साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

यिनै हुन् धरालो, यिनै हुन् सहारा । यिनै देवदेवी, यिनै हुन् विधाता ।। म बाँचौँ यिनैका, सयौँ देह साथ । दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।।

Nepal Telecom ad

चेवन बस्नेत ठूलाघरे:

मतारी र बाबा, हुँदै छन् बुढापा ।
छुटे आज छैनन्, सहारा हिजोका ।।
उनैका म हिँड्छु, समातेर हात ।
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।।१।।

हिँडाए डुलाए, पढाएर ज्ञानी ।
बनाए धरामा, जवानी इमानी ।।
यिनैको असामी, बनेको छु आज ।
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।।२।।

उनैले सिकाए, कमाएर बाँच्न ।
सजातीय सङ्गै, रमाएर हाँस्न ।।
यसैले त मेरो, छ नाता अगाध ।
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।।३।।

बुढ्यौली हुँदामा, सबै अङ्ग छाला ।
मुजा पर्न थाल्यो, दुलोभित्र गाला ।।
छ यस्तो अवस्था, नछोडौँ न आज ।
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।।४।।

यिनै हुन् धरालो, यिनै हुन् सहारा ।
यिनै देवदेवी, यिनै हुन् विधाता ।।
म बाँचौँ यिनैका, सयौँ देह साथ ।
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ ।।५।।

०००
धर्मदेवी नपा. ९, पुपाँगु, सङ्खुवासभा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाका युवा बालक छन् बिहाल

पाका युवा बालक छन्...

चेवनचन्द्र बस्नेत
बुबाआमाका अनुभव सिकौँ

बुबाआमाका अनुभव सिकौँ

चेवनचन्द्र बस्नेत
छिः मेरा बा

छिः मेरा बा

चेवनचन्द्र बस्नेत
सबै पाका मान्छे …

सबै पाका मान्छे …

चेवनचन्द्र बस्नेत
मुमा सरह नै हुन् कर्मदाता पनि

मुमा सरह नै हुन्...

चेवनचन्द्र बस्नेत
अब आसिकले परिपूर्ण भयौँ

अब आसिकले परिपूर्ण भयौँ

दीनानाथ पाेखरेल
नारी एकल छन् भने

नारी एकल छन् भने

झाँक्रीखाेले
अब आसिकले परिपूर्ण भयौँ

अब आसिकले परिपूर्ण भयौँ

दीनानाथ पाेखरेल
सधैँ ज्येष्ठसाथ !

सधैँ ज्येष्ठसाथ !

कविराज घिमिरे
दसैँ मान्न पाऊँ सधैँ ज्येष्ठसाथ

दसैँ मान्न पाऊँ सधैँ...

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x