साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खेलौना

उसले आफ्नो मोबाइल सेट हातमा लिई त्यो धोकेबाजलाई फोन गरेर नानाभाँति मुख छाडेर गाली गरौँ लाग्यो । नम्बर डायल गरी । रिङ गयो । अब उसलाई मोबाइल सेटसँग नै रिस उठ्यो , सेट भुइँमा बजारी र एक्कासी चिच्याई । “पख् तँलाई ।”

Nepal Telecom ad

कृष्णप्रसाद गौतम :

“धोकेवाज ! यत्रो वर्ष प्रेम गरेको त …। छल्नुको पनि सीमा हुन्छ नि ! पिण्ड खाने बेलाको बुढो पो ?” सची अतालिँदै कोठाभित्र पसेर पलङमा डङ्रङ्ङ लडी । उसको सपनाको संसार एक्कासी पहिराले विनाश गरेको थियो ।

“त्यस्तो सुन्दर युवाको फोटो राखेर, पचासवर्षे बुढाले, नाम पनि पो फेरेको ए ! गर्न पनि कति सकेको हँ ?”

आज सचीलाई आफ्नो प्रेमसँग रिसमात्र होइन, घृणा जागेर आयो । उसले आफ्नो कपाल भुत्ल्याई, गाला चिथोरी ! ऐनामा आफ्नो अनुहार हेरी । आफैँसँग रिस उठ्यो । बेस्सरी खकारेर आफैँलाई थुकी, थुकले ऐना पूरै ढाकियो । प्रतिविम्ब क्षतबिक्षत देखियो । रुमालले आफ्नो मुख पुछी । तैपनि अनुहार उस्तै थियो ।

उसले आफ्नो मोबाइल सेट हातमा लिई त्यो धोकेबाजलाई फोन गरेर नानाभाँति मुख छाडेर गाली गरौँ लाग्यो । नम्बर डायल गरी । रिङ गयो । अब उसलाई मोबाइल सेटसँग नै रिस उठ्यो , सेट भुइँमा बजारी र एक्कासी चिच्याई । “पख् तँलाई ।”

मोबाइल टुक्राटुक्रा भएको थियो तथापि मोवाइलबाट आवाज आयो, “धोका त्यसले दिएको होइन, मैले पनि दिएको होइन तैले नै खेलौना सम्झेको हो ।”

०००
इटहरी
२०८०/०२/०१

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आमा अझै सुरक्षित छैनन्

आमा अझै सुरक्षित छैनन्

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
कसरी पत्याउँ ?

कसरी पत्याउँ ?

कृष्णप्रसाद गाैतम
तीन ठाेक्तक

तीन ठाेक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
तीन ठोक्तक

तीन ठोक्तक

कृष्णप्रसाद गाैतम
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x