साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विवश छन् सह‌योग छिटो गरौं

कहर बढ्‌‌दछ गल्दछ भावना । शमन भै मन हो गर साधना ।। सफलता फलले उर यो भरौँ। विवश छन् सहयोग छिटो गरौँ ॥

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

सकसका कस छन् घरमा भरी ।
उदरको दर पूर्ण लग्यो हरी ।।
मनुज बाँच्न सकोस् कृतले भरौँ।
विवश छन् सह‌योग छिटो गरौं ।।०१।।

सबलता बल छैन, गयो पर ।
अभरमा भर गर्न पुगौँ घर ॥
सकसका कस पूर्ण चिनी हरौँ।
विवश छन् सह‌योग छिटो गरौँ ।।०२।।

मनुज छौँ मन यो मनुजै बनोस् ।
सकल विश्व खुली पथ यो खनोस् ॥
उबडखाबड पूर्ण डटी हरौँ ।
विवश छन् सह‌योग छिटो गरौँ ॥०३।।

समय यो मयतुल्य नहोस् यहाँ ।
मनुजता पथ हिँड्न सकोस् यहाँ ।।
मनुज हो भव दीपकले भरौँ ।
विवश छन् सहयोग छिटो गरौँ ।।०४।।

कहर बढ्‌‌दछ गल्दछ भावना ।
शमन भै मन हो गर साधना ।।
सफलता फलले उर यो भरौँ।
विवश छन् सहयोग छिटो गरौँ ॥०५।।

०००
सुम्बेक, इलाम-२, इ‌लाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अब आसिकले परिपूर्ण भयौँ

अब आसिकले परिपूर्ण भयौँ

दीनानाथ पाेखरेल
अब आसिकले परिपूर्ण भयौँ

अब आसिकले परिपूर्ण भयौँ

दीनानाथ पाेखरेल
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

दीनानाथ पाेखरेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
अब आसिकले परिपूर्ण भयौँ

अब आसिकले परिपूर्ण भयौँ

दीनानाथ पाेखरेल
नारी एकल छन् भने

नारी एकल छन् भने

झाँक्रीखाेले
अब आसिकले परिपूर्ण भयौँ

अब आसिकले परिपूर्ण भयौँ

दीनानाथ पाेखरेल
सधैँ ज्येष्ठसाथ !

सधैँ ज्येष्ठसाथ !

कविराज घिमिरे
0
Would love your thoughts, please comment.x
()
x