सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

थाहानगरमा पर्यटन साहित्य महोत्सव, गजलकोे गजब महफिल

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले प्रस्तुत गर्नुभएको मकवानपुरमा पर्यटन साहित्यः सम्भावना र चुनौती विषयक कार्यपत्रमा सुवास खनालले टिप्पणी गर्नु भएको थियो ।

Nepal Telecom ad

हेटौंडा, ०८० जेठ १३ । पर्या साहित्यमा जोड दिँदै साहित्य संगम मकवानपुरले ३३१औं साहित्य सन्ध्या सम्पन्न गरेको छ ।

विकासघर पालुङमा आयोजित २ दिने कार्यक्रममा पहिलो दिन गजल महफिल आयोजना गरियो भने दोश्रो दिन बहस तथा पर्या कविता वाचन गरिए ।

गजल महफिलमा धर्मराज स्याङ्तान, विद्यानिर्दोष पहाडी, इन्दिरा अधिकारी, भरतप्रमोद दाहाल र सुवास सजलले गजल वाचन गर्नुभयो । यस सेसनलाई बाबु त्रिपाठीले सहजीकरण गर्नु भएको थियो ।

संगम अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्षतामा प्रमुख अतिथि थाहा नगरपालिका प्रमुख विष्णु विष्ट, विशिष्ट अतिथिहरू थाहा नगरपालिका उपप्रमुख भरत गोपाली रहनु भएको दोश्रो दिनको उद्घाटन समारोहमा साहित्य संगमका उपाध्यक्ष सानु खनालले स्वागत गर्नुभएको थियो ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिलले प्रस्तुत गर्नुभएको मकवानपुरमा पर्यटन साहित्यः सम्भावना र चुनौती विषयक कार्यपत्रमा सुवास खनालले टिप्पणी गर्नु भएको थियो । जसमा देवराज खरेल र हरिकृष्ण कार्कीले आफ्ना विचारहरू राख्नु भएको थियो । सो सेसनको सहजीकरण संगम सचिव डिबी बर्तौलाले गर्नुभयो ।

साहित्यसँगै पर्यटनः आन्तरिक पर्यटनको प्रदीपन बहस देवराज खरेलको अभिभावकत्वमा थाहा नगरपालिका उपप्रमुख भरत गोपाली, साहित्यकार माया मानवी, भाषा संस्कृति अध्येता ओम रिजाल सहभागी सेसनको सहजीकरण संगम कोषाध्यक्ष मनोज पोखरेलले गर्नुभएको हो । मानवीले जनप्रतिनिधिहरू जुनसुकै राजनीतिक दलबाट चुनिए तापनि साहित्य, पर्यटन विकास, सर्जक लगायत सबैप्रति राजनीतिक आँखाले नहेर्नका लागि अनुरोध गर्नुभयो ।

यस्तै अध्येता रिजालले कणर्ाली क्षेत्रको दुल्लुमा त्यहाँका कला कौशल, संस्कृति, इतिहास, भेषभुसा, भाषा आदिबारे पुस्तक लेखिएको र त्यसलाई स्थानीय निकायले प्रकाशन गरेको हुँदा थाहाले यस्ता सिकाइलाई पछ्याउँनका लागि सुझाव दिनुभयो ।

कविहरू भावना सापकोटा, पुण्यशिला श्रेष्ठ, रजनी श्रेष्ठ, ज्योत्स्ना श्रेष्ठ, स्वस्तिका दाहाल, प्रज्वल अधिकारी, सुरज पराजुली, बाबु त्रिपाठी, प्रकाश समीर, राम बर्तौला, रसिकराज, देवराज तिवारी, विशाल अधिकारी आशुतोष, संप्रस पौडेल, मसान उपासक, अञ्जय प्रधान, यश लामा, बैकुण्ठ लामिछानेले पर्या पर्यावरण कविता वाचन गर्नुभयो । डा. नवराज लम्सालको अभिभावकत्वमा वाचन कार्यक्रममा सहभागी सबैलाई प्रमाणपत्र दिइएको थियो ।

कार्यक्रममा मदन पुरस्कार लगायत ४ राष्ट्रिय साहित्यिक पुरस्कार विजेता डा. लम्सालले वाचन भएका पर्या साहित्य सिर्जनाहरूले स्थानीयदेखि विश्वका मुद्दा उठाएका र सर्जकहरूलाई छन्द वा गद्यमा रचना गर्ने तथा आफ्नो रचनालाई कसैले नराम्रो भन्ला कि भन्ने अन्यौलताबाट मुक्त भएर लेखन कार्यमा जोड गर्न सल्लाह दिँदै आफ्नो कृति अग्निमा थाहा, मकवानपुर गढी लगायत मकवानपुरकै माटोको सुगन्ध रहेकोले मकवानपुरलाई जहिल्यै माया गर्ने बताउनु भयो ।

थाहा अभियन्ता स्व. रुपचन्द्र विष्टद्वारा निमित विकासघर पालुङमा रहेको कार्यक्रमका सहभागी सर्जक तथा वक्ताहरूलाई यातायातको व्यवस्थापन संगमले नै गरेको थियो ।

पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, बागमती प्रदेश, थाहा नगरपालिका, पालुङ र पालुङ साहित्य परिषदसँगको सहकार्यमा पालुङमा आयोजित २ दिने महोत्सव बाइलाइन नेपाल, साहित्य पोस्ट, एन एस टेलिभिजन, थाहापाटी, दामन एफएमसँगको सहकार्यमा सम्पन्न गरिएको हो ।

०००
– हेटौँडा प्रतिनिधि संप्रस पौडेल

Fitkauli Publication Books comming soon
Nepal Telecom ad