सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भैरव अर्यालको प्रतिमा अनावरण

नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको प्रतिमा अर्यालको पुर्ख्याैली थातथलो जोरपाटी अर्याल गाउँ (हालको गोकर्णेश्वर /७) मा अनावरण गरिएको छ ।

Nepal Telecom ad

काठमाडौं वैशाख १० । नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको प्रतिमा अर्यालको पुर्ख्याैली थातथलो जोरपाटी अर्याल गाउँ (हालको गोकर्णेश्वर /७) मा अनावरण गरिएको छ । अर्यालका घनिष्ठ मित्र समेत रहनु भएका वरिष्ठ साहित्यकार/पत्रकार आदरणीय रोचक घिमिरेले शनिवार एक कार्यक्रमबीच प्रतिमा अनावरण गर्नु भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै भैरव पुरस्कार गुठीका अध्यक्ष समेत रहनु भएका घिमिरेले नेपाली व्यङ्ग्य साहित्यका महान् सर्जक अर्यालका रचनाहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो । हास्यव्यङ्ग्य साहित्य बाहेक समालोचना र पत्रकारितामा पनि अर्याल पोख्त रहनु भएको घिमिरेले बताउनुभयो ।

कार्यक्रममा वरिष्ठ साहित्यकार विजय चालिसेले व्यङ्ग्य साहित्यमा अर्याललाई कसैले अहिलेसम्म चुनौती दिन नसकेको दाबी गर्नुभयो । गोकर्णेश्वर  नगरपालिका वडा नम्बर ७ का अध्यक्ष केशव गुरुङले राष्ट्रकै गहना अर्यालको सम्मान गर्न पाउँदा नगरपालिका परिवार गौरवान्वित भएको बताउनुभयो । अर्थविद् डाक्टर रेवतबहादुर कार्कीले अर्यालको व्यङ्ग्य साहित्य उच्च कोटीको रहेको बताउनुभयो । स्थानीय पुण्यप्रसाद दाहालले अन्यत्र अपहेलित अवस्थामा रहेको अर्यालको प्रतिमलाई उहाँकै पुर्ख्याैली थातथलोमा राख्न पाउँदा गौरव लागेको बताउनुभयो ।

तत्कालीन जोरपाटी गाविसका अध्यक्ष तथा साहित्यकार गोपाल बरालले भैरव पुरस्कार गुठीले स्थापनाकालदेखि गर्दै आएको गतिविधिबारे प्रकाश पार्नुभयो । स्थानीय समाजसेवी अर्जुन गौतमको सभापतित्वमा भएको कार्यक्रममा अर्यालका जेष्ठ सुपुत्र प्राध्यापक डाक्टर दीपक अर्यालले यस्ता रचनात्मक कार्यमा परिवारजनको पूणर् सहयोग रहने प्रतिबद्धता जनाउनुभयो ।

अर्यालको पूर्णकदको सालिक (महाकवि लक्ष्मीप्रसाद देवकोटा र आख्यानकार रमेश विकल सहित) कागेश्वरी मनहरा नगरपालिकास्थित आलापोट फुयाल गाउँमा पनि रहेको छ भने अर्धकदको सालिक हेटौडाको पुष्पलाल चोकमा अवस्थित छ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा अर्यालको पूर्ण कदको सालिकको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।

– निर्मल अर्याल

Fitkauli Publication Books comming soon
Nepal Telecom ad