
चूडामणि गौतमको ‘शुद्ध नेपाली लेख्ने यसरी’ पुस्तक विमोचन
पुस्तकालयका संस्थापक प्रेमप्रकाश फलाहारीको सभाध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि सिलगढी, दािर्काजिलिङका विद्वान स्रष्टा ज्ञानेन्द्र खतिवडा हुनुहुन्थ्यो । सिलगढीका अर्का विद्वान समालोचक एनपीएस निरौला र हास्यव्यङग्यकार एवम् फित्कौली डटकमका सम्पादक नरनाथ लुइँटेल विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।

धुलाबारी, झापा २०८० मङ्सिर २ । त्रिफला राष्ट्रिय पुस्तकालयको सभाकक्षमा आयोजित विशेष समारोहमा स्रष्टा चूडामणि गौतमको ११० औँ कृति ‘शुद्ध नेपाली लेख्ने यसरी’ नामक कृति लोकार्पण गरियो ।
पुस्तकालयका संस्थापक प्रेमप्रकाश फलाहारीको सभाध्यक्षतामा सम्पन्न समारोहका प्रमुख अतिथि सिलगढी, दार्जिलिङका विद्वान स्रष्टा ज्ञानेन्द्र खतिवडा हुनुहुन्थ्यो । सिलगढीका अर्का विद्वान समालोचक एनपीएस निरौला र हास्यव्यङग्यकार एवम् फित्कौली डटकमका सम्पादक नरनाथ लुइँटेल विशिष्ट अतिथिको रुपमा उपस्थित हुनुहुन्थ्यो ।
प्रमुख अतिथिले पानसमा दीप प्रज्वलन र सामुहिक राष्ट्रगान गाएर आरम्भ भएको समारोहमा बाबुराम श्रेष्ठले स्वागतमा शब्दपुष्प अर्पित गरेपछि ‘शुद्ध नेपाली लेख्ने यसरी’ कृतिको सामुहिक लोकार्पण गरिएको थियो ।
लोकार्पित कृति रचना गर्नुको औचित्य बारे बोल्नुहुँदै स्रष्टा चूडामणि गौतमले भन्नु भयो- “नेपाली भाषाको मौलिकतालाई सिध्याउन आफूलाई विद्वान व्याकरणविद र भाषाविद बताउनेहरू नै नेपाली वणर्का जथाभावी खुट्टा काट्ने, अक्षर र वणर्हरु घटाउने दुष्याइँपूणर् कार्यमा लागेको हुँदा यी दुष्कार्य रोक्नकै निम्ति म यो उमेरमा क्रियाशील रहेको हुँ । ‘सानो छ यसले शुद्ध लेख्ने खाँचो त टार्दछ, अँधेरी रातमा जूनकीरी झैंं काम लाग्दछ ।’ यो पुस्तक त्यही जूनकीरी हो ।
लोकर्पित पुस्तकको समीक्षा गर्दै प्रा.डा.गंगाप्रसाद अधिकारीले सरल र सहज ढङ्गले नेपाली भाषालाई शुद्ध ढाँचामा लेख्न अभिप्रेरित गर्ने यो कृति नेपाली भाषामा कलम चलाउने जो कसैको लागि उपयोगी हुने बताउनु भयो ।
त्यसै गरी अर्का समीक्षक प्रा.चूडामणि वशिष्टले सानो भए पनि यो कृतिले नेपाली भाषामाथि वितण्डा मच्चाउनेहरूलाई मुखभरिको जवाफ दिएको बताउनु भयो ।
विशिष्ट अतिथि तथा हास्यव्यङ्ग्यकार नरनाथ लुइँटेलले आफू प्रज्ञा प्रतिष्ठानको प्राज्ञसभा सदस्य रहेकै अवधिमा प्रज्ञाको ‘बृहत् शब्दकोशको दशौँ संस्करण प्रकाशित गरी भाषिक बितण्डालाई आधिकारिकता प्रदान गर्ने प्रयत्न गरिएकोमा त्यसको विरोध गर्दै तत्कालिन मानक भाषा बचाउ अभियानमा सरिक भएको तथ्य उल्लेख गर्नु भयो । अन्ततः दशौँ संस्करणको शब्दकोश खारेज गरी त्यसका अधिकतम त्रुटिहरू सच्याएर ११ औँ संस्करण प्रकाशित गर्न प्रतिष्ठान बाध्य भएको प्रसङ्ग बताउँदै यो नवीनतम् कृतिका स्रष्टा चूडामणि गौतमलाई बधाइ ज्ञापन गर्नुभएको थियो ।
प्रमुख अतिथि ज्ञानेन्द्र खतिवडाले नेपाली भाषामाथि हुने गरेको वितण्डालाई रोक्न हामी संसारभरिकै नेपालीभाषीहरू सक्षम रहेका छौँ भन्नु भयो ।
समारोहमा बिन्दु दाहाल ‘मुकदर्शक’ र यूनिका गौतमले कविता वाचन गरेपछि अध्यक्षको आशनबाट प्रेमकृष्ण फलाहारीले त्रिफला पुस्तकालयलाई यो शौम्य अवसर दिनुभएकामा कृतिका स्रष्टा गौतम, सहभागी समीक्षक, अतिथि एवम् सहभागी सबैप्रति हार्दिक आभार व्यक्त गर्दै समारोह समापन गर्नु भयो ।
विनोद खनालद्वारा सहजीकरण गरिएको समारोहमा निर्मल सिन्चुरी, राजेन्द्र प्रसाद गतिम, चन्द्रमणि, कल्पनादेवी बराल, वेदनिधी गौतम, बालकृष्ण, सूर्यप्रसाद ढुंगाना, मान ब. राउत, मदन अधिकारी, दिल्ला खनाल, निर्मला गौतम, बाहुमणी सुम शर्मा लगायत स्थानीय विद्यालयका प्रधानाध्यापक, शिक्षक शिक्षिका एवम् छात्रछात्रा लगायत महिलाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
०००
– विनाेद खनालद्वारा संप्रेषित टिपाेट