सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

धरानमा स्रष्टासम्मान एवम् कविता प्रतियोगिता

कवि शिरोमणि साहित्य साधना समाजको आयोजनामा सम्पन्न यस कार्यक्रममा विराटनगर निवासी साहित्यकार सोमराज अभयलाई शारा थापा स्मृति प्रतिष्ठानद्वारा स्थापित वेदकुमारी-खड्गकुमार थापा स्मृति पुरस्कार प्रदान गरिएको थियो ।

Nepal Telecom ad

धरान । कविशिरोमणि लेखनाथ पौड्यालको १ सय ३९ औं जन्मजयन्तीका अवसरमा धरानमा स्रष्टासम्मान तथा खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ ।

कवि शिरोमणि साहित्य साधना समाजको आयोजनामा सम्पन्न यस कार्यक्रममा विराटनगर निवासी साहित्यकार सोमराज अभयलाई शारा थापा स्मृति प्रतिष्ठानद्वारा स्थापित वेदकुमारी-खड्गकुमार थापा स्मृति पुरस्कार प्रदान गरिएको थियो । प्रमुख अतिथि नेपाल संस्कृत विश्वविद्यालयका शिक्षाध्यक्ष प्रा.डा.भीमप्रसाद खतिवडा र पुरस्कार आयोजक वीरेन्द्रसिंह थापाले संयुक्तरूपमा पुरस्कार प्रदान गरेका थिए ।

यसैगरी पुरस्कार संस्थापक अन्नपूणर्ा वस्तीले झापा निवासी साहित्यसेवी कोमलप्रसाद पोखरेललाई प्रा.टीकाप्रसाद शर्मा वस्ती स्मृति पुरस्कार प्रदान गरिन् । दुवै स्रष्टाहरूलाई नगद १० हजार, दोसल्ला एवम् सम्मान-पत्रसहित पुरस्कृत गरिएको थियो ।

सम्मान कार्यक्रमपछि खुल्ला कविता प्रतियोगिता कार्यक्रम सञ्चालन गरिएको थियो । नेपालका विभिन्न क्षेत्रबाट कविहरूले पठाएका ६३ कवितामध्येबाट पहिलो चरणको छनोटमा परेका १५ कविताहरूमध्ये १३ जना कविहरूले कार्यक्रममा उपस्थित भई कविता सुनाएका थिए । प्रतियोगितामा गोरखाका कवि एस.आर.दुवाडीको राष्ट्रियता खातिर कविताले प्रथम स्थान प्राप्त गरेको थियो भने ललितपुरका नवराज आचार्यको फोन संवाद कविता द्वितीय, धरानका कवि तीर्थराज विश्वकर्माको खबर शीर्षकको कविता तृतीय र काभ्रेपलान्चोककी कवयित्री अनिता धितालको फूलको अनुरोध कविताले सान्त्वना स्थान प्राप्त गरेको थियो ।

विजयी कविहरूलाई क्रमशः १५ हजार, १० हजार, ७ हजार एवम् ५ हजार नगद तथा प्रमाण-पत्र प्रदान गरिएको थियो । कविता मूल्याङ्कनको निणर्ायकमा साहित्यकार प्रह्लाद पहरेदार, सह-प्रा.टेकनाथ घिमिरे र डा.जीवनकुमार राई रहेका थिए । समाजका अध्यक्ष सिद्धिकणर् शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सह-प्राध्यापक हरिप्रसाद दाहालले स्वागत मन्तव्यका साथ कविशिरोमणिको व्यक्तित्वमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा प्रा.डा.माधवप्रसाद पोख्रेल, प्रा.डा.गोविन्द तुम्बाहाङ, प्रा.डा.टङ्कप्रसाद न्यौपाने, प्रा.डा.गोपाल भण्डारी, ने.सं.वि.राष्ट्रिय सांस्कृतिक केन्द्रका निर्देशक जर्मन चौधरी, साहित्यकार गोविन्द तिम्सिना, मुरारी भट्टराईलगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा अप्रतियोगी कविहरू किरण सिवा, प्रदीप आचार्य, विजय घिमिरे, मच्चिन्द्र खत्री र शोभा कोइरालाले कविता सुनाएका थिए ।

डा.महानन्द तिमिल्सिना तथा डा.भवानीशङ्कर भट्टराईबाट सञ्चालित कार्यक्रममा इन्दु तोदीले धन्यवाद ज्ञापन गरेकी थिइन् । उद्योग वाणिज्य सङ्घ, धरानको सभाहलमा कार्यक्रम भएको थियो । समाजले पुरानो पुस्तालाई सम्मानः नयाँलाई प्रोत्साहन भन्ने नाराका साथ विगत दश वर्षदेखि स्रष्टा सम्मान एवम् खुल्ला कविता प्रतियोगिता कार्यक्रम सञ्चालन गर्दै आएको समाजका सचिव डा.महानन्द तिमिल्सिनाले बताए ।

०००
ब्लाष्ट खबर डटकम

Fitkauli Publication Books comming soon
Nepal Telecom ad