साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुई तिहाईको दम्भ

अब त दुई तिहाईका आडमा घरका सबै कुरामा हाम्रै कब्जा हुन्छ । जहाँ गएर जे उजुरबाजुर गर्नुपर्छ गर्नुस् । हाम्रो दुई तिहाईलाई चुनौती दिन अब परमेश्वरले पनि सक्तैनन् । बुझ्नु भो ?

Nepal Telecom ad

पिँडालु पण्डित :

अक्कलमान अचेल अलिक असमञ्जस्य परिस्थितिमा गुज्रिरहेका देखिन्छन् । हिजोका दिनसम्म सबैलाई हप्कीदप्की लगाएर आफूले भनेअनुसार घर परिवार चलाएका मान्छे अहिले आएर अक्क न बक्कको स्थितिमा छन् । सामान्यभन्दा सामान्य कुरो पनि उनी एक्लै निर्णय गर्न हिच्किचाउँछन् । निर्णय गरेर फिर्ता लिनुभन्दा निर्णय गर्नुअघि नै छलफलमा लैजान उचित ठान्छन् र लैजान्छन् पनि ।

अक्कलमानका घरमा काम गर्न राखिएकी तर वर्ष पुगेकी रमिला समेत तेह्र जनाको परिवार छ । त्यसमध्ये पुरुषको सङ्ख्या तीन । बाँकी दश सदस्य महिला । दुई तिहाईभन्दा अझ बढी महिला । अक्कलमान र छोरो जेठाका दुई दुई श्रीमती, कान्छा छोराको एक श्रीमती, चार छोरी र एक काम गर्ने रमिला समेत दश जना महिलाका कारण अक्कलमानलाई अचेल अप्ठ्यारो स्थिति आइलागेको हो । ती सबै महिला एक आपसमा आफैँ दुई तीन गुट छन् तर पुरुषका विरुद्धमा उभिन पर्दा आफ्ना मनमुटाव सबै बिर्सेर एक हुन्छन् ।

अक्कलमानले तिनलाई फुटाउन कतिचोटि प्रयास गरे तर सबै प्रयास व्यर्थ सावित भए । फुटाएर राजनीति गर्ने अक्कलमानको अक्कल यतिखेर पूर्ण रूपमा असफल भइरहेछ ।

घरको वातावरण धुमिल भइसक्यो । घरका काम कारवाहीमा सल्लाह र मतैक्यता छैन । अक्कलमानले प्रस्ताव गरेका काम जतिसुकै राम्रा र हितकारी भए पनि महिलाको बहुमतले ती सबैलाई सरकारको उदाहरण दिएर पाखा लगाइदिन्छन् । विचरा ! अक्कलमान हेरेका हेर्यै ।

सधैंको यस हर्कतलाई चुनौती दिँदै अक्कलमानले मुख फोरे । सिंहदरबारको कुरा ल्याएर यहाँ लागू गर्न पाइन्छ ? सिंहदरबारका कुरा देखाएर घर परिवारका काम कुरामा भाँजो हाल्न पाइन्छ ?

छोराहरूले मुखले केही नबोले पनि बाबुकै कुरामा समर्थन जनाए । महिला सदस्यहरू भने अलिकति पनि टसमस भएनन् । अझ उनीहरू ठाडो डाँको गरेर भन्दै थिए- “सिंहदरबारको कुरा यहाँ लागू नभएर कहाँ हुन्छ त ? गाउँगाउँमा सिंहदरबार भन्ने सरकारको घोषणा सुन्नुभएको छैन ? छाड्दिनुस् । अब त दुई तिहाईका आडमा घरका सबै कुरामा हाम्रै कब्जा हुन्छ । जहाँ गएर जे उजुरबाजुर गर्नुपर्छ गर्नुस् । हाम्रो दुई तिहाईलाई चुनौती दिन अब परमेश्वरले पनि सक्तैनन् । बुझ्नु भो ?”

०००
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुँगा निर्मूल अभियान

जुँगा निर्मूल अभियान

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
लाइन माने लाइन

लाइन माने लाइन

पिँडालु पण्डित
निरन्तरताको क्रमभङ्ग

निरन्तरताको क्रमभङ्ग

पिँडालु पण्डित
खासखुस

खासखुस

पिँडालु पण्डित
पुर्पुरो

पुर्पुरो

पिँडालु पण्डित
दाइजात्रा !

दाइजात्रा !

गायत्री परिरोशनी
प्रतिबिम्ब

प्रतिबिम्ब

लक्ष्मी रिजाल
अनुहार

अनुहार

नगिता लेप्चा राई
तलतल

तलतल

केशवराज आमोदी
जुलूसहरूका पछाडि

जुलूसहरूका पछाडि

शरच्चन्द्र वस्ती
0
Would love your thoughts, please comment.x
()
x