बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

मञ्जुश्री साहित्यिक समाजको पाँचौँ साधारण सभा

डाक्टर बमबहादुर थापा जितालीको सभापतित्वमा प्रमुख अतिथि शिव सिंखडा, विशेष अतिथि गङ्गा लिगल, वीणा पौड्याल र प्रतिष्ठित गीतकार आनन्द अधिकारीको उपस्थिति थियो ।

Nepal Telecom ad

काठमाडौं, ०८० असाेज । मञ्जुश्री साहित्यिक समाजको विशेष कविता वाचन तथा पाँचौँ साधारण सभा सम्पन्न भएको छ ।

डाक्टर बमबहादुर थापा जितालीको सभापतित्वमा प्रमुख अतिथि शिव सिंखडा, विशेष अतिथि गङ्गा लिगल, वीणा पौड्याल र प्रतिष्ठित गीतकार आनन्द अधिकारीको उपस्थिति थियो ।

कार्यक्रममा ध्रुवराज पौडेल, सूर्यकुमार पण्डित, वीरबहादुर लोहनी, टेकबहादुर लौडारी, पूणर् देवी न्यौपाने, कल्पना देवकोटा, कल्पना अधिकारी, बालकृष्ण सुवेदी, राजन विक्रम थापा, हरिप्रसाद घिमिरे आदि कविहरूले जोडदार कविता वाचन गर्नुभएको थियो ।

उपाध्यक्ष ध्रुवराज पौडेलले स्वगत कविता, सचिव वीरबहादुर लोहनीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष निरप्रसाद तिमल्सेनाले लेखापरीक्षणको प्रतिवेदन समेत प्रस्तुत गर्नुभयो । कार्यक्रमको सञ्चालन रामरञ्जन पौडेलले गर्नुभयो ।

सभापतिबाट धन्यवाद ज्ञापन, कविता वाचनका साथै पाचौं साधारण सभा सम्पन्न भएको थियो ।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad