सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

मुक्तककार मञ्जुको ‘चेतनाको तरङ्ग’ लोकार्पण

प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिष्ठानकी कोषाध्यक्ष राधा भट्टराईले स्वागत मन्तव्य राख्नुभयो ।

Nepal Telecom ad

खोटाङ । मुक्तककार मञ्जु घिमिरे दाहालको मुक्तकसङ्ग्रह ‘चेतनाको तरङ्ग’ लोकार्पण भएको छ ।
खोटाङ सामाजिक सेवा मन्चको हलमा प्राज्ञ विवश पोखरेल, प्राज्ञ गङ्गा सुवेदी, प्राज्ञ दधिराज सुवेदी, गजलकार मधु पोखरेल, साहित्यकार डा. देवी पन्थी, कृष्णप्रसाद भण्डारी मार्सेली, समीक्षक हरि कट्टेल, मुक्तक प्रतिष्ठान प्रदेश १ का अध्यक्ष बाबुराम पोखरेलले संयुक्त रुपमा लोकार्पण गर्नुभएको हो ।

लोकार्पित पुस्तकमाथि समीक्षक हरि कट्टेलले समीक्षा गर्नुभयो । मुक्तककार मदन भण्डारी, मञ्जुश्री गिरी, विनोद विवश, लक्ष्मी रायमाझी, लक्ष्मी स्मृति, राधिका गुरागाईँ, रोहिणी रसिक, सविना श्रेष्ठ, रीता पाठक लगायतले सङ्ग्रहभित्र रहेका मुक्तकहरू वाचन गर्नुभएको थियो ।

प्राज्ञ विवश पोखरेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रतिष्ठानकी कोषाध्यक्ष राधा भट्टराईले स्वागत मन्तव्य राख्नुभयो । कार्यक्रमको अन्तमा हालै दिवंगत हुनु भएकी प्रतिष्ठानकी सदस्य राधारमाप्रति श्रद्धाञ्जली अर्पण गरियो । प्रतिष्ठानका सचिब मदन भण्डारीले राधारमाको मुक्तकसङ्ग्रह छिट्टै सार्वजनिक गर्ने घोषणा गर्नुभयो ।

साहित्यकार र शुभेच्छुकहरूको उपस्थिति रहेको कार्यक्रमको सभापति मुक्तक प्रतिष्ठान प्रदेश १ का अध्यक्ष बाबुराम पोखरेल हुनुहुन्थ्यो भने भरत गुरागाईँ बर्बरिकले कार्यक्रम संचालन गर्नुभएको थियो ।

०००
-माधव गोज्याङ्ग्रे

Fitkauli Publication Books comming soon
Nepal Telecom ad