सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

अविरल जनसाहित्य यात्रामा कवि डम्बर पहाडीका कविता

राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ७२ औँ शृङ्खलामा प्रगतिवादी कवि डम्बर पहाडीका एक दर्जन कविता गुञ्जिए ।

Nepal Telecom ad

साउन ८, २०७९ । राष्ट्रिय जनसांस्कृतिक महासङ्घको सभाकक्ष बागबजारमा राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालले विगत लामो समयदेखि आयोजना गरिरहेको ‘अविरल जनसाहित्य यात्रा’को ७२ औँ शृङ्खलामा प्रगतिवादी कवि डम्बर पहाडीका एक दर्जन कविता गुञ्जिए ।

राष्ट्रिय जनसाहित्यिक सङ्घ, नेपालका अध्यक्ष राम विनयको अध्यक्षतामा सम्पन्न उक्त विशेष समारोहमा प्रमुख अतिथिका रूपमा नेकपा एमाले केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष वरिष्ठ नेता अमृतकुमार बोहरा उपस्थित हुनुहुन्थ्यो भने सल्लाहकार परिषद्कै सदस्य प्रा.डा.जीवेन्द्र देव गिरी विशिष्ट अतिथिका रूपमा उपस्थित हुनुहुन्थयो । राष्ट्रिय जनसांस्कृतिक महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारी र पूर्व मन्त्री, समाजिक रूपान्तरण अभियानकी अभियन्ता तथा साहित्यकार शान्ता मानवी विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थयो । त्यसैगरी प्रगतिशील लेखक सङ्घका महासचिव डा.देवी दुलाल क्षेत्री, युद्धप्रसाद मिश्र स्मृति प्रतिष्ठानका अध्यक्ष डा.फणीनद्रराज निरौला, डा.गोविन्दप्रसाद आचार्य, सहप्रा.खेमराज निरौला, नेपाल निजामति कर्मचारी सङ्गठनकी सचिव दीपा रनपहेली, प्राज्ञ नन्दु उप्रेती, प्रा.डा.कुलराज निरौला, सहयोगी कविहरू रेजिना आँपगाईँ, यशोदा अधिकारी, जङ्ग पहाडी, रिजु शर्मा अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो ।

राष्ट्रिय जनसाहित्यिक सङ्घका महासचिव प्रकाश सिलवालको सञ्चालनमा सम्पन्न उक्त विशेष समारोहमा अविरल जनसाहित्य यात्रा सञ्चालन समितिका सदस्य डा.हरिप्रसाद सिलवालले कविनायक डम्बर पहाडीको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्नुहुँदै वि.सं.२०१२ मङ्सिर १२ गते माता जानुकादेवी परियार र पिता केशरबहादुर परियारका सुपुत्रका रूपमा इलाम नगरपालिका वडा नं.२ मालापथमा जन्मिएर त्रिभुवन विश्वविद्यालयबाट इतिहास विषयममा स्नातकोत्तर गरी सिङ्गो जीवन प्राध्यापन तथा नेपाली साहित्यका कविता, नाटक लेखन, अभिनय, गीत लेखन, गायन एवम् सङ्गीतका क्षेत्रमा समर्पित भई नेपाली समाजको रूपान्तरणका पक्षमा विशिष्ट योगदान गर्नुभएका; एक लाइने कविता अभियानका अभियन्ताका रूपमा स्थापित हुनुभएका; विभिन्न सङ्घसंस्थामा सक्रिय रहनुभएका कवि पहाडीको कलम साहित्यका कविता र नाटकमा बढी जमेको छ । २०३४ देखि एक लाइने कविता आन्दोलनको थालनी गरेका पहाडीका २०४१ देखि साहित्यिक कृति प्रकाशन भएका देखिन्छन् । २०२६ सालदेखि पार्टीमा सङ्गठित भएर गीत, सङ्गीत लेखन, गायनका माध्यमबाट समेत समाजिक रूपमान्तरणमा विशेष योगदान दिएका पहाडी दलित चेतना अभियानमा समेत सक्रिय रहेका छन् र उनले सिङ्गो जीवन साहित्यिक एवम् रूपान्तरण अभियानमा समर्पित गरेवापत थुप्रै मान, सम्मान तथा पुरस्कारसमेत प्राप्त गरेका छन् भन्ने धारणा राख्नुभयो ।

समारोहको अध्यक्षता गर्दै राम विनयले छ वर्षअगाडिदेखि सञ्चालन गरिएको ‘अविरल जनसाहित्य यात्रा’ महामारीजन्य समयमा बिचमा केही समय रोकिएको थियो तर फेरि यसको उद्देश्यअनुसार एकजना प्रगतिवादी स्रष्टालाई यो विशेष समारोहमा उपस्थित गराई कविको व्यक्तित्व तथा कृतित्वका बारेमा समेत चर्चा गर्दै एक दर्जन कविता, गीत, गजल सुन्ने र ती रचनाको समालोचना गर्ने यो कार्यक्रमले स्रष्टालाई र समग्र नेपाली साहित्यमा केही न केही योगदान अवश्य पुग्छ भन्ने ठानेर थालनी गरिएको हुँदा यस्तो महत्त्वको शृङ्खलालाई निरन्तरता दिनुपर्छ भनेर अगाडि बढाइएको छ । साहित्यमा पनि वर्गीय प्रेम हुन्छ र विनाभेदभाव सबैलाई समान अवसर प्रदान गर्दै सिर्जनामा रहेका कमीकमजोरी सुधार्ने उद्देश्यका साथ वाचित रचनामाथि विशेषज्ञ व्यक्तित्वद्वारा समीक्षा गर्ने प्रचलन रहेको छ । आजको शृङ्खलामा नेपाली प्रगतिवादी साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियानमा आपूmलाई समर्पित गरिरहेका, प्राध्यापन कर्ममा लामो जीवन बिताएर अवकाश ग्रहण गरेका डम्बर पहाडी एलाकलाई प्रस्तुत गरिएको धारणा राख्नुभयो । कविनायकलाई प्रमुख अतिथिले माल्यार्पण गर्नुभयो ।

कविनायक डमबर पहाडीले विगत छ वर्षदेखि अविरल सञ्चालन भइरहेको यो विशेष महत्त्वको विशेष समारोहमा आज आपूm प्रस्तुत हुने अवसर पाएकोमा कृतज्ञता जाहेर गर्दछु । मैले कविता सिर्जना गरेको चाहिँ स्पष्टतः सामाजिक रूपान्तरण अभियानलार्य सघाउनका लागि हो । २०२६ सालमा पार्टीको रेड गार्ड सदस्य, युथ लिग, पार्टी एक्टिभ ग्रुप हुादै अविच्छिन्न जोडिएको र २०२६ सालमै भानु जयन्तीमा कविता वाचन गरेर तेस्रो भएपछि सिर्जनामा समर्पित भएको हुँ । कविताको पृष्ठभूमि समसामयिक भएकाले मैले सायद केही बताइरहनुपर्दैन भन्नुहुँदै एउटा राष्ट्रगानबाट थालनी गरी आस्था, रक्तपिपाषु, सहब्राब्दी र मानवअधिकार र लाल सिपाहीहरू शीर्षकका जोशिला कवितावाचन गर्नुभयो । बिच बिचमा आकर्षक र समसामयिक एलाकसमेत सुनाउँदै समारोहलाई अगाडि बढाउनुभएका उहाँका कविता सहयोगी कविहरू रेजिना आँपगाईले ‘चिल र परेवाहरू’ र ‘टिस्टाको किनारमा ठिङ्ग उभिएर’ शीर्षकका, कवि यशोदा अधिकारीले ‘विद्रोहको आँखाबाट’ र ‘मुर्झाएका मनहरू’ शीर्षकका, कवि जङ्ग पहाडीले ‘चयातिएका मनहरू’ र ‘रगतको छिर्का’ शीर्षकका र कवि रिजु शर्माले ‘अबको क्रान्ति’ र ‘शीर्षक खोजिरहेछ’ शीर्षकका स्पष्ट समाजिक रूपान्तरण अभियानलाई सघाउने जोशिला कविता वाचन गर्नुभएको थियो ।

वाचित कवितामाथि टिप्पणी गर्नुहुँदै प्रा.डा.जीवेन्द्र देव गिरीले अविरल जनसाहित्य यात्राको यो अभियान ७२ औँ शृङ्खलामा पुगेकोमा गौरवबोध भएको छ । यो अभियानका माध्यमबाट एकातिर विचार गएको छ भने अर्कातिर कविनायकको कवित्व, व्यक्तित्व र कृतित्वमाथि चर्चा भएको छ । एउटा असल काम भयो भने अरू असल कामहरू थपिँदै जान्छन् । कवि डम्बर पहाडी छोटोमा प्रभावकारी विचार दिने एलाक अभियानका अभियन्ता पनि हुन् । उनका कवितामा आस्थाप्रतिको दृढता र अटलता पाइन्छ । अहिले उत्तरआधुनिकताका नाममा विचारविहीन बनाउने प्रयत्न भइरहेको छ तर त्यसका विरुद्धमा सशक्त विचारसहित डम्बर पहाडी खडा भएका छन् । उनका कवितामा असल विचारको पक्षधरता, वर्गीय पक्षधरता, राष्ट्रियताप्रतिको चट्टानी अडान, हिजो क्रान्तिकारी भनाउँदाहरू अर्काको इसारामा राष्ट्रियताका विषयमा निगुरमुन्टी न भइरहेको वर्तमानका प्रति आक्रोश, आतङ्कको विरोध लाक्षणिक अभिव्यक्तिका माध्यमबाट गरिएको छ । त्यसैगरी उनका कवितामा तत् तत् समयका वीभत्स दृश्यको चित्रण गर्दै बोली र व्यवहारमा तालमेल नगर्ने पाखण्डवादको विरोध गरिएको छ, मानवअधिकार भाषणमा मात्र सीमित भएको चिन्ता व्यक्त गरिएको छ, पुर्खाको बलिदानीको प्रशंसा गरिएको छ, सम्मान गरिएको छ; श्रमको सम्मानका पक्ष्मा वकालत गरिएको छ, मुलुकको समृद्धिमा सबैले लाग्नुपर्ने स्पष्ट सन्देश सम्प्रेषण गरिएको छ । मुलुकको औद्योगीकीकरण नहुने, भएका कलकारखाना निजीकरण र उदारवादका नाममा बेचेर खाने अनि शिक्षा र स्वास्थ्य महङ्गो पार्ने र युवापलायनको डरलाग्दो एवम् बाध्यात्मक परिवेश सिर्जना गरिदिने प्रवृत्तिका प्रति आक्रोश व्यक्त गरिएको छ । साम्राज्यवादीको इच्छा लादेर त्यसैका प्रति लम्पसार पर्ने प्रवृत्तिका विरुद्धमा र नक्कली क्रान्तिकारिताका विरुद्धमा कविताले सशक्त आबाज उठाएका छन् । कविता सरल, सुबोध्य र प्रवाहपूणर् रहेका छन् भन्ने धारणा व्यक्त गनर्एुभयो ।

महासङ्घका अध्यक्ष प्रेमनाथ अधिकारीले अविरल जनसाहित्य यात्राको यो अभियान कला, साहित्यका माध्यमबाट सामाजिक रूपान्तरणको अभियान हो । महासङ्घका सबै घटकहरूले सिर्जनात्मक सक्रियता देखाउन् भन्ने अभिप्रायले छ वर्ष अगाडि थालनी भएको यो विशेष समारोहले निरन्तरता पाइरहेको छ । यसका लागि राष्ट्रिय जनसाहित्यिक सङ्घलाई म धन्यवाद दिन्छु । आजको यो विशेष समारोहमा सुन्दर कविता सुन्दर वाचनकलाका साथ सुन्दर वातावरणमा सुन्ने अवसर प्राप्त भएको छ । सिर्जनाका माध्यमबाट सशक्त वैचारिक दृष्टिकोण सम्प्रेषण गर्ने र सामाजिक रूपान्तरण अभियानलाई सघाउने उद्देश्यअनुसार नै आजको यो गोष्ठी महत्त्वपूणर् बनेको छ भन्ने मलाई अनुभूति भएको छ । त्यसमा पनि सिङ्गो जीवन रूपान्तरणका पक्षमा समर्पित गरेका डम्बर पहाडीलाई आज सुन्न र उहाँको कवित्वका बारेमा विज्ञ व्यक्तित्वले प्रकाश पार्नुभएका कुरा समेत सुन्न पाइयो । जनसङ्गठनहरू निरन्तर क्रियाशील छौँ तापनि अलिक बेवास्ताको सिकार भने भइरहनुपरेको छ तापनि निरन्तर अभियानमै रहेका छौँ, रहिरहने छौँ भन्ने धारणा राख्नुभयो ।

प्रमुख अतिथि अमृतकुमार बोहराले आजको यो समारोह सशक्त, सुन्दर र महत्त्वपूणर् रहेको छ । विगतका आन्दोलनको परिणामका कारण अहिलेको मुलुकको परिवर्तित अवस्था हामीले भोगिरहेका छौँ । अहिले सिद्धान्त र व्यवहारको तालमेल भने अलि कठिन भएको छ तापनि व्यवहारमा उतार्नु चाहिँ नितान्त आवश्यक छ । आफैँदेखि समाजसम्मका विकृतिमा रूपान्तरण आवश्यक छ र त्यसका निम्ति साहित्यकारको भूमिका महत्त्वपूणर् हुन्छ । सिद्धान्त र व्यवहार ओझेलमा परेको वर्तमानमा बाह्य प्रभाव हाबी भएको छ, वर्गीय प्रेम कमजोर भएको छ । खुला राजनीतिमा आएसँगै भूमिगतकालीन पार्टी सङ्गठन र अनुशासन पनि कमजोर देखिएको छ । अहिले उपभोक्तावादी संस्कृतिले चारैतिरबाट दपेटेको छ । पठन संस्कृति कमजोर भएको, अभिलेख व्यवस्थापनको पद्धति पनि कमजोर भएको छ । हिजो व्यक्तिगतरूपमा दामासहीले लेबी हालेर पनि विभिन्न पत्रपत्रिकाको प्रकाशनले निरन्तरता पाउँथ्यो भने अहिले त्यस्तो प्रवृत्ति पनि लगभग विलुप्त भएको छ र जनवर्गीय सङ्गठन पार्टीका हातखुट्टा हुन् भन्ने मूल्याङ्कन पनि केही शिथिल भएको छ । पार्टी खुला भएको र विस्तार भएको वर्तमानमा आफैँले प्रयत्न गरेर स्रोतसाधन जुटाउनेभन्दा पनि शुभचिन्तक र समर्थकसँग हात थाप्ने प्रवृत्ति मौलाएको छ, मिहिनेत गर्ने प्रवृत्ति कमजोर भएको छ ! पार्टीप्रतिको सम्मानभाव हिजो उच्च थियो तर अहिले पार्टीले दिनुपर्छ भन्ने भावको बढोत्तरी भएको छ । हाम्रो जीवनशैली वैभवतिर मोडिएको छ र व्यवसायी हुनुपर्छ, आत्मनिर्भर हुनुपर्छ भन्ने मान्यता विकसित हुनसकेको छैन । सामूहिकतामा निर्भर हुनुपर्ने मान्यता पनि क्षयीकरण भइरहेको छ । यी सबै प्रवृत्तिमा रूपान्तरण गराउनसक्ने सामथ्र्य साहित्यकारले राख्दछन् । हाम्रा सिर्जनाले वर्गीय दृष्टिकोणलाई प्रखररूपमा उठाउनु आवश्यक छ । वैचारिक खुराक दिने काम प्रकाशनका माध्यमबाट सम्भव छ । सभ्य भाषाको प्रयोगका माध्यमबाट र गालीगलौजको भाषाको त्यागका माध्यमबाट वैचारिकता सम्प्रेषण गरी समाज रूपान्तरणको अभियानलाई र एकताको सन्देशलाई सम्प्रेषण गर्ने सिर्जना साहित्यकारले गर्नु आवश्यक छ । आज सुनिएका डम्बर पहाडीका कविताले त्यो सङ्केत गरेका छन् । असाध्यै सुन्दर र उपयुक्त लागेको छ आजको यो विशेष समारोह । मलाई आजको यो समारोह सुन्ने र लागेका धारणा अभिव्यक्त गर्ने अवसर पनि दिनुभएकोमा आयोजकलाई धन्यवाद दिन्छु भन्नुभयो ।

विशेष समारोहमा हाम्रो आमन्त्रण स्वीकारी उपस्थित भइदिनुभएका प्रमुख अतिथि, विशिष्ट अतिथि, विशेष अतिथि, अतिथिहरू, साहित्यानुरागी व्यक्तित्वलाई धन्यवाद दिँदै सङ्घका उपाध्यक्ष रमेश पोखरेलले वैचारिक दृढताले युक्त, सङ्गठनमा आबद्ध, सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने र आफ्ना सिर्जनामा प्रखर राष्ट्रवादी चेतना सम्प्रेषण गर्ने डम्बर पहाडीले आफ्ना सिर्जनामा जनजीवनका सम्पूणर् भोगाइको, बेथितिको, अन्याय अत्याचारको, विभेदको जीवन्त चित्रण गरेका, सबै सिर्जनामा सामाजिक रूपान्तरणको स्पष्ट आग्रह रहेको, नेपाली समाजमा समस्याका रूपमा रहेको युवापलायनले सिर्जिएको पीडाको अत्यन्त मार्मिक अभिव्यक्ति कवितामा भएको, सामाजिक उत्पीडन र शोषणको जीवन्त चित्रण गर्दै रूपान्तरणको स्पष्ट आग्रह गरिएको, लोकतन्त्रको प्राप्तिपछि पनि समाज अपेक्षितरूपमा रूपान्तरण नभएको अनि स्वार्थी र पदलोलुपको बढोत्तरी भएको, विचार र व्यहारको तालमेल नभएको, क्रान्तिकारी खोल ओढेर राष्ट्रघातको लम्पसारवादी प्रवृत्ति मौलाएको, सत्ता स्वार्थलिप्साको घनचक्करमा रुमल्लिएको, गरिब दुःखीको जीवनस्तर नबदलिएको अवस्थाका प्रति चिन्ता जाहेर गरिएका उत्कृष्ट रचना सुन्न पाइयो । आफ्नो सिङ्गो जीवन साहित्य सिर्जना, गीत, सङ्गीत र बाध्यवादनमा समर्पण गरेका र एउटै विचार तथा आस्थामा समर्पित भई सरलताका माध्यमबाट गम्भीर भाव सम्प्रेषण गर्ने पहाडीका बारेमा हामीले सुन्यौ, परिचर्चा गर्यौँ ।

अर्को महिना हुने ७३ औँ ‘अविरल जनसाहित्य यात्रा’मा प्रगतिवादी साहित्यमा योगदान गरिरहनुभएका र शास्त्रीय छन्दलाई आफ्नो नियन्त्रणमा राखेर सिर्जना गर्ने भैरहवाका कुशल स्रष्टा रुद्र ज्ञवालीलाई हामी प्रस्तुत गर्ने छौँ र सो विशेष समारोहमा उहाँका एक दर्जन कविता श्रवण गर्नका लागि यहाँहरू सबैलाई निम्ता गर्ने छौँ भन्ने जानकारीसहित अध्यक्षज्यूको अनुमतिले कार्यक्रमको समापन गर्नुभयो ।

०००
– रमेश पोखरेल

Fitkauli Publication Books comming soon
Nepal Telecom ad