बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

मिश्रलाई बज्जिका साहित्य संगमले गर्यो सम्मानित

बज्जिका साहित्य संगम रौतहटले शुक्रबार सदरमुकाम गौरमा एक समारोहबिच सम्मानित गरेको हो ।

Nepal Telecom ad

रौतहट, ०८० मङ्सिर १ । बज्जिका भाषा र साहित्यको विकास तथा विस्तारमा योगदान पुर्याएवापत संचारकर्मी कुमार विवेकानन्द मिश्र सम्मानित भएका छन् । बज्जिका साहित्य संगम रौतहटले शुक्रबार सदरमुकाम गौरमा एक समारोहबिच सम्मानित गरेको हो ।

गोरखापत्र राष्ट्रिय दैनिकको काठमाडौँस्थित कार्यालयमा गोरखापत्र राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक मिश्रले विभिन्न माध्यमले प्रत्यक्ष तथा परोक्ष रुपमा पुर्याएको अमूल्य योगदानको कदर गर्दै सम्मानपत्र, दोसल्ला, गमछा तथा माला अर्पण गरेर सम्मानित गरिएको संगमका अध्यक्ष किशुनदयाल श्रीकृष्णले जानकारी गराएका छन् ।

संचारकर्मी मिश्रलाई बज्जिका साहित्यकार सञ्जय साह मित्र, बिन्दा साहनी, रेणु गुप्ता, गौर नगरपालिकाका पूर्व वडाध्यक्ष राकेशकुमार झा तथा विजयकान्त झाले संयुक्त रुपमा सम्मानित गरेका छन् ।

संगमद्वारा आयोजित शुभकामना तथा सम्मान कार्यक्रममा सम्मानित प्रतिभा मिश्रका साथै नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष प्रेमचन्द्र झा, जयानन्द ठाकुर, गौरीकान्त मिश्र, इन्द्रकुमार मिश्र, विपिनबिहारी सिंह, सत्येन्द्रकुमार झा, रामअधार पासवान, संगीता सहनी, केदार यादव, राकेशकुमार झा, विश्वम्भर झा, सुधिरा मिश्र, परशुराम राउत, अनिलकुमार मिश्र समेतले बज्जिका भाषाको विकासको बारेमा मन्तव्य दिँदै साहित्यको विकासमा स्तरीय प्रयासको आवश्यकता रहेको बताएका छन् ।

कार्यक्रमको अध्यक्षता गरेकी संगम उपाध्यक्ष रेणु गुप्ताले बज्जिकाको विकासमा सबैको सहयोग आवश्यक रहेको बताउँदै कुमार विवेकानन्द मिश्रलाई संगमले सम्मानित गरेर आफैँ सम्मानित भएको बताएकी छन् ।

०००
– सञ्जय मित्रद्वारा संप्रेषित

Fitkauli Publication Books comming soon
Nepal Telecom ad