सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कृति लोकार्पण तथा कवितावाचन पनि सम्पन्न

भारतका दार्जिलिङ, इलामझापादेखि नेपाली भूमिका तनहुँसम्मका साहित्य स्रष्टा तथा द्रष्टाहरूको गुणात्मक उपस्थितिमा कार्यक्रम अत्यन्तै सभ्य र भव्य रूपमा सम्पन्न भएको छ ।

Nepal Telecom ad

झापा / सदाझैँ पर्ने वसन्त पञ्चमी / सरस्वती पूजा यस पटक माघ बाह्र गते परेकाले हिजो माघ १२ गते (तदनुसार जनवरी २६ तारिक २०२३) बिहीबारका दिन साहित्य स्रष्टाहरूद्वारा विद्याकी देवीको रूपमा सरस्वतीको पूजाअर्चना गर्दै सम्पन्न भएको हो । राष्ट्रिय त्रिफला पुस्तकालय धूलाबारी झापाको आफ्नै सभाहलमा सरस्वतीको पूजाअर्चनाका साथ कृति लोकार्पण, दाताहरूलाई सम्मान तथा कवितावाचन पनि सम्पन्न भएको हो ।

भारतका दार्जिलिङ, इलामझापादेखि नेपाली भूमिका तनहुँसम्मका साहित्य स्रष्टा तथा द्रष्टाहरूको गुणात्मक उपस्थितिमा कार्यक्रम अत्यन्तै सभ्य र भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रम- सरस्वती पूजा, उद्घाटनपछि कृति लोकार्पण तथा रचनावाचन र दान र सम्मान गरी तीन सत्रमा सम्पन्न भएको थियो । एउटा गरिमामय उपस्थिति रहेको कार्यक्रममा तनहु, दार्जिलिङ र नेपालका पनि विशेष झापाका विद्वान् स्रष्टा र द्रष्टाहरूको उपस्थितिले कार्यक्रम गुणात्मक बनेको थियो ।

सरल र सादा जीवनका उपासक प्रेमप्रकाश फलाहारीको अध्यक्षता, आमन्त्रित अतिथि डा. साङ्मु लाप्चाको प्रमुख आतिथ्य, विशिष्ट अतिथि तथा अतिथिहरूमा क्रमशः – होमनाथ भण्डारी, तनहुका स्रष्टा चन्द्रमणि अधिकारी- तनहु, प्राडा गङ्गाप्रसाद अधिकारी, काव्यकार केशवराज खनाल, प्राडा ठाकुरप्रसाद पोखरेल, नीला घिमिरे- जनकपुर, प्रवीण पल्लवी – महोत्तरी , मञ्जुला तामाङ – दार्जिलिङ, राधा कोइराला- विराटनगर , चित्रा पौड्याल, मीरा काफ्ले पोखरेल आदिका उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

सरस्वतीको स्तोत्रवाचनद्वारा कार्यक्रमको उद्घाटन गरी उपस्थित समूहबाट राष्ट्रलाई सम्झने काम राष्ट्रगान गाएर भएको थियो भने ज्ञातअज्ञात स्रष्टाहरूप्रति मौनधारणसमेत गरिएको थियो । कार्यक्रममा डा. ठाकुरद्वारा पोखरेलको “समीक्षाका स्वरूप” नामक पुस्तकको सार्वजनिकीकरण पनि यसै अवसरमा भएको हो र यसको कथ्य समीक्षा प्राडा गङ्गाप्रसाद अधिकारीले गरेका थिए ।

कार्यक्रममा आमन्त्रित तथा स्थानीय करिब दुई दर्जन कविकवयित्रीहरूद्वारा कवितावाचन पनि गरिएको थियो जसमा- नीला घिमिरे, प्रवीण पल्लवी, चित्रा पौड्याल, नदी भट्टराई, सिसा थारू, टीका सङ्ग्रौला कोइराला, पर्शुराम तिमल्सिना, मीरा काफ्ले पोखरेल, मञ्जुला तामाङ, डा.साङ्मु लेप्चा, कमलप्रसाद नेउपाने, कृष्णप्रकाश सुमार्गी, दीपक ढुङ्गेल, लिलाधर नेपाल र लक्ष्मीअच्युत ढुङ्गानालगायत रहेका थिए । गङ्गाप्रसाद भट्टराई (बोझे) को स्वागत मन्तव्य, अध्यक्ष प्रेमप्रकाश फलाहारीको कार्यक्रम आयोजना गर्नुको औचित्यमाथि प्रकाश र कथाकार विनोद खनालको सञ्चालनमा सम्पन्न सो कार्यक्रम सभ्य र थियो ।

०००
– नदी भट्टराई, इलाम

Fitkauli Publication Books comming soon
Nepal Telecom ad