बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

भैरव र वासुदेवको ‘कौवा प्रकाशन’लाई स्मरण गर्दै…

हास्यव्यङ्ग्यको ऐतिहासिक एक कालखण्डमा भैरव अर्याल र वासुदेव लुइँटेलको सक्रियता मार्फत स्थापित ‘कौवा प्रकाशन’लाई स्मरण गर्दै हास्यव्यङ्ग्य कृतिहरूको व्यवस्थित प्रकाशनतर्फ पनि फित्कौली रूचि राख्दैछ ।

Nepal Telecom ad

नरनाथ लुइँटेल :

नेपाली हास्यव्यङ्ग्यका पाका-पुराना स्रष्टाहरूप्रति श्रद्धा-सम्मान र नवागतहरूलाई उत्प्रेरणा प्रदान गर्दै आएको फित्कौली डटकम हास्यव्यङ्ग्यको समग्र अभ्युत्थान र प्रवद्र्धनमा क्रियाशील छ । प्रविधि र विज्ञानले प्रदत्त परिवर्तित परिस्थितिलाई आत्मसात गर्दै, छपाईबाट आरम्भ भएको फित्कौली अहिले अनलाइन पत्रिकामा आइपुगेको हो । छोटो अवधिमै यसले प्रबुद्ध स्रष्टा, द्रष्टा, पाठक सवैको ध्यान आकर्षित गर्दैछ भने हास्यव्यङ्ग्य लेखनमा नवस्रष्टाहरू सिर्जना गर्दै उनीहरूलाई समेत प्लेटफर्म प्रदान गरिरहेको छ । अनलाइन पत्रिकामा प्रवेश गरेको डेढ वर्षमै डेढ दर्जन भन्दा बढी स्रष्टा फित्कौलीको प्लेटफर्मबाट हास्यव्यङ्ग्य लेखनमा उतारु भैरहेको यथार्थले हामीलाई थप हौसला प्राप्त भएको छ ।

हास्यव्यङ्ग्यको ऐतिहासिक एक कालखण्डमा भैरव अर्याल र वासुदेव लुइँटेलको सक्रियता मार्फत स्थापित ‘कौवा प्रकाशन’लाई स्मरण गर्दै हास्यव्यङ्ग्य कृतिहरूको व्यवस्थित प्रकाशनतर्फ पनि फित्कौली रूचि राख्दैछ । यही रुचिको परिणाम स्वरुप यही भदौ ९ गते फित्कौलीको खित्कौली सभा-२ आयोजन गर्दै एकैपटक ५ वटा कृति लोकार्पण गर्‍यौँ । यी ५ वटा कृति मध्ये २ वटा कृति स्थापित स्रष्टाहरूका छन् भने तीन वटा चाहिँ सर्वथा नयाँ स्रष्टाका पहिलो पटक प्रकाशित कृतिहरू रहेका छन् । फित्कौलीको यो हास्यव्यङ्ग्यीय अभियानप्रति विश्वास र भरोशा गर्दै आफ्ना हास्यव्यङ्ग्य कृतिहरू प्रकाशनको अवसर प्रदान गर्नुहुने प्रिय स्रष्टाहरू नरेन्द्रराज पौडेल (भ्यागुताको श्वेतपत्र), डा. मुकेश चालिसे (डाँडाका उज्याला जून), राजेन्द्र कार्की (खाइराइड), सुभाषचन्द्र देवकोटा (ग्रहणतन्त्र) र ठाकुरप्रसाद अधिकारी (बेसारे घुर्की) प्रति फित्कौली नतमस्तक छ ।

हास्यव्यङ्ग्य लेखनमा उल्लेख्य योगदान पुर्‍याउँदै आउनु भएकाहरूलाई सादर सम्मान र पछिल्ला पुस्ताका सक्रिय स्रष्टाहरूलाई प्रोत्साहित र प्रेरित गर्ने फित्कौलीको घोषित अभीष्ट हो । यही अभीष्टबाट अभिप्रेरित भएर गत वर्ष २०७९ को माघ १४ गते अक्षयकोष स्थापनाको घोषणा गरिएको थियो । अक्षयकोषबाट एक वर्ष पनि नपुग्दै पुरस्कार प्रदान गर्ने अवस्थामा हामी आइपुगेका छौँ । यो अवस्था सिर्जना हुनुमा कोषमा सहभागिता जनाएर गच्छेअनुसारको रकम प्रदान गर्नु हुने उदारमना मित्रहरू डा.मुकेश चालिसे-जनक चालिसे, चट्याङ मास्टर, एलआरआइ स्कूल, सिस्नुपानी नेपाल, विश्व शाक्य, तीर्थराज अधिकारी, गोविन्द-विजया गजुरेलका छोरा आभास, छोरी एरिका, ठाकुरप्रसाद अधिकारी, पिँडालु पण्डित, होम सुवेदी, लक्ष्मण नेवटिया, एल.सुब्बाहरू, शेषराज भटटराई, शिवप्रसाद जैशी, माणिकरत्न शाक्य र दुर्गा अधिकारी भमरकाेटे सबैप्रति फित्कौलीका तर्फबाट म हार्दिक नमन व्यक्त गर्दछु । अहिलेसम्म कोषमा रु. ८ लाख जम्मा भैसकेको छ र थपिने क्रम पनि जारी छ ।

वार्षिक रूपमा समर्पण गर्ने सम्मान र पुरस्कार यसपटककका लागि निकै छोटो अवधिको अन्तरालमै हामीले पुरस्कृत स्रष्टा छनोटको प्रक्रिया पूरा गर्‍यौँ । यस प्रकृयामा साथ दिनुहुने मित्रहरू चटयाङ मास्टर, डा. मुकेश चालिसे र सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेप्रति फित्कौली अगाध कृतज्ञता व्यक्त गर्दछ । सम्मान र पुरस्कारका निम्ति छनोट हुनुभएका हास्यव्यङ्ग्य स्रष्टाहरूमा तीसको दशकदेखि अनवरत क्रियाशील हास्यव्यङ्ग्य स्रष्टा चोलेश्वर शर्मालाई फित्कौली हास्यव्यङ्ग्य राष्ट्रिय सम्मान अर्पण गर्न पाउँदा फित्कौली आफै गौरवान्वित भएको महसुस गर्दैछ । स्याङ्जाबाट हास्यव्यङ्ग्य सिर्जनामा सक्रिय गायत्री परिरोशनीका आरम्भकालका रचना फित्कौली मासिक पत्रिका हुँदैदेखि प्रकाशित भएर आएका छन् । उहाँका आधा दर्जन हास्यव्यङ्ग्य कृति प्रकाशित भइसकेका छन् । गायत्रीलाई हास्यव्यङ्ग्य राष्ट्रिय प्रतिभा पुरस्कारले सम्मानित गर्न पाउँदा हामीलाई सुखद अनुभूति भैरहेको छ ।

त्यसै गरी फित्कौलीमा गत एक वर्षभरि प्रकाशित कविताका स्रष्टाहरूमध्ये झापाका खगेन्द्र नेउपानेका व्यङ्ग्य कविताहरूलाई छनोट समितिले उत्कृष्ट ठहर्‍याएको छ भने व्यङ्ग्य निबन्ध तर्फ गुल्मीका नेत्रहीन स्रष्टा काशीनाथ मिश्रितका व्यङ्ग्य निबन्धहरूलाई उत्कृष्ट ठहर्‍याउँदै पुरस्कृत गरिएको छ । अत्यन्त सक्रियतापूर्वक छन्दमा पाका मान्छेका विषयमा कविता रचना गर्नुहुने भक्तपुरका कवि रामशरण न्यापाने र कार्टुनिस्ट राजेश मानन्धरलाई समेत हामीले नगद पुरस्कारसहित सम्मानित गरेका छौँ । हास्यव्यङ्ग्य सिर्जनाका लागि सम्मान र प्रोत्साहनको यो उपक्रम फित्कौलीको थालनी हो ।

यहाँहरूको सद्भाव, सहयोग र सहभागिता नै फित्कौलीको सम्वल हो । हाम्रो आमन्त्रणलाई स्वीकारेर पुरस्कृत स्रष्टाहरू यो भदौरे झरीमा पनि रुझ्दै भिज्दै आइदिनु भएको छ यो गुनलाई फित्कौलीले कहिल्यै बिर्सने छैन । हाम्रो आमन्त्रणमा समादरणीय जेष्ठ विशिष्ट व्यक्तित्वरू भैरव रिसाल, शान्तदास मानन्धर, रोचक घिमिरे, डा. गोविन्दराज भट्टराई, र चट्याङ मास्टरहरू समुपस्थित भएर फित्कौलीको खित्कौली सभालाई गुरुत्व बढाइ दिनुभएकामा हामी हार्दिक कृतज्ञता व्यक्त गर्दछौँ ।

विभिन्न क्षेत्रबाट अत्यन्त उत्साहका साथ कार्यक्रममा अपार सहभागिता जनाएर र आफ्ना रोचक घोचक कार्टुनहरूको प्रदर्शन गरी कार्यक्रमलाई ऐतिहासिक स्वरुप प्रदान गर्नमा यथेष्ट सहयोग पुर्‍याउने कार्टुनिस्ट राजेश मानन्धर र हास्यव्यङ्ग्यप्रेमी सबै महानुभावहरूमा हार्दिक हार्दिक कृतज्ञता जाहेर गर्दछौँ । सभामा समुस्थित सबैलाई आतिथ्यतापूर्वक जलपान समेतको व्यवस्था गरिदिने बागमती बोर्डिङ स्कुल तथा कलेज परिवार र खास गरी कविहृदयले आप्लावित आदरणीय सुरेन्द्र सिटौलाप्रति हार्दिक आभार व्यक्त गर्दछौँ ।

नेपाली हास्यव्यङ्ग्य प्रवर्द्धन  र अभ्युत्थानमा समर्पित फित्कौली अभियानलाई साथ सहयोग र प्रत्यक्ष अप्रत्यक्ष सबै प्रकारको सहभागिताका लागि समस्त हास्यव्यङ्ग्यप्रेमी मित्रहरूमा सादर आग्रह एवम् आव्हान गर्दछौँ ।

अन्तमा, गाईजात्रा २०८० काे अवसरमा समस्त हास्यव्यङ्ग्य लेखक स्रष्टा, द्रष्टा, पाठक, शुभचिन्तक एवम् शुभेच्छुहरूमा फित्काैलीकाे खित्काैलीमय शुभमकामना ।

०००
फित्कौली डटकम

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
पुस्तकको भूमिका

पुस्तकको भूमिका

हरिशंकर परसाईं
कन्पु भिसा

कन्पु भिसा

होम सुवेदी
चोरहरू

चोरहरू

वसन्त अनुभव
भुकाइ र ढुकाइ

भुकाइ र ढुकाइ

गाेपेन्द्रप्रसाद रिजाल