साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध चिन्तन – ९

वृद्धाले पनि कर्ममा हरदिनै, देओस् सदा साथ त्यो । बुझ्नाले सब मिल्छ बात मनको, भित्री समस्या न हो ॥ आस्थाले जब पुत्र पौत्र तनमा, छाओस् खुसी रोचक । वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥

Nepal Telecom ad

राजेन्द्रकुमार बज्राचार्य :

वृद्धा सन्तति साथमा दिनदिनै, चाहमा माया गरी ।
माया स्वप्नसरी नहोस् रहरको, लौ छैन टाढासरी ॥
काखैमा सब खेल्दछन् दिनदिनै, गाडी चढी चालक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥४२॥

छन् बाजे र बजे जहाँ हरदिनै, ती नातिका आसमा ।
बुझ्लान् नाति र नातिना सकलले, संयुक्त आवासमा ॥
बढ्दा प्रेम जहाँ सदा कुशलता, सायुज्य होस् एकक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥४३॥

सारा बालक बालिका नव प्रभा, ती सूर्यका ज्योति हुन् ।
खोजीमा नव चाहना भुवनमा, केलाउँदै साथ झन् ॥
साह्रै व्यस्त रहे तिनै कहरमा, सिकाइ गर्दा तक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥४४॥

वृद्धाले पनि कर्ममा हरदिनै, देओस् सदा साथ त्यो ।
बुझ्नाले सब मिल्छ बात मनको, भित्री समस्या न हो ॥
आस्थाले जब पुत्र पौत्र तनमा, छाओस् खुसी रोचक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥ ४५ ॥

आशीर्वाद रहोेस् सदैव उनमा, लागोस् सदा आशिक ।
स्वार्थी मानवको जरा दहन होस्, छाओस् बडा प्राज्ञिक ॥
होस् मस्तिष्क निदान खातिर कतै, विज्ञानको द्योतक ।
वृद्धाको प्रति धारणा मनुजमा, छोडोस् सकारात्मक ॥ ४६॥

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विगतकै छ सिको अझ वृद्धको

विगतकै छ सिको अझ...

राजेन्द्रकुमार बज्राचार्य
बुबा र आमा, सधैँ हसाऔँ

बुबा र आमा, सधैँ...

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – १२

वृद्ध चिन्तन – १२

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – ११

वृद्ध चिन्तन – ११

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – १०

वृद्ध चिन्तन – १०

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन – ९

वृद्ध चिन्तन – ९

राजेन्द्रकुमार बज्राचार्य
परमेश्वर हुन् बाबु र आमा

परमेश्वर हुन् बाबु र...

दीनानाथ पाेखरेल
बाबु र आमा

बाबु र आमा

घनश्याम रेग्मी
वृद्धका सकसकाे गर ख्याल

वृद्धका सकसकाे गर ख्याल

कमला पन्थी अधिकारी
बाबु र आमा

बाबु र आमा

दिनेश पाण्डेय
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x