बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

साहित्यको इतिहास लेखन, परम्परा, प्रवृत्ति बारे विचार गोष्ठी

‘नेपाली साहित्यको इतिहास लेखन परम्परा, प्रवृत्ति र आवश्यकता’ विषयक विचार गोष्ठीको आयोजना देवकोटा सभाकक्षमा सम्पन्न गर्‍यो । गोष्ठीको समुद्घाटन प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर गर्नुभयो ।

Nepal Telecom ad

काठमाडौँ, असोज । नेपाल प्रज्ञा-प्रतिष्ठान, समालोचना र साहित्येतिहास विभागले ‘नेपाली साहित्यको इतिहास लेखन परम्परा, प्रवृत्ति र आवश्यकता’ विषयक विचार गोष्ठीको आयोजना देवकोटा सभाकक्षमा सम्पन्न गर्‍यो । गोष्ठीको समुद्घाटन प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर वाचन गरेर गर्नुभयो ।

गोष्ठीको स्वागत मनतव्यका क्रममा प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले नेपाली साहित्यको समग्र इतिहास लेखनका बारेमा खोजी र विश्लेषण हुनुपर्ने बताउनुभयो ।

विचार गोष्ठीको अध्यक्षता नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (समालोचना र साहित्येतिहास) विभाग प्रमुख मधुसुदन गिरीले गर्नुभयो । यस अवसरमा उहाँले नेपालको समालोचना लेखन कस्तो अवस्थामा रहेको छ ? आजको विश्वमा समालोचना लेखनको प्रवृत्ति के कस्तो रहेको छ ? नेपाली साहित्यको इतिहास लेखन, परम्परा र प्रवृत्ति के कस्तो छ, के कस्तो आवश्यकता छ ? भन्ने विषयमा दुई महिने विमर्श शृङ्खला सुरु गरिएको कुरा उल्लेख गर्नुभयो ।

प्रस्तुत विषयमा प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा समालोचक डा. बालाकृष्ण अधिकारीले कार्यपत्र प्रस्तुत गर्नुभयो । त्यस कार्यपत्रमा साहित्येतिहास के हो ?, साहित्येतिहास कस्तो हुन्छ ?, नेपाली साहित्यको इतिहासलेखन परम्परा, इतिहासचेतको प्रारम्भ वा पृष्ठभूमि निर्माण, यसका मूल प्रवृत्तिहरू, साहित्येतिहास लेखन र ग्रन्थ प्रकाशन, साहित्येतिहासको सैद्धान्तिक तथा प्रायोगिक विमर्श र नेपाली साहित्यको इतिहासलेखनका आवश्यकताका बारे प्रष्ट पारिएको छ ।

कार्यपत्रका टिप्पणीकार प्रा.डा. दयाराम श्रेष्ठले ‘नेपाली साहित्यलेखन कमजोर छैन । अहिले नेपाली भाषा संसारका कुनाकुनासम्म छरिएको छ । तिनको पनि इतिहास लेखिनुपर्छ । यसका लागि तथ्यपूणर् सामग्रीको सङ्कलन हुनुपर्छ’ भन्नुभयो ।

यसैगरी कार्यपत्रका अर्का टिप्पणीकार डा.विन्दु शर्माले वणर्नात्मक ढाँचामा लेखिएको यस कार्यपत्रका सीमाहरू प्रष्ट खुलाए पनि साहित्य इतिहास लेखनमा शैली विज्ञानका बारेमा थप व्याख्या हुनुपर्ने बताउनुभयो ।

प्रस्तुत कार्यपत्रमाथि सहभागीका तर्फबाट प्रा.डा.माधवप्रसाद पोखरेल, प्रा.डा. रामप्रसाद ज्ञवाली, डा. हरिप्रसाद सिलवाल, डा. सोम धिताल, घनेन्द्र ओझा, ज्ञानु अधिकारी, सरोज दिलु विश्वकर्मा, प्रमोद प्रधान र विक्रम त्रिपाठीले आआफ्नो धारणा राख्नुभयो ।

यस कार्यक्रमको सहजीकरण तथा उदघोषण प्रज्ञा-प्रतिष्ठान ‘समालोचना तथा साहित्येतिहास’ विभागका सदस्य तेजविलास अधिकारीले गर्नुभयो ।

०००
– चेतनाथ धमला

Fitkauli Publication Books comming soon
Nepal Telecom ad