कृति

जात्रै जात्राको संस्कृति

माधव पोखरेल गोज्याङ्ग्रे
हाँसी रहेका मलामीहरू

हाँसी रहेका मलामीहरू

शिवप्रसाद जैशी