अन्जु शर्माकरसाब
हजुर उहि हाकिम हैन जसले मलाई आयकर छलेको सिलसिलामा छापा मार्नु भएको थियोे ? जेहोस् मलाई खाने बाघले हजुरलाई पनि खाएछ ।

अन्जु शर्मा :
ऊ व्यापार थोर कालोबजारी धेर गथ्र्यो । शहरमा कुख्यात कालो बजारीका नामले परिचित थियो । तर प्रमाणको अभावले प्रहरीलाई कार्यवाही गर्न निकै हम्मेहम्मे परेको थियो । एकदिन प्रहरीले यस्तो चौका हान्यो- “जसले कालो बजारी पक्राउ गर्न मद्दत गर्छ उसले उचित पुरस्कार पाउनेछ ।”
प्रहरीको मीठो आश्वासनको कुराले करसाबलाई मोहित गर्यो । उनले जसरी भए पनि कालो बजारी पक्राउ गर्ने मनमनै अठोट गरे । त्यसैले आफ्नो कार्यदक्षताको पूरा सदुपयोग गरि उनले कालो बजारीलाई जेल हाल्न प्रहरीलाई सहयोग गरे । फलस्वरूप प्रहरीबाट पुरस्कार पनि लिए । साथै समाजमा ईमानदार र प्रतिभाशाली कर्मचारीमा आफ्नो नाम दर्ता गराए ।
अपशोच कालो बजारी जेलमा बसेको केही दिनमात्र भएको थियोे । उनी बसेको जेलमा एक नयाँ कैदी ल्याइयो । जसलाई देखेर जेलका सबै कैदी छक्क परे !! नयाँ कैदी कोही नभएर उनै कर हाकिम थिए ।
तब कालो बजार गर्ने व्यापारी खुशीले मुस्कुराउँदै- “नमस्ते कर साहेब ! हजुर उहि हाकिम हैन जसले मलाई आयकर छलेको सिलसिलामा छापा मार्नु भएको थियोे ? जेहोस् मलाई खाने बाघले हजुरलाई पनि खाएछ । बाघले घाँस खान्न भन्ने कुरा हजुरले बुझिबक्सेन छ । बाँकी कुरा जे भए पनि हजुरलाई यो जेलमा स्वागत गर्न चाहेँ । स्वागत ! छ कर साहेब ।” लाचारीले घोसेमुन्टो लगाएका करसाब कालो व्यापारीका कुराले पछाडि फर्केर नाजबाफ भए ।
“सायद यसरी नै सबै करसाबहरू जेलपर्ने अनुमान सुलसुलेले गरेको छ” भनेर हाम्लाई सरले भन्नुभा हो ! गामकै चौतारीमा विद्यार्थीले मजाक बनाए ।
०००
रातोपुल
Subscribe
Login
0 Comments
Oldest






































