बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

चालीस कटेपछि

आजभोलि त अझ चालीसको भाऊ निकै चर्को भइसक्यो क्या । पाको बन्ने पनि चालीस कटेपछि, बोको बन्ने पनि चालीस कटेपछि । समाजमा जे खोजिन्छ त्यसपछि खोजिन्छ, जहाँ रोजिन्छ त्यसपछि नै रोजिन्छ ।

Nepal Telecom Spring Offer

मौका आउनुपर्छ तालुमा आलु फल्छ भन्थे साँच्चै हो रहेछ । नेपाली राजनीतिको बच्चै उमेर मानिने दुई बीसेले ट्वाक्क घन्टी लाको दिन आलु फल्ने तालुमा आलु मात्र होइन हजुर एकै पटक धेरै कुरा फल्यो । उच्चकोटिको, उन्नत प्रविधिको उच्च रक्तचाप नामको ब्लड प्रेसर फल्यो । यत्रो महङ्गीको जमानामा आफ्नै शरीरमा सुगर फल्यो । यत्ति मात्र कहाँ हो र ? सरकारी लगानीमा चाहिएको जति बनाउन नसकेको कोल्ड स्टोर आफ्नै शिरा र धमनीमा बिना लगानीमा नै झपक्कै फल्यो । आफ्नै आँखामा मात्र होइन प्रियतम अनि राजकुमार र राजकुमारीको आँखामा समेत पावरवाला चस्मा फल्यो ।

फल्ने कुरा मात्र होइन, बढ्ने कुरो त झन् अचम्मको नै हँुदोरहेछ । निकै छिटो बढ्ने भनेर सबैले रुचाउने अन्तर्राष्ट्रिय चरो (ब्वाइलर कुखुरो) एक किलो बढ्नको लागि झण्डै दुई महिना लाग्छ । त्यही चरोलाई खाएर मल्किएको आफ्नै जीऊ एकै महिनामा सात किलो बढ्यो । शरीर बढेपछि, अझै हजुरहरूलाई नढाँटीकन कानमा खुसुक्क भन्दा आफ्नै भूँडी बढेर गणेशको भन्दा ठूलो भएपछि समाजमा इज्जत पनि एकाएक बढ्यो । मानसम्मान बढ्यो, प्रतिष्ठा बढ्यो । लुरे हुँदा यसो छिमेकीको घरमा गएको बेला बस्नलाई एउटा पिर्का पनि कसैले पत्याउन्थेनन् । अहिले त सबैले काठको कुर्ची भाँचिन्छ कि भनेर फलामकै कुर्ची ल्याएर दिन्छन् । कुर्न सक्नुपर्छ पालो आउँछ भन्थे हो रहेछ ।

आफ्नै मासु बढेपछि काम नै नगरीकन अमीर बन्ने जुक्ति, बुद्धि झ्याप्पै बढ्दोरहेछ । त्यो पनि दिनमा दुई गुणा अनि रातमा चार गुणा । चाकरी र चाप्लुसी गर्न कसैको क्लास लिन नै नपर्ने । मौकामा चौका हान्न मिल्ने, नेपाली जमिनमा निकै फस्टाउने नेताखेतीको सम्भावना उच्च गतिमा बढ्यो । जनावरको भएको भए पाउण्डमा हिसाब हुन्थ्यो, आफ्नो त क्विन्टल नै नाघ्दा पनि किनबेचको कुरा कहीँ उठ्दैन । बढ्न थालेपछि भोकै बसे पनि बढ्दो रहेछ यो मासु भन्ने कुरो । आफ्नै घरमा पालेको खसीलाई मुरी ख्वाउँदा पनि मानो बढ्दैन । हामी मान्छे भन्ने उच्चकोटिको जनावरको भने मानो खाँदा पनि मुरी-मुरीको मासु कसरी बढ्छ हँ ? आफूलाई त यही कुरामा विद्यावारिधि गरौँ-गरौँ लाइराछ भन्या ।

हाम्रै गाउँका माइला बाले आफ्नो एउटा सिङ्गो पाखो बारिभरि उखु लगाउनु भयो तर उहाँको परिवारमा कसैलाई पनि सुगर भन्ने अमूल्य बुटी देखिएन । जिन्दगीभर सुगरक्यानको खेती गर्नु दुर्भाग्य उहाँको । उहाँकै चार/पाँच पुस्तासम्म कसैको शरीरमा सुगर फलेन । बरु हाम्रा खलकमा कसैले सुगरक्यान खेती गरेन तर अहोभाग्य मान्नुपर्छ, सबैलाई आफ्नो शरीरमा नै सुगरको अमूल्य बुटी स्वतःस्फूर्त फलिरहेछ ।

आधुनिक जमानाका, आधुनिक मानिसहरू फाइदा र काइदामै मस्त छन् । बच्चा पेटमा भाको बेला विकासे खानेकुरा खाएकाहरूले त अझ बच्चा जन्मदा नै जण्डिस उपहार लिएर जन्मन्छन् । पहिला-पहिलाकाले भाग्यमानीको भूत नै कमारो भन्ने गर्थे, आजभोलिकाले त भाग्यमानीको खानेकुरो नै कमारो भन्दा कसो होला कुन्नि ? आजभोलिका बच्चाहरूले के खान्छन् कुन्नि ? आठ-दश वर्षमा नै आधा क्विन्टल भन्दा झँटिला हुन्छन् । जन्मदै जण्डिस र सुगर उपहार लिएर जन्मेका अत्याधुनिक बच्चाहरू चालीस कटेपछि त झन् कति धेरै उपलब्धि गर्ने होलान् ? यस्तै- यस्तै आधुनिक फाइदा र काइदाका उपलब्धिले विश्व बजार नै तात्तिएको छ । व्यापारको अर्थशास्त्र उच्च बिन्दुमा मात्तिएको छ । सबैको शरीरमा सानो उमेरमा नै मासु भन्ने कुरो थपिएपछि व्यापारीलाई काइदा, पसलेलाई फाइदा, डाक्टरलाई मालामाल, एउटै सन्तान फालाफाल कसो ?

गीत त सुनेकै हो चालीस कटेपछि रमाउँला भन्ने त्यति मात्र कहाँ हो र हजुर ? रमाउने कुरामा मात्र होइन कमाउने, समाउने, जमाउने मात्रै नभएर भर्ने- भराउने, हर्ने-हराउने, सर्ने-सराउने, चल्ने-चलाउने सबै कुरोको चुरोमा पुग्ने भनेकै चालीस कटेपछि हो भन्दा हजुरहरूले टाउको नदुखाएकै बेस हुन्छ है । बच्चा उमेरमा कसैले प्रगति गर्न नसकेर के भो र ? अहिले हाम्रा मुलुकमा हेर्नोस् न चालिस काटेपछिका बुद्धिजीवीहरूले कति ठूलो व्यापार गरेका छन् । उसै त दिनको दुई हजार जनालाई रेमिट्यान्स भित्राउने गरी निर्यात गरिन्थ्यो । यसो गर्दा पनि व्यापार घाटा निकै उच्च भएकोले हुनुपर्छ नयाँ जुक्ति निकालेको । जान खोज्नेलाई दिन सक्ने जति स्वदेशकै रेमिट्यान्स लिएर सधैँको लागि विदेशमा निर्यात गर्ने उद्योग खोल्नुलाई चानेचुने प्रगति मान्नुहुन्न है । जान पाउनेलाई पनि फाइदा, जान दिनेलाई पनि फाइदा, व्यापार जति सबै नाफामा, बेरोजगारको संख्यामा पनि कमी यहाँ भन्दा बढी फाइदा त अरु के गरेर होला र खै ?

आजभोलि त अझ चालीसको भाऊ निकै चर्को भइसक्यो क्या । पाको बन्ने पनि चालीस कटेपछि, बोको बन्ने पनि चालीस कटेपछि । समाजमा जे खोजिन्छ त्यसपछि खोजिन्छ, जहाँ रोजिन्छ त्यसपछि नै रोजिन्छ । मेरा हजुरबाबाको पालामा चालीस काट्दा तीन/चार वटा पत्नीको पति बन्नुहुन्थ्यो । अहिले जमाना आधुनिक भएर होला चालीस कटेपछि त अहिलेका हजुरबाबाहरू मात्रै होइन हजुरआमाहरू पनि कसैले नदेख्ने गरी दुई/चार वटा पतिका पत्नी बन्ने सुअवसर प्राप्त गर्नुभएको छ । जे मनलाग्छ त्यही गर्छन् चालीस कटेपछि, थाहै नपाई ज्यूँदै मर्छन् चालीस कटेपछि । यस्तै-यस्तै उन्नति र प्रगतिका कामकुरा बाँकी रहेका चालिस काटेकाहरूले पनि गर्दा कसो होला ?

०००
स्याङ्जा, हाल- काठमाडौं

फित्काैलीको सूचना
Nepal Telecom Spring Offer
ठूलो यसरी भएँ

ठूलो यसरी भएँ

गायत्री परिरोशनी
सरकार ! म पनि मन्त्री बन्छु

सरकार ! म पनि...

गायत्री परिरोशनी
बोरिङका टी-चर

बोरिङका टी-चर

गायत्री परिरोशनी
ढाल्ने अनि ढलाउने खेल

ढाल्ने अनि ढलाउने खेल

गायत्री परिरोशनी
म पाखे भएकी छु

म पाखे भएकी छु

गायत्री परिरोशनी
काण्डैकाण्ड

काण्डैकाण्ड

गायत्री परिरोशनी
बोरिङका टी-चर

बोरिङका टी-चर

गायत्री परिरोशनी
काण्डैकाण्ड

काण्डैकाण्ड

गायत्री परिरोशनी
कति हेर्नु जात्रा ?

कति हेर्नु जात्रा ?

गायत्री परिरोशनी
गुट उद्योग

गुट उद्योग

गायत्री परिरोशनी
कानका कुरा

कानका कुरा

शेषराज भट्टराई
बिग्रेको मान्छे

बिग्रेको मान्छे

गायत्री परिरोशनी