सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भ्रष्टाचार विरुद्ध दैनिक रचना वाचन कार्यक्रम

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अध्यक्षतामा आयोजित कार्यक्रम देवराज तिवारीले सहजीकरण गर्नुभएको हो ।

Nepal Telecom ad

हेटौँडा, ०८० वैशाख ३१ । सर्जक सञ्जाल मकवानपुरको आयोजनामा बुद्धचोकमा भ्रष्टाचारविरूद्ध रचना वाचन कार्यक्रम गरिएको छ ।

भ्रष्टाचारका विभिन्न घटनाहरू सार्वजनिक भैरहेका बेला कारबाहीका लागि सर्जकहरूले देशव्यापी रूपमा खबरदारी गर्ने क्रम बढ्दै गएको छ ।

कार्यक्रममा नवसर्जक नेपालका सल्लाहकार दीपक गौतम, नवसर्जकहरू निमिषा निरौला, समर्पण न्यौपानेले कविता वाचन गर्नुभयो । यस्तै सर्जकहरू शान्ति प्रियबन्दना, पुरूषोत्तम आचार्य, सानु खनाल, बैकुण्ठ लामिछाने, सुदीप गिरी आदिले कविता, एस.के. निधनले व्यङ्ग्ययुक्त सूत्रकथा तथा गजल मञ्च मकवानपुरका अध्यक्ष केशव समर्पणले गजल वाचन गर्नुभयो ।

सिस्नुपानी मकवानपुरका अध्यक्ष राजकुमार लामिछाने, उपाध्यक्ष मीनप्रसाद लामिछाने, सहसचिव संप्रस पौडेलले व्यङ्ग्य कविता वाचन गर्नु भयो ।

कार्यक्रममा सर्जक, व्यापारी, स्थानीय, बटुवाहरू निकै रूचिका साथ सहभागिता रहेको थियो । दैनिक कार्यक्रम अन्तर्गत भोलि शीतल महल चोकमा रचना वाचन हुने संयोजक निखिलले बताउनुभयो ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलको अध्यक्षतामा आयोजित कार्यक्रम देवराज तिवारीले सहजीकरण गर्नुभएको हो ।

०००
संप्रस पौडेल, हेटौँडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad