सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दुबईमा कविता समारोह भव्य रुपमा सम्पन्न

अतिथि कवि प्रज्वल अधिकारीले दुई चरणमा आफ्ना दशवटा कविता वाचन गर्नुभएको थियो । साथै युएईमा कार्यरत २ दर्जन भन्दा बढी सर्जकहरूले पनि आफ्ना सिर्जना सुनाउनुभयो ।

Nepal Telecom ad

सगरमाथा साहित्य प्रतिष्ठान युएईको आयोजना तथा सिर्जना वाचन डबली युएई र इन्स युएईको सह आयोजनमा हिजो युएईको दुबईमा ‘कविता समारोह’ भव्य रूपमा सम्पन्न भयो ।

समारोहमा नेपालबाट पाल्नुभएका अतिथि कवि प्रज्वल अधिकारीले दुई चरणमा आफ्ना दशवटा कविता वाचन गर्नुभएको थियो । साथै युएईमा कार्यरत २ दर्जन भन्दा बढी सर्जकहरूले पनि आफ्ना सिर्जना सुनाउनुभयो ।

पत्रकार महासंघ युएईका अध्यक्ष मेघराज सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा पारिवारिक भ्रमणको क्रममा युएई आइपुग्नु भएका छायाँदेवि पराजुली र चेतनाथ पराजुली विशिष्ट अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो । इजरायलमा कार्यरत सुनिता राईको नवीन कृति ‘तिउरी’ र वसन्तराज अज्ञातको ‘साँझको जून’ युएईमा लोकार्पण गर्दै शुरु भएको कार्यक्रममा प्रवास र नेपालमा रहेर नेपाली साहित्यको उत्थानमा लामो समयदेखि सक्रिय सर्जकहरू जे.सागर, विवेक दुलाल, जीरन थुलुङ, सुमित्रा सुमी, लिली अधिकारी, कुसुम नेपाली दीपराज नियोङहाङ लगायतलाई दोसल्ला र सम्मानपत्र सहित सम्मान गरिएको थियो ।

कार्यक्रम संस्थाकी उपाध्यक्ष सरु शीतल राईको सभापतित्वमा सम्पन्न भएको थियो ।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad