सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बोकाको मन

हाम्रो वंश विस्तार गर्न पनि मान्छेले दिनुपर्छ । यतिसम्म कि म र मेरी प्रेयसीबीच स्वतन्त्र प्रेम सम्भव छैन । उसले मलाई मेरी पत्नीसँग सम्पर्क गरेवापत मेरी पत्नीको मालिकले भाडा तिर्नुपर्छ ।

Nepal Telecom ad

बाख्री बूढीको कोखमा जन्मिएपछि म पर्सिए पनि बोको नपर्सिए पनि बोको ! खसी पारेनन् भने म नमरुन्जेल बोको । आफ्नो स्वार्थका निम्ति मीठो मासु खान मान्छेले मलाई खसी बनाएर पाल्छ । आखिर बोको भएपछि काल गतिले मर्न पाइने होइन । “औषधी नै थाहा नलाग्ने रोग लागेर ठहरै भएमात्र हो नत्र यो जुनी कालगतिले मर्दैन । देवीदेवताका नाममा बली चढाएर होस् वा वनभोजमा चपाएर होस् यो ज्यान मान्छेले नै लिन्छ । जस्तोसुकै मीठो घाँस र दानापानी दिएर मोटाउन लगाए पनि आफ्नै भूँडीको निम्ति गर्छ मान्छेले । अरु त परै छाडौ त्यो दुर्गन्धित दिसा निस्कासन हुँदै गरेको आन्द्रासमेत पखालेर खान्छ । मलाई त लाग्छ मेरो जन्म मान्छेकै आहाराखातिर भएको हो । देवीदेउता छन् भन्ने विश्वास गर्छ उसले र मलाई बली दिन्छ तर मेरो बली चाहिने देउता छन् भन्ने मलाई पटक्कै लाग्दैन । नत्र त मन्दिरबाट निस्केर उनैले मलाई मार्नु पर्ने ! मान्छेले रेट्छ र आफैंले आहार गर्छ ।

आफूखुसी न म खान सक्छु न त हिड्न नै । मलाई मान्छेकै स्वार्थका निम्ति जन्म दिइएको हो । खानपिन र हिंडडुलमा मात्र होइन पत्नीसँग सम्भोग गर्न पनि म मान्छेद्वारा नै नियन्त्रित छु । हाम्रो वंश विस्तार गर्न पनि मान्छेले दिनुपर्छ । यतिसम्म कि म र मेरी प्रेयसीबीच स्वतन्त्र प्रेम सम्भव छैन । उसले मलाई मेरी पत्नीसँग सम्पर्क गरेवापत मेरी पत्नीको मालिकले भाडा तिर्नुपर्छ । बस् ! म जन्मदै बोको न परें । या त बली चढाइन्छु या अरुकै नियन्त्रणमा बाख्रीहरूसँग सहवास गराइन्छु । आखिर खुकुरीकै रेटाइबाट मृत्यु हुन्छ ।

मानिसहरू हाम्रा कृत्रिम शत्रु हुन् । प्राकृतिक शत्रु त बाघ, भालु, ब्वाँसो, जस्तो जन्तुहरू हुन् । यिनीहरूले हाम्रो आहार गर्नु त स्वभाविक नै हो तर मानिसले टुक्राएर हाडसमेत बाँकी राख्दैन । हाम्रो जाति नै उन्मूलन भए पछि के गर्लान् यिनीहरू । त्यसो त हाम्रो मासुले मात्र नपुगेर कुखुरा, भैँसी र चोँचे जस्ता प्राणी पनि लुछ्न पछि पर्दैनन् । बरु मैले गर्व गर्नुपर्छ मासुमध्ये श्रेष्ठ हाम्रै मासु हो । सर्बोत्तम र महङ्गो पनि हाम्रै मासु पर्छ । मान्छे पनि कति अदूरदर्शी छ कुन्नि यो थाहा छैन उनीहरूलाई कि हाम्रो लोप भएपछि हाहाकार हुन्छ भन्ने । खाँदा खाँदै एक न एक दिन हामी लोप हुन्छौँ । हाम्रो शेषपछि कुखुरा, पाडा, चोँचे, हाँस, कुकुर सबैको मासु सिद्धिन्छ । त्यसपछि आफ्नै अनुहार मिल्ने बाँदरको पालो आउला । यसैगरी सबै जनावरहरूको अन्त्य हुन्छ । त्यतिखेर यो पृथ्वीको घाँस खाने कोही हुने छैन । या त घाँस मान्छेले आपैm खानुपर्छ या आगो लगाउनुपर्छ । सोँचेका छैनन् उनीहरूले त्यतिखेरको वातावरण कति कहाली लाग्दो होला ।

मलाई अर्को कुरामा पनि गर्व छ । अर्काका उपकारका निम्ति मैले ज्यान दिन डराउन्न । ‘परोपकार पुण्याय पापाय परपीडनम्’ भन्ने उक्ति ममा शतप्रतिशत लागु भएको छ । मान्छेले त केबल हत्यामात्र गर्दछ । परोपकार हामीले गरिरहेछौँ । म चोक्टा चोक्टा भएर कति जनाको पेटमा पुग्छु ठेगान हुँदैन । विवाह होस् या वनभोज, ठूलाठूला होटल हुन् या स-साना भट्टीपसल म जताततै हुन्छु । म नभए आजकल पाहुनाको सत्कार हुँदैन । म आफूले सोमरस सेवन गर्न नपाए पनि मसँगै ऊ पनि साथी भएर हिड्छ । त्यस्तो धमाका मच्चाउन सक्ने वस्तु मेरो साथी हो भन्दा हर्षित हुन्छु ।

म र मजस्तै अन्य मासुको निम्ति प्रयोग भइरहेका प्राणीहरूको अन्त्य भएपछि बाघ भालुहरूले खाने आहारा मान्छे नभएर अरु के हुन्छ र ? त्यो पनि विचार गर्दैन मान्छे । दुःख लाग्छ यो पृथ्वीमा शाकह।री प्राणीलाई यी सर्वाहारी मान्छेले सिध्याए भने प्रकृतिले मान्छेलाई नै बली माग्नेछ । बलीको बोको म होइन ऊ नै हुनेछ । गौतम बुद्ध भन्ने एउटा ज्ञानी मानिस जन्म्यो भन्छन् । उसले चलाएको अहिंसाको उपदेश खै आजको मान्छेले मान्दैन । बुद्ध तँ नजन्मेकै भए वेश हुने थियो तेरो ज्ञान अरुलाई काम लागेन अरुले त्यो पालना गरेनन् ।

मेरो पनि शरीर छ, आत्मा छ, मन छ अथवा सबै थोक छ । बरु बढ्ता तिम्रोभन्दा पुच्छर अनि सिङ छ । मेरो बुद्धि तिम्रो जति नहोला तर याद गर दुखाइ त तिम्रो मेरो बराबर नै हो । तिम्रो जस्तो भाषा नहोला तर दिल त मेरो पनि छ । मलाई पनि पूरा आयु ज्यून रहर लाग्छ । तिमी बिरामी भए औषधी गर्छौँ, मलाई भने … । थाहा छ मलाई थोरै तलमाथि पर्‍यो भने तरबार तयार पारिहाल्छौँ ।

सिङ पुच्छर भएकाले हामीलाई जनावर भन्छौँ तिमी तर तिम्रो अदृश्य सिङ र पुच्छर कति खतरा छ गहिरिएर विचार गर त । हामी दाम्लाले बाँधिए पछि त्यसैको अधिनमा रहन्छौँ तर तिमी दाम्लो छिनालेर मन्द्राउँछौ । त्यसो त तिम्रो र हाम्रो दाम्लोमा फरक छ । तिमी आफ्नो दाम्लो आफैं बाट्छौ, हामी सक्दैनौँ । मैले सम्झाउन खोजेको के मात्र हो भने तिमी सधै कानुनको उल्लङ्घन गर्छौ । मर्यादा नाघेर काम गर्छौ । नियम मिच्छौ । त्यसैले हिंसातिर लाग्छौ । हामी हिंसा गर्दैनौँ । मलाई तिमीले काटे पनि म तिमीभन्दा परोपकारी छु ।

मेरो मन तिम्रो कम्प्युटरभन्दा पनि छिटो छ । तिमी नपुगेको ठाउँमा म पुगेँ । म मान्छेलेमात्र भरिएको त्यस्तो संसारमा पुगेँ जहाँ पशुपन्छी केही छैनन् । कल्पना गर त त्यो दुनियाँ कस्तो होला । तिम्रो भावी पिँढीले अनुभव गर्ने छ । किनकि हामीलाई बध गरेर तिम्रो शाखा सन्तान बढी रहनेछन् । अब हामी अटाउने ठाउँ नै यो पृथ्वीमा कहाँ होला र ? हामी बस्ने र चर्ने ठाउँ पनि तिम्रै हितका लागि सडक हवाइमैदान आदि बनाएर सिद्धिने भए । अझ बढ्ता त घना बस्ती भएको सहरतिर महँगो दाममा बेच्न लैजान्छौ दिनदिनै । गाउँतिर हाम्रो उठीबास भैसक्यो । कहिलेकाहीँ चराउन लैजादा बाघले छोप्यो भने मात्र हाम्रो प्राकृतिक मृत्यु होला अन्यथा हुँदैन । आखिर म बाख्रीबुढीको सन्तान परें । न त म बोलेको बुझ्छौ न मेरो व्यथा । साक्षात भगवान् नै प्रकट भएर ‘अबदेखि बोका नकाट’ भने पनि मान्दैनौ तिमी ।

मेरो नीलो रगत भए कुरा बेग्लै हो । तिमीहरू भने जातीय समानताका लागि रातो रगतको एकमात्र मुद्दा अघि सार्छौ । आखिर हाम्रो रगत पनि त रातै छ नि कहिल्यै सोचेका छौ ? यो पनि विचार गर्नैपर्छ रातो रगतका आधारमा तिमी जातीय भेदभाव अन्त्य गर्छौ भने, हामीलाई पनि पशुअधिकार चाहिन्छ । बडो मानव अधिकारका गुड्डी हाक्छौ । आखिर तिमीहरूको जातीय विभेद रगतले छुट्याउदैन संस्कारले छुट्याउँछ बुझ्यौ । तिम्रो आफ्नै संस्कार र सभ्यता घिनलाग्दो छ । यो कुरा गर्दा मलाई पनि तिम्रो हेराइ टेढो पर्ला । परे परोस् ।

तिमीमा जस्तो धनी-गरिब, पुरुष-महिला, गोरा-काला, छुत-अछुत, साङ्ग-अपाङ्ग, हिन्दु-मुस्लिम जस्ता तमाम भेद उपभेद हाम्रो छैन । हामी त सबै समान, हामीबीच पानी बाराबार चल्दैन । आखिर काटिनु र काटिएपछि चाटिनु हाम्रो नियति हो ।

तिमीहरूले जस्तो अन्याय हामी कसैबाट पनि हुन्न । निर्धालाई दवाउने मानवीय प्रवृति हो । तिम्रो दाम्लोबाट मुक्त हुने हो भने हाम्रो आफ्नै स्वतन्त्र संसार हुन्छ । हामी त सबै मिलेर बस्छौँ । तिमीहरू जस्तो अर्काको रगत चुसेर हामीलाई धनी बन्नु छैन । कसैलाई बास नदिएर गगनचुम्बी महल बनाउनु छैन । बस् ! प्रकृतिले दिएको घाँस खायो बस्यो । अहिले त जेलमा परेको कैदी भैmँ अड्कलेको मुठी खानु परेको भएर पो लुछाचुडी गर्नु परेको । तिमीलाई भने गर्नु नगर्नु गरेर जेल बस्दा पनि चाँडो रिहा हुन हतार हुने हामी चाहिँ सधै मृत्युदण्डका भागीदार ! छोडिदेऊ अब हामीलाई पनि । हाम्रो पनि त बाँच्न पाउने अधिकार होला नि ! के यो पृथ्वी मान्छेका लागिमात्र हो ? यदि त्यसो हो भने पनि त्यो कदापि हुन सक्दैन । ल देखाएर हेर त ।

कति बकबक गर्‍यो यो बाख्री बुढीको नाति भनौला । गर्नै पर्ने थियो र बकबकाएको हँु । हाम्रो बोली तिमी बुझ्ने होइनौ क्यारे । मलाई बुद्धि नभएको कामुक जस्ता संज्ञा दिन्छौ तिमी । हो, म बाख्रीबुढीको नातिमात्र नभएर पोई पनि हुँ । म कामुक छु । मलाई सम्भोग गर्न नाताले छेक्दैन तर देखेका छौँ ? मलाई एड्स भएको ? मैले मेरो जातिमा बाहेक अरु कसैसँग यौन सम्पर्क गर्दिन । उखान त तिमीले नै बनायौ क्यारे ‘भेँडा भेँडासित बोका बोकासित’ भन्ने ? उता तिमीहरू एड्सको महामारीले ग्रस्त छौँ । यौन स्वतन्त्रता हामीमा छ बरु । तिमी भने मान्छे नपाए हाम्रा दिदीबहिनीहरू पनि बलात्कार गर्छौ । मैले नै देखेको छु । बाख्री नपाए गाई र त्यो पनि नपाए भैँसीसँग यौन सम्पर्क गर्छौ तिमी ! तर हामी कहिल्यै त्यसो गर्दैनौं जति कामुक भए पनि । दिन र रातसँगै नभए जस्तै तिमी बाँच्दासम्म हामी मर्नुपर्छ । त्यसैले चित्त बुझाएको छु हामीलाई एड्स हुँदैन । यो त मान्छेलाई मात्र हुन्छ भनेर ।

हामीहरू नकाटिने, मानिसबाट नचाटिने समय नजिकै आउनेछ । त्यसैले अहिले म मर्नु परे पनि मेरा भावी पुस्ता सुरक्षित छन् । मैले मेरा साथीहरूलाई सान्त्वना दिने गर्छु । ‘हेर साथी हो : हामी जति कामुक भए पनि हामीलाई एड्स हुदैन । एड्स त मान्छेलाई मात्र हुन्छ । दक्षिण अफ्रिकामा आधासरो एड्सग्रस्त भैसके । यो जताततै फैलिन्छ । किनकि मानिस यौन संवेगमा हामीभन्दा नीच जात हो । त्यसैले ढुक्क होऊ एक न एक दिन यो संसारका मान्छे एड्सले मर्नेछन् । त्यो दिन हामी यसरी दाम्लोमा बाँधिनु पनि पर्ने छैन र अचानोमा रेटिनु पनि पर्ने छैन, जाबो लोप हुन आटेको बाघले त कतिलाई पो खाला र !’

बम्घा, गुल्मी

यही शीर्षककाे निबन्धसङ्ग्रहबाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वरिष्ठ जुवाडे

वरिष्ठ जुवाडे

काशीनाथ मिश्रित
खेल्छन् होली

खेल्छन् होली

काशीनाथ मिश्रित
देश बन्ला खरानी !

देश बन्ला खरानी !

काशीनाथ मिश्रित
मात्र बेरियो गठबन्धन

मात्र बेरियो गठबन्धन

काशीनाथ मिश्रित
भिटामिन एम

भिटामिन एम

काशीनाथ मिश्रित
प्रजातन्त्र दिवस !

प्रजातन्त्र दिवस !

काशीनाथ मिश्रित
नुनको बाङ्गो

नुनको बाङ्गो

काशीनाथ मिश्रित
जो होचो उसका मुखमा घोचो

जो होचो उसका मुखमा...

काशीनाथ मिश्रित
भाइ फुटे गँवार लुटे

भाइ फुटे गँवार लुटे

काशीनाथ मिश्रित
नुनकाे बाङ्गाे

नुनकाे बाङ्गाे

काशीनाथ मिश्रित