सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कवि प्रकाश चापागाईंको एकल छन्द कविता वाचन

कार्यक्रममा अतिथिहरू कवि नारायण पोख्रेल, शिव त्रिपाठी, पुरुषोत्तम आचार्यले चापागाइँका प्रतिनिधिमूलक कविता वाचन गर्दै चापागाइँलाई साथ दिएका थिए ।

Nepal Telecom ad

चितवन, ०८० जेठ १३ । अक्षर समूह चितवनको संयोजनमा कवि प्रकाश चापागाईंको एक दर्जन एकल कविता वाचन कार्यक्रम भरतपुरको फोर सिजन पार्टीको सभाकक्षमा सम्पन्न भएको छ । कार्यक्रममा उपस्थित सम्पूर्ण साहित्यकारमा समालोचक उदय अधिकारीले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रममा कवि प्रकाश चापागाईंले मार्मिक एक दर्जन पद्य कविता वाचन गरेका थिए । २०४६ सालको जनआन्दोलनमा सक्रिय कवि प्रहरीको गोली लागि घाइते समेत भएका थिए । कार्यक्रममा अतिथिहरू कवि नारायण पोख्रेल, शिव त्रिपाठी, पुरुषोत्तम आचार्यले चापागाइँका प्रतिनिधिमूलक कविता वाचन गर्दै चापागाइँलाई साथ दिएका थिए ।

कार्यक्रममा मन्तव्य दिँदै त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरका उप प्राध्यापक डा. अशोक थापा, भरतपुर महानगरका प्रज्ञा प्रतिष्ठानको उपकुलपति कवि ईन्द्र रेग्मी, भूपिन खड्का, कणर्बहादुर बाँनिया लगायतका स्रष्टाले आआफ्ना अनुभूति राखे । उनीहरूले स्वर्गीय कवि चेतकान्त चापागाईंको कोकिल छन्दलाई स्मरण गर्दै कवि प्रकाश चापागाईंलाई उत्तराधिकारी कविको रूपमा चित्रित गरेका थिए ।

कार्यक्रममा चितवनका साहित्यकारहरूको उल्लेख्य सहभागिता रहेको थियो । कार्यक्रममा अक्षर समूहले कवि प्रकाश चापागाईं एवम् अतिथिहरूलाई मायाको चिनो प्रदान गरेको थियो । कार्यक्रमको सहजीकरण अक्षर समूह चितवनका सचिव लेखराम सापकोटाले गरेका थिए ।

०००
– प्रेमप्रसाद कडेल

Fitkauli Publication Books comming soon
Nepal Telecom ad