साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुबा र ईश्वर

संकट टारिदेउ भनेर हजार बिन्ति गरें भाकल गरें अड्चन हटाउन ईश्वर सुन्दै सुन्दैनन्। ईश्वर पनि मान्छेको सिम्फोनी उमेरसँगै बद्लिने रहेछन् । आजभोलि मेरो ईश्वर मसँगै बुढो भएको छ।

Nepal Telecom ad

तारा पराजुली :

मलाई
एक दिन बुबाले
ईश्वरको बारेमा यस्तो कहानी सुनाउँनुभो-
उहिले उहिले
हामी जवान छँदा
ईश्वर पनि जवान थिए।
बुबाले फूल नचढाई
मन्दिरमा घण्टा नबजाई
कुनै नैवेद्द र भेटी नचढाई
चरनका बाछी साँझपख थलो फर्केझैँ
बेखवर ईश्वर घरमै आई बस्थे रे
र दिन्थे अनेक कृपाका फूल हातहातमा।
एउटा अनाम अनुहार
भर्खरै घाम ओर्लिंदै गरेको
बिहानीको हरियो तालबाट उठेर
नमागेरै कर्मको बद्ला फल दिने
नपुजेरै पुजेसरी शीरभरि आशिर्वाद दिने
श्रमको मन्दिरमा सदैव हाजिर
मनकारी थिए रे ऊ बेला ईश्वर।
उमेरको मिर्मिरे पहाड उक्लिँदैगएपछि
ईश्वर निर्दयीजस्तै बने
अचेल पूजा गर्छु
फूल नैवेध चढाउँछु
आफ्नै धुनमा उडिहिंड्ने पुतलीझैँ
न सुन्छन् घण्टीको धून
न खान्छन् प्रसाद
न लिन्छन् धूपको सुवास।
भर्खरै स्टार्ट भएको राइसमिलजस्तो
छिटोछिटो बढ्छ छातीको धड्कन
ढाड्को दुखाई बढेको छ बेस्सरी
पाखुरामा तागत घटेको छ
माग्छु यी सबैको समाधान
अहँ ईश्वर सुन्दैनन्
आज कहाँ पुग्यो आशिर्वाद दिने ईश्वर ?
कैयौंपटक याचना गरे
संकट टारिदेउ भनेर
हजार बिन्ति गरें भाकल गरें अड्चन हटाउन
ईश्वर सुन्दै सुन्दैनन्।
ईश्वर पनि मान्छेको सिम्फोनी उमेरसँगै
बद्लिने रहेछन् ।
आजभोलि मेरो ईश्वर मसँगै
बुढो भएको छ।

०००
माेरङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
घर

घर

तारा पराजुली
हिउँदको गीत

हिउँदको गीत

तारा पराजुली
आधार ज्येष्ठको होस्

आधार ज्येष्ठको होस्

काशीनाथ मिश्रित
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x