बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

लोक दोहोरीका साथमा झरनाले मनायो दर खाने कार्यक्रम

महेन्द्र माध्यमिक विद्यालय, बकैया-५ को संयुक्त आयोजनामा सोही विद्यालय प्राङ्गणमा तीज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम आयोजना भएको छ ।

Nepal Telecom Spring Offer

हेटौँडा, ०८० भाद्र ३० । झरना साहित्यिक परिवार मकवानपुर तथा महेन्द्र माध्यमिक विद्यालय, बकैया-५ को संयुक्त आयोजनामा सोही विद्यालय प्राङ्गणमा तीज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रम आयोजना भएको छ ।

हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पूर्वसन्ध्यामा आयोजना गरिएको साहित्यिक तथा सांस्कृतिक कार्यक्रममा विद्यालयका सबै तहमा अध्ययनरत विद्यार्थीहरू, शिक्षकहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु तथा बकैया तथा बकैया बाहिरका अतिथिहरूको उपस्थिति रहेको थियो।

बकैया वडा नम्बर ५ की वडाध्यक्ष लक्ष्मी जिम्बाको प्रमुख आतिथ्य तथा वडा नम्बर ४ का वडाध्यक्ष राजन दङ्गाकको विशिष्ट आतिथ्यमा सम्पन्न कार्यक्रममा झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्ष गायत्री रूपाखेतीको अध्यक्षता रहेको थियो भने विद्यालयकी शिक्षिका दीपा सिग्देलले गर्नुभएको थियो। कार्यक्रममा झरना साहित्यिक परिवार मकवानपुरका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारी, पूर्व अध्यक्ष उद्धव प्रसाद सापकोटा, वर्तमान अध्यक्ष विश्वनाथ सञ्जेल, उपाध्यक्ष चिरञ्जीवी लामिछाने, विद्यालयका प्रधानाध्यापक दुर्गा पराजुली, पूर्व प्राधानाध्यापक आलोक प्रसाद गौतम, विद्यालय व्यवस्थापन समितिका सदस्य सुस्मिता घोरसाइनी लगायतको उपस्थिति रहेको थियो।

तीज विशेष कार्यक्रमको विशेष आकर्षणको रूपमा स्थलगत लोक दोहोरी कार्यक्रम रहेको थियो । मकवानपुरमा जिल्लामै शिक्षकका रूपमा रहेर विगत लामो समयदेखि लोक गीत गायनमा सक्रिय तथा विभिन्न लोक दोहोरी गीतहरूमा स्वर दिइसकेका गायकहरू रामकुमार सापकोटा र मञ्जु दाहालको बीचमा प्रत्यक्ष रूपमा लोक दोहोरी तथा साथमा सामूहिक नृत्य प्रस्तुति समेत भएको थियो।

०००
हेटाैडाबाट संप्रस पाैडेल

Fitkauli Publication Books comming soon
Nepal Telecom Spring Offer