सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

होला त नि भन्दाभन्दै…

अस्ति भरखर दुई तिहाईको सरकारबाटमात्र स्थिरता हुन्छ भनेर कान फुके, होला त नि भनेर भोट माग्दै हिंडियो तर जनताले दिएको दुई तिहाईको ईस्टकोटलाई धोती बनाएर सडकमा नाङ्गै नाँचिरहेका छन् ।

Nepal Telecom ad

’२०४६ सालमा पञ्चायती ब्यवस्था फालेपछी प्रजाको तन्त्र आउँछ भन्दै उचाले । होला त नि भनेर चैत्र २४ गते मैतिदेवीमा गोली खाइयो । तर, पजेरोतन्त्र मात्र आयो ।

त्यसपछि मदन भण्डारीको हत्या भयो । हत्यारा पत्ता लागेपछि न्याय मिल्छ भनेर हौस्याए, होला त नि आन्दोलन गर्दा २०५० साल जेष्ठ २५ गते टुकुचामा चोपले । तर, न हत्यारा पत्ता लाग्यो न त हत्याको कारण !

त्यसपछि ’काङ्ग्रेसलाई बहुमत दिए प्रजातन्त्र र समाजवाद एकैचोटी आउँछ’ भनेर पम्प लगाए, होला त नि भन्ठानेर आफ्नै साथीको टाउको फुटाइयो तर समाजवाद हैन बरबादमात्र आयो ।

त्यसपछि फेरि जनयुद्धबाट मात्र समानता मिल्छ भनेर ०५२ सालमा उचाले, होला त नि भनेर मौन समर्थन गरियो तर जनयुद्धको जगमा धनयुद्धमात्र मौलायो ।

त्यसपछि राजा वीरेन्द्रको हत्या भयो । प्रजातान्त्रिक राजाका हत्यारालाई पत्ता लगाएपछी न्याय मिल्छ भनेर बिच्क्याए, होला त नि भन्दै कपाल खौरिएर सडकमा उत्रिइयो तर हत्यास्थल नै नष्ट गरियो ।

त्यसपछि बहुदलले बरबाद बनायो भन्दै तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिए, हो कि क्या हो भनेर मौन बसियो तर हात्ती आयो हात्ती आयो फुस्सा !

फेरि गणतन्त्रबाट मात्र जनतन्त्र सम्भव छ भन्दै उफारे, होला त नि भनेर जनाअन्दोलमा होमिइयो तर नाम अनुसार काम हुन सकेन ।

फेरि संविधानसभा पछि रामराज्य हुन्छ भनेर दिमाग भुटे । होला त नि भनेर जनता उचाल्दै हिँडियो, संविधान आयो तर पानाबाट निस्किएर नागरिकलाई नाना, छाना र दाना बन्न सकेन ।

फेरि माओवादीले मात्र परिवर्तनलाई आत्मसात गर्न सक्छ भनेर फुर्क्याए, होला त नि भनेर बहुमत बुरुक बुरुक गरियो, आफ्नै ब्यहोराले पछारिए ।

अस्ति भरखर दुई तिहाईको सरकारबाटमात्र स्थिरता हुन्छ भनेर कान फुके, होला त नि भनेर भोट माग्दै हिंडियो तर जनताले दिएको दुई तिहाईको ईस्टकोटलाई धोती बनाएर सडकमा नाङ्गै नाँचिरहेका छन् ।

मैले भोगे अनुसार २०४६ सालपछि आधा दर्जन राजनीतिक परिवर्तन भएछन् । दर्जनौं प्रधानमन्त्री बनेछन् । सयौं मन्त्री र केही हजार राजनैतिक नियुक्ति भएछन् ।

यी राजनैतिक परिवर्तनले केही थान मान्छेको जीवनमा यस्ता आर्थिक परिवर्तन पनि ल्यायो कि उसका सात पुस्ताले समेत खाइ नसक्ने सम्पती भ्रष्टाचार गरेर जोडेका कुरा हामीले सुन्न पाएका छौँ ।

तर, सर्वसाधारण नागरिक कोरोनामा सिटामोल नपाएर, अनिकालमा अन्न नपाएर, रोगमा उपचार खर्च नपाएर सर्वसाधारण नागरिकसँग सहयोगको अपिल गर्दै बस्नु परेको छ ।

मनोज सापकोटा भाइको यो अपिल पछि मेरो ईनवक्समा यति धेरै म्यासेज आएको छ कि हाम्रो अपिल पनि तपाईंको पेजमा राखिदिनु पर्यो ताकी हाम्रा आफन्तको उपचारको लागि जनसहयोग मिलोस् ।
म ती अपिलहरू क्रमशः राख्दै जानेछु । तर यस्तो बेला मेरो मष्तिष्कमा प्रश्नै प्रश्नहरूको आँधीवेहरी चलिरहेको छ…

जनता सहभागी भएका आजसम्मका यी राजनीतिक परिवर्तनहरू कसका लागि थिए ? के नागरिकको अधिकार मतदान स्थलसम्म मतदानका लागि मात्र सिमित थियो ? हामीले ल्याएका यी विभिन्न परिवर्तनको उपलब्धिभित्र आम मान्छे किन पर्दैन ?

आम मान्छेको गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यसम्म राज्य किन पुग्दैन । र, जनता किन राज्यसम्म पुग्न   सक्दैन ? म आफैंसँग प्रश्न गरिरहेको छु ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad