बागमती प्रदेश सञ्चार कार्यालय लामो

गाम्नागेको नयाँ कृति ‘प्रिय चिठीहरू’

पुस्तकमा आफ्नै बुवा, दाजुभाइ, दिदी, बहिनी र प्रिय साथीहरूले गाम्नागेलाई लेखेका १२४ वटा चिठीहरू संकलन गरिएको छ ।

फित्कौली डटकमका सम्पादक, सिस्नुपानी नेपालका अध्यक्ष तथा वरिष्ठ हास्यव्यङ्ग्य स्रष्टा लक्ष्मण गाम्नागेको नयाँ कृति ‘प्रिय चिठीहरू’ प्रकाशित भएको छ ।

यस पुस्तकमा आफ्नै बुवा, दाजुभाइ, दिदी, बहिनी र प्रिय साथीहरूले गाम्नागेलाई लेखेका १२४ वटा चिठीहरू संकलन गरिएको छ ।

२ सय पृष्ठमा विस्तारित पुस्तक जीवनका भोगाई, सन्चो, विसन्चो, जागिर, पढाइ, अर्थाभाव, प्रेम, हौशला, हास्यभाव, पारिवारिक तथा व्यक्तिगत सुख दुःख र तत्कालीन समाजको चित्रणमा आधारित पत्रहरूको रोचक संग्रह बनेको छ ।

गाम्नागेको ‘प्रिय चिठीहरू’ कृति मञ्जरी प्रकाशन काठमाडौंले प्रकाशित गरेको हो ।

बागमती प्रदेश सञ्चार कार्यालय लामो