बागमती प्रदेश सञ्चार कार्यालय लामो

ज्याकको नालीबेली

ज्याक भएन भने पर्समा पैसा हुन्न, चुनावमा भोट आउँदैन, टेबुलमुनिबाट नोट आउँदैन, अपराधीलाई चोट आउँदैन, दोषीलाई पूर्जी आउँदैन, कर्मचारीलाई कूर्ची आउँदैन ।

शब्द नयाँ पनि होइन, पुरानो पनि छैन, मिठो पनि होइन, नमिठो पनि छैन, आधुनिक पनि होइन, प्राचीन त झन् छैन, भूतको पनि होइन, भविष्यको पनि होइन, चाहिने पनि होइन, नचाहिने पनि होइन, जातको पनि होइन, भातको पनि होइन, दिनको पनि होइन, रातको पनि होइन, खाने पनि होइन, जाने पनि होइन, आफ्नो पनि होइन, अर्काको पनि होइन, जे,जसरी, जहाँ, जहिले, जसको, जस्तो अर्थमा बुझ्न सकिन्छ भनौँ वा बुझ्न भ्याइन्छ त्यसरी नै चाख्दा हुन्छ ज्याकको स्वाद । आँपको स्वाद काँचोमा अमिलो अनि पाकेपछि गुलियो हुन्छ तर ज्याकको स्वाद ठ्याक्कै यस्तै हुन्छ भन्ने त चाखेकाहरूलाई बताउन त हम्मेहम्मे पर्छ भने तपाइँ हामीजस्ता नचाख्नेहरूलाई त राम कहानी नै हो ।

समय, सन्दर्भ, सभ्यता, संस्कृति,सदाचार आदि, आदि कुराहरूले गर्दा ज्याकको रूप, गुण, अर्थ , विशेषता, वैधानिकता आदिमा निकै ठूलो अन्तर पर्दछ । नपरोस पनि कसरी ? भन्नुहुन्छ भने पहिला-पहिलाको जमानामा आफ्ना बाबु आमा भएनन् भने निकै अभागी, टुहुरो विचरा भन्ने गर्दथे तर आजभोलिको जमानामा भने यस्तो खासै बित्याँस पर्दैन किनकि सबैभन्दा महत्वपूणर् वस्तु, सबैभन्दा प्यारो वस्तु भनौँ वा बहुमूल्य वस्तु भनौँ ज्याक शब्दले ओगटेको छ । नओगटोस् पनि कसरी, कुरोको जुरोमा चढ्दै जाने हो भने तपाइँ हामीसँग पैसा, परिवार, धन, सम्पत्ति, मित्रता आदि सबै कुरा नभएर केही हुनेवाला छैन, यदि ज्याक बलियो छ भने आफ्नै बाबुआमाले गर्ने हितभन्दा पनि निकै गुणा धेरै हित गर्न सक्छ, एकै दिनमा, एकै छिनमा ।

हजुर हामीमध्ये पनि कति भुक्तभोगी छौँ ज्याकसँग । कति परिचित छौँ ज्याकसँग । एउटा खेलौनाको पेच कस्न होस् कि हवाइजहाजको पेच कस्न होस्, हाजिरको पेच कस्न होस् कि जागिरको पेच कस्न होस्, भिक्षाको पेच कस्न होस् किशिक्षाको पेच कस्न होस्, जातमा पेच कस्न होस् कि भातमा पेच कस्न होस, उन्नतिको पेच कस्न होस् कि प्रगतिको पेच कस्न होस्, निसाफमा पेच कस्न होस् कि हिसाबमा पेच कस्न होस्, प्रेमी हत्याउन होस् कि प्रेमिका पट्याउन होस, घरमा जान होस् कि वनमा जान होस्, कूर्ची पाउन होस् कि फूर्ति लाउन होस्, घरवार बसाल्न होस् कि तरबार बसाल्न होस्, खानको लागि होस् कि जानको लागि होस्, फल्नको लागि होस् कि बल्नको लागि होस्, उड्नको लागि होस् कि डुब्नको लागि होस्, हानाहानको लागि होस् कि तानातानको लागि होस्, जुध्नको लागि होस् कि थुुन्नको लागि होस्, घाम हटाउन होस् कि जाम घटाउन होस्, आफू बनाउन होस् कि अरुलाई खन्याउन होस्, ज्वाइँ खोज्न होस् कि बुहारी रोज्न होस्, घुस खान होस् कि जुस खान होस्, सबै सबै काममा, सबै सबै ठाउँमा सबैलाई चाहिने अमूल्य चिज भनेको नै ज्याक हो ।

हजुरहरू मख्ख पर्नुभएको छ पक्कै, यो मानेमा कि, मैले धेरै पढेको छु, मसँग धेरै सम्पत्ति छ, मेरो राम्री श्रीमती छ, मेरो राम्रो जागिर छ, मेरा निकै धनाढ्य आफन्तीहरू छन, मेरो कार छ, मेरो हार छ, मेरो छोरो अमेरिकामा छ, मेरो बाबु इज्जतवालाछन्, मेरो करोडौको व्यापार छ, मेरा थुप्रै प्रेमी अनि प्रेमिकाहरू छन् आदि । माथि उल्लिखित कुराहरूको साथमा अनेकौ कुरा हुन सक्छन् तर विचार पुर्‍याउनुहोस् यी सबै कुराहरू भएर पनि हजुरहरूसँग सर्वप्रिय चिज, सर्वप्रिय पात्र ज्याक छैन भने ती सबै कुराहरू एकैछिनमा ब्याक हुन्छन् । सबै काम कुराहरूलाई सफलतामा जोड्ने पुल भनेको ज्याक हो । हामीहरूले सबै कुरा कमाउछौँ तर ज्याक कमाउन बिर्सियौँ भने आफूले दुःखसँग कमाएका सबै कुराहरू क्षणभरमा नै ब्याक हुन्छन्, एकैछिनमा नै ह्याक हुन्छन् ।

जमाना धेरै फेरिइसकेको छ । जमाना रामको पनि गइसक्यो, जमाना धामको पनि गइसक्यो, जमाना दामको भन्छन् अनि सूचना र सञ्चारको भन्छन् तर अबका हामीहरूले निर्धक्कसँग भन्न सक्छौ कि यो जमाना सबै छाडी ज्याकको हो । हो साँच्ची मानिस चेतनशील प्राणी त्यसैले पनि ऊ जमाना अनुसार चल्नुपर्छ,जमाना अनुसार हिड्नुपर्छ, जमाना अनुसार बाँच्नुपर्छ, जमाना अनुसार नाच्नुपर्छ, जमाना अनुसार हाँस्नुपर्छ, बस् यी सबैका लागि चाहिने सर्वव्यापी चिज भनेको ज्याक नै हो ।

हजुर हामी नै प्रत्यक्ष अनुभवका पात्र छौँ । राम्रो ज्याक नभएसम्म आफ्नै भान्छामा श्रीमती ज्यूबाट मिठो खाना आउँदैन, धारामा पानी आउँदैन, दोबाटोमा नानी आउँदैन, पैसा आउँदैन, उमेर पुगिसक्दा पनि बैंश आउँदैन, कलेजबाट शिक्षा आउँदैन, कमण्डलुमा भिक्षा आउँदैन, पर्समा पैसा हुन्न, चुनावमा भोट आउँदैन, टेबुलमुनिबाट नोट आउँदैन, अपराधीलाई चोट आउँदैन, दोषीलाई पूर्जी आउँदैन, कर्मचारीलाई कूर्ची आउँदैन, ज्याक भएन भने हवाइजहाज र कार त टाढाका नै कुरा भए, सानो साइकल पनि आउँदैन, भन्सारबाट विकास आउँदैन, आई.एम.ई. बाट रेमिटान्स आउँदैन, पति – पत्नीबाट प्रेम आउँदैन, साथीबाट मित्रता आउँदैन, लैनो भैंसीबाट दूध आउँदैन,खानाबाट शक्ति आउँदैन, पूजापाठ गरे पनि भक्ति आउँदैन ।

नमिल्ने कुरालाई मिल्ने गराउने, नपुग्ने ठाउँमा पुग्ने बनाउने पहलवान शब्द ज्याक नै हो । ज्याक भएपछि नपढे पनि मार्कसिट पाइन्छ, साइकल चलाउन नजान्नेले पनि सबै किसिमका लाइसेन्स पाइन्छ । एउटी श्रीमती पाल्न नसक्नेले पनि फेरि-फेरि श्रीमती पाइन्छ,सबैभन्दा उच्च कोटिकी पातली र ठिक्ककी मोटी पाइन्छ, । मान्छे मारे पनि अदालतबाट उम्कन पाइन्छ, सानो काममा पनि धेरै स्पिड मनि पाइन्छ, मह नकाढिकनै मिठो हनी पाइन्छ, बिउ बिनाको फल पाइन्छ, भाग्य सपार्ने मल पाइन्छ, लुरेलाङ्रे भए पनि धेरैलाई जित्नसक्ने बल पाइन्छ, निर्दोषले पनि जेल पाइन्छ, शत्रुलाई बढार्ने भेल पाइन्छ, रोजीरोटी पाइन्छ । नभएको कुरालाई हुने बनाउने, नजानेको कुरालाई जान्ने बनाउने, सबै काम गर्न सक्ने ज्वान भनेको नै ज्याक हो ।

हामी अभ्यस्त हुनुपर्छ अब, हामी निश्चिन्त हुनुपर्छ अब । सबै आफ्नो सुहाउँदो हुने र मिल्ने कुरामा र्‍याक बनाउने काम भनेको ज्याकको अभाव नै हो । घरमो भकारी रित्तो होस्, हरमा कपडा नहोस् तर ज्याक बलियो छ भने हामी नआत्तिइकन थपक्क बस्ता पनि भैहाल्छ । ज्याक भए पछि मौकामा छक्का हान्न मिलिहाल्छ, गास, बास र कपास त हुँदैभयो अझ त्यसमाथि त्रास सबै हटाएर मिठा-मिठा आस मात्र गरे पुग्छ । बास् हामीसँग हुनुपर्छ ज्याक अनि त जहाँसुकै पुगौँ सबै काम ठ्याकठ्याक । जागिर फटाफट, प्रगति फटाफट, सम्पति फटाफट, पिरती साटासाट, करोडपति रातारात, मित्रता साथासाथ । हाम्रा कुरा यहाँहरूलाई कस्तो लाग्यो कुन्नि, गाली गर्न नबिर्सनुहोला ।

स्याङ्जा, हाल काठमाडौं

बागमती प्रदेश सञ्चार कार्यालय लामो
धन्न चुनाव हारियो !

धन्न चुनाव हारियो !

गायत्री परिरोशनी
नेपाल खरानी दलको घोषणा पत्र

नेपाल खरानी दलको घोषणा...

गायत्री परिरोशनी
घटाउनै गाह्रो भो !

घटाउनै गाह्रो भो !

गायत्री परिरोशनी
कार्यकर्ता जागिर

कार्यकर्ता जागिर

गायत्री परिरोशनी
महान चाड चुनाव

महान चाड चुनाव

गायत्री परिरोशनी
छानबिन आयोग

छानबिन आयोग

गायत्री परिरोशनी
धन्न चुनाव हारियो !

धन्न चुनाव हारियो !

गायत्री परिरोशनी
घटाउनै गाह्रो भो !

घटाउनै गाह्रो भो !

गायत्री परिरोशनी
कार्यकर्ता जागिर

कार्यकर्ता जागिर

गायत्री परिरोशनी
महान चाड चुनाव

महान चाड चुनाव

गायत्री परिरोशनी
छानबिन आयोग

छानबिन आयोग

गायत्री परिरोशनी
कमाइ खाने धन्दा

कमाइ खाने धन्दा

गायत्री परिरोशनी