साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उनी (आमा)

पाहुना जनहरू जति आऊन् बन्धु बान्धवहरू जति खाऊन् साथमा पशुहरू पनि पाल्दै छिन् उनी सपरिवार सँभाल्दै ।

Nepal Telecom ad

आत्माराम न्यौपाने :

प्रेमपूर्ण दिन रात खटेर
माहुरीसरि सदैव डटेर
दुःख कष्ट जहिले पर फाल्दै
छिन् उनी सपरिवार सँभाल्दै ।१

साँझ होस् कि त बिहान सबेर
रातको प्रहर होस् कि अबेर
नित्य छेउ र कुना घर टाल्दै
छिन् उनी सपरिवार सँभाल्दै ।२

उष्णका कहरका दिन हुन् वा
स्याँठका शिशिरका पल हुन् वा
ज्यान जोखिम गरीकन गाल्दै
छिन् उनी सपरिवार सँभाल्दै ।३

पाहुना जनहरू जति आऊन्
बन्धु बान्धवहरू जति खाऊन्
साथमा पशुहरू पनि पाल्दै
छिन् उनी सपरिवार सँभाल्दै ।४

गाउँबाट गुरु एक झिकाई
साउँ अक्षर र अङ्क सिकाई
ज्ञानका लहर-दीपक बाल्दै
छिन् उनी सपरिवार सँभाल्दै ।५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बहुलाउन थालेको रहेछु

बहुलाउन थालेको रहेछु

आत्माराम न्यौपाने
वृद्धवेला

वृद्धवेला

आत्माराम न्यौपाने
वृद्ध जोडी

वृद्ध जोडी

आत्माराम न्यौपाने
0
Would love your thoughts, please comment.x
()
x